Posts

कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण

  कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण नेपालको अर्थतन्त्र समयअनुसार बदलिरहेको छ । नेपालको अर्थतन्त्रमा कृषि, उद्योग र निर्माण क्षेत्रहरूको योगदान महत्त्वपूर्ण रहेको छ । (क) कृषि नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो र कृषिको विकास भएमा मात्र नेपालको आर्थिक समृद्धि हुन सक्छ। नेपालको कृषि परम्परागत र निर्वाहमुखी भएको हुनाले यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नु आवश्यक छ । कृषियोग्य जमिनको अधिकतम सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर हुँदै खाद्यान्न निकासी गरेर विदेशी मुद्रा आर्जनमा समेत कृषिलाई उपयोग गर्नुपर्ने देखिन्छ । विश्वमा विकास भएका नयाँ नयाँ प्रविधिहरूको आयात गर्नुका साथै आफ्नै देशमा कृषिको अध्ययन अनुसन्धान गरी यहीँको हावापानी र माटोअनुकूलको प्रविधि विकास गर्नुपर्ने देखिन्छ । पछिल्ला दिनमा नेपालमै बसेर केही गर्न चाहने उद्यमीहरू र वैदेशिक रोजगारीबाट कृषिका विभिन्न सिप हासिल गरेर फर्केका युवाहरूबाट आधुनिक र व्यावसायिक कृषि तथा पशुपालनको सुरुआत भएको देखिन्छ ।(ख) उद्योग वृद्धि, स्थानीय स्रोतसाधन र प्रविधिको उपयोग गर्दछ । उद्योगले मुलुकको उच्च, दिगो र फराकिलो आर्थि...

पाठ-२नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस

पाठ-२नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस जनसंख्याको वितरण भौगोलिक क्षेत्र र प्रशासनिक विभाजन अनुसार फरक फरक रहेको छ । भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी जनसंख्या तराईमा छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा रहेको छ । प्रशासनिक विभाजन अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख रहेको छ भने   कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या रहेको छ। क्षेत्र जनसंख्या जनघनत्व           2068               2078            2068      2078नेपाल 26494504     2,91,92,480         १८०     १९८हिमाल १७८१७९२       १७७८१०४              34   ...

सेट ङ

  सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा पुणाङ्क 75 ;समय 3 घन्टा समूह (क) अति छोटो उत्तर दिनुहोस् ११×१=११ १ जीवन उपयोगी सीप भन्नाले के बुज्नु हुन्छ? २ स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनिहोस। ३ आत्मा आलोचना र स्वरुपान्तरण सिपको भिन्नतालाइ एक वाक्यमा प्रस्ट पार्नुहोस। ४ जानजान गरिने बौद्धिक चोरिका दुई उदाहरण दिनुहोस। ५ माक्सवादी धारणाले आर्थिक व्यावस्थालाइ बर्ग निर्माणको आधार मान्दछ तर सामाजिक आधारमा पनि बर्ग निर्मण हुन्छ भन्ने तथ्य लाई एक उदाहरण सहित प्रस्ट पार्नुहोस। ६ किशोरावस्थामा सहपाठी समूह किन महत्वपूर्ण हुन्छ ?दुई वाक्यमा लेखनुहोस। ७ वर्तमान नेपालको सङ्घिय प्रशासनिक संरचना अनुसार स्थानिय निकायलाइ कति वोटा गाउँपालिका र नगरपालिकामा छुट्याइएको छ? ८ तपाईं गाउपालिकाको न्यायिक शाखा प्रमुख हुनुभयो। तपाइको कार्यालयमा ज्यान मार्ने कसुर र नाता सम्वन्ध कायम गरिपाउ भन्ने उजुरी परेमा यस्ता मुद्दालाइ कस्ता प्रकृतीका मुद्दा भनी कर्वाही चलाउनु हुन्छ? ९ मानव बिकस सुचाङ्क (HDI) गणना गर्नुको मुख्य दुई उदेश्य लेख्नुहोस। 10 सुचनाको हक भन्नले के बुझ्नु हुन्छ?एक वाक...

सेट ग

सेट  ग बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा; नमुना प्रस्न पत्र; कक्षा 12 पुणाङ्क  समय 3 घन्टा   समूह क अति छोटो उत्तर दिनुहोस १ जीवन उपयोगी शिक्षाको परिभाषा दिनुहोस २ पुर्विय चिन्तन भन्नाले के बुझिन्छ? ३ अध्यन प्रस्तावना भनेको के हो? एक वाक्यमा लेख्नुहोस। ४ समानुभुतिसिपका मुख्य तत्वहरु मध्य कुनै दुई तत्वहरु लेख्नुहोस। ५ विपतलाइ एकवाक्यमा परिभाषित गर्नुहोस। ६ स्थानिय ज्ञान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ७ नेपालको कानुन अनुसार जनसंख्याको आधारमा हिमालको शहरिकरणको मापदण्ड उल्लेख गर्नुहोस। ८ गाउँ शहर सम्बन्ध भन्नाले के बुझ्नुहुन्छ? एक वाक्यमा लेख्नुहोस। ९ बसाइसराइको धार भनेको के हो?एक वाक्यमा उल्लेख गर्नुहोस। १० आप्रवासी कामदारहरुले भोग्नु परेका मुख्य दुई समस्याहरु लेख्नुहोस। ११ नेपालको आर्थिक विकासका कुनै दुइ अवरोधहरुको नाम लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरि तथ्यांक प्रसोधन र विश्लेषण गर्दा के के फाइदा हुन्छ? पाँच बुदामा लेख्नुहोस। अथवा बौद्धिक चोरिसम्बन्धी क...

कक्षा११ पाठ ४

कक्षा११ पाठ ४ स्थानीय औपचारनौपचारिककारोबार खरिदबिक्रगरिने कार्यलाई कारोबार भनिन्छ । समाजमा यस्ता कारोबारहरू तीन प्रकारका हुन्छन् (क) स्थानीय कारोबार स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीँ बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । ऐँचोपैंचो, सरसापट, मेलापात, हारगुहार आदिबाट काम चल्छ । परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा तथा औजारहरू बनाउने, मर्मत गर्ने, खेती गर्ने, पशुपक्षीपालन तथा बिक्रीवितरण जस्ता कार्य पनि स्थानीय कारोबार हुन् । स्थानीय कारोबारलेस्थानीय आवश्यकता पूरा गर्दछ  अनौपचारिक कारोबार भन्नाले त्यस्ता कारोबारहरू पर्दछन् जसलाई कुल राष्ट्रिय उत्पादनमा गणना गरिँदैन ।यस्ता कार्य बाट राज्यलाई कर पनि पनि प्राप्तहुँदैन । सामान्यतया यस्ता कारोबारलाई राज्यले वैध कारोबार मान्दैन तर पनि यस्ताकारोबारहरू समाजमा लुकीचोरी हुने गर्दछन् ।समाजमा ढुकुटी, जुवातास जस्ता अवैध खेलमा पनि ठुलो लेनदेन हुन्छ । गाउँका साहुमहाजनहरूले चर्को व्याजदरमा गाउँका सिधासाधा जनतालाई ऋण लगानी गर्ने कार्य पनि गर्दछन् । घुसखोरी ,अवैध यौनधन्दा, मानव तथा मानव अङ्ग बेचबिखन, लागुऔषध कारोबार, चोरी...

एकाइ ७ पाठ ५ कक्षा १२

 एकाइ ७ पाठ ५ कक्षा १२ नेपालको धार्मिक तथा क्षेत्रीय पहिचान विभिन्न सांस्कृतिक, धार्मिक, प्राकृतिक, र ऐतिहासिक विशेषताहरूमा आधारित छ। यहाँ नेपालको मुख्य धार्मिक र क्षेत्रीय पहिचानहरू उल्लेख गरिएको छ। धार्मिक पहिचान १. हिन्दु धर्मको केन्द्र: नेपाल हिन्दु धर्मावलम्बीहरूको लागि पवित्र स्थान हो। पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ लगायतका मन्दिरहरूले हिन्दु धर्ममा नेपालको महत्त्व झल्काउँछन्। २. गौतम बुद्धको जन्मस्थल: लुम्बिनी, जो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ, गौतम बुद्धको जन्मस्थल भएकाले नेपाललाई बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र स्थल बनाएको छ। ३. धार्मिक सहिष्णुता: नेपाल बहुधार्मिक देश हो। यहाँ हिन्दु, बौद्ध, इस्लाम, किराँत, ख्रीष्टियन लगायतका धर्मावलम्बीहरू शान्तिपूर्ण रूपमा सह–अस्तित्वमा छन्। नेपालका मुख्य धर्महरू हिन्दु धर्म हिन्दु धर्मलाई पुरानो र सनातन धर्म मानिन्छ। यसमा योग, प्राणायाम, ज्योतिषशास्त्र, वास्तुशास्त्र जस्ता विभिन्न ज्ञान र संस्कृतिलाई महत्त्व दिइन्छ। हिन्दु धर्मका आधारभूत ग्रन्थहरूमा वेद, पुराण, उपनिषद्, रामायण, महाभारत र गीता समावेश छन्। स्मृति ग्रन्थहरूमा मन...

एकाइ ७ पाठ ६ कक्षा १२

 पाठ ६ कक्षा १२ समतामूलक समाज भनेको सामाजिक, आर्थिक, र राजनीतिक रूपले सबै व्यक्तिलाई समान अवसर र अधिकार प्रदान गर्ने समाज हो। यस समाजमा जात, लिंग, धर्म, आर्थिक स्थिति, वा अन्य कुनै आधारमा विभेद हुँदैन। समतामूलक समाजको मुख्य उद्देश्य सबै मानिसलाई न्याय, समानता, र सम्मानको वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। समतामूलक समाज एक आदर्श समाज हो, जहाँ सबै नागरिकले समान अवसर, अधिकार, र सम्मान प्राप्त गर्छन्। यस समाजको स्थापना गर्नका लागि शिक्षा, कानूनी सुधार, र सामाजिक सचेतना महत्त्वपूर्ण हुन्छ। समतामूलक समाज निर्माणले सामाजिक न्याय, शान्ति, र दिगो विकासमा ठूलो योगदान पुर्‍याउँछ। समतामूलक समाजका विशेषताहरू १. सामाजिक समानता: सबै जात, धर्म, लिंग, र समुदायका व्यक्तिहरूलाई समान रूपमा व्यवहार गरिन्छ। जातीय भेदभाव, लैंगिक असमानता, र धार्मिक विभेदजस्ता समस्याहरू अन्त्य गरिन्छ। २. आर्थिक समानता: सबै नागरिकलाई समान आर्थिक अवसर प्रदान गरिन्छ। गरिबी घटाउने, रोजगारका समान अवसर सिर्जना गर्ने, र स्रोतसाधनको समान वितरणमार्फत आर्थिक असमानता हटाउन प्रयास गरिन्छ। ३. शिक्षा र स्वास्थ्यमा समान पह...

एकाइ ६ पाठ ७ कक्षा१२ नेपाल एकीकरण पछिको राज्य सत्ता

एकाइ ६ पाठ ७ कक्षा१२ नेपाल एकीकरण पछिको राज्य सत्ता नेपाल एकीकरणपछि राज्यको मूल सत्ता शाह वंशको हातमा भए पनि दरबारभित्रको षड्यन्त्र र आन्तरिक विवादले देशको राजनीति अस्थिर रह्यो। एकीकृत नेपालको प्रशासन केन्द्रीकृत थियो, तर आन्तरिक कलहले राष्ट्रको शक्ति कमजोर बनाउँदै लग्यो। बाहादुर शाह र राजेन्द्र लक्ष्मीबीचको झगडा राजेन्द्र लक्ष्मीको भूमिका (1786-1794): पृथ्वीनारायण शाहका छोरा पृथ्वीपतिलाई राजगद्दीमा राखेर रानी राजेन्द्र लक्ष्मीले नेपाल सञ्चालन गरिन्। झगडाको कारण: बाहादुर शाहा (पृथ्वीनारायणका छोरा) र राजेन्द्र लक्ष्मीबीच सत्ता कब्जा गर्न संघर्ष भयो। रानीले बाहादुर शाहालाई राज्यको मामिलामा संलग्न हुन नदिने प्रयास गरिन्। अन्ततः, राजेन्द्र लक्ष्मीको मृत्युपछि बाहादुर शाहा सत्तामा आए। रणबहादुर शाह र बाहादुर शाहबीचको झगडा रणबहादुर शाह (1775-1799): कम उमेरमै राजा भएपछि वास्तविक सत्ता बाहादुर शाहाको हातमा रह्यो। झगडाको कारण: बाहादुर शाहाको संरक्षण सशक्त भए पनि रणबहादुर शाहले सत्तामा पूर्ण नियन्त्रण गर्न चाहन्थे। रणबहादुरले आफ्नो आमा, कान्तिवतीको मृत्युपछि शक्ति केन्द्रित गर्न प्रयास गरे। परिणा...

एकाइ ८ पाठ २ कक्षा १२ सरकारका काम कर्तव्य र अधिकार

एकाइ ८ पाठ २ कक्षा १२ सरकारका काम कर्तव्य र अधिकार नेपालको संविधानले संघीय, प्रदेश, र स्थानीय सरकारका काम, कर्तव्य र अधिकारलाई स्पष्ट रूपमा तोकेको छ। संघीय सरकारले देशभरका कामहरू गर्छ, प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका, र स्थानीय सरकारले गाउँपालिका वा नगरपालिकाभित्रका काम गर्छ। पाँचवटा अनुसूचीमार्फत सरकारहरूका अधिकार छुट्याइएको छ। अनुसूची ५ संघीय सरकारका अधिकारहरू समेट्छ, अनुसूची ६ प्रदेश सरकारका, र अनुसूची ८ स्थानीय सरकारका अधिकारहरू समेट्छ। अनुसूची ७ ले संघीय र प्रदेश सरकारको साझा अधिकार तोकेको छ, जहाँ दुवै सरकारले कानुन बनाउन सक्छन्। संघीय सरकारका एकल अधिकारहरू  नेपालको संविधानको अनुसूची ५ मा उल्लेख गरिएका छन्, निम्न प्रकारका छन्: 1. रक्षा र राष्ट्रिय सुरक्षा: सेना सञ्चालन, रक्षा नीति निर्माण, र सुरक्षा सुनिश्चित गर्ने काम। 2. विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध: अन्य देशहरूसँग कूटनीतिक सम्बन्ध, सन्धि-सम्झौता गर्ने अधिकार। 3. सार्वजनिक वित्त र बजेट व्यवस्थापन: संघीय सरकारको बजेट बनाउने, राष्ट्रिय कर उठाउने र त्यसको वितरण। 4. न्यायपालिका: सर्वोच्च अदालत, उच्च अदालतको व्यवस्था...

एकाइ ६ पाठ ८ कक्षा१२ आधुनिक कालको अर्थतन्त्र, कानुन, सस्कृती र कलाकौशल

 एकाइ ६ पाठ ८ कक्षा१२ आधुनिक कालको अर्थतन्त्र, कानुन, सस्कृती र कलाकौशल १. अर्थतन्त्रको विकास पृथ्वीनारायण शाहको काल (वि.सं. १७७९-१८३१) एकीकृत अर्थतन्त्रको थालनी साना-साना राज्यहरूलाई गोरखामा एकत्रित गरी नेपाल एकीकृत बनाइयो ।व्यापारिक नीतिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइयो। "अरूका माल खानु हुँदैन, आफ्ना माल बेच्नु पर्दछ" भन्ने नीतिले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन खोजियो। काठमाण्डू उपत्यका व्यापारिक केन्द्र थियो, जहाँ भारत र तिब्बतसँगको व्यापारले ठूलो योगदान पुर्‍यायो। १. बहादुर शाह (वि.सं. १८३१-१८५५) पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले नेपालको एकीकरण अभियानलाई अघि बढाउँदै आर्थिक सुधारका लागि थुप्रै प्रयास गरेका थिए। अर्थतन्त्र र आर्थिक सुधार: 1. व्यापार र राजस्वको विस्तार: नेपाल एकीकरणपछि तराईका उपजाऊ भूभागलाई करसंग्रहको प्रमुख स्रोत बनाइयो। तिब्बत र भारतसँगको व्यापारलाई निरन्तरता दिए। 2. भन्सार व्यवस्थापन: भारत र तिब्बतबाट हुने आयात-निर्यातमा भन्सार शुल्क लगाएर राजस्व वृद्धि गरियो।उपत्यकालाई व्यापारिक केन्द्रका रूपमा विकसित गर्ने प्रयास भयो। 3. कृषि सुधार: किसान...

एकाइ ७ पाठ १ कक्षा १२ वर्ग र सामाजिक रुपान्तरण

  एकाइ ७ पाठ १ कक्षा १२ वर्ग र सामाजिक रुपान्तरण सामाजिक वर्ग भन्नाले समाजभित्र रहेका मानिसहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, र राजनीतिक स्थितिको आधारमा बनाइएको विभाजनलाई जनाउँछ। सामाजिक वर्ग व्यक्तिहरूको जीवनस्तर, आय, पेशा, शिक्षा, सम्पत्ति, र सामाजिक प्रतिष्ठाका आधारमा छुट्याइन्छ। सामाजिक वर्ग समाजको संरचना र असमानताका कारण उत्पन्न हुने भए पनि यसले मानिसहरूलाई विकास र परिवर्तनतर्फ प्रेरित गर्न सक्छ। सामाजिक वर्गका मुख्य विशेषताहरू: 1. आर्थिक अवस्था: व्यक्तिको आय र सम्पत्ति सामाजिक वर्ग निर्धारण गर्ने प्रमुख आधार हो। 2. शिक्षा र पेशा: व्यक्तिको शिक्षा स्तर र पेशा पनि वर्गीकरणको मापदण्ड हो। 3. सांस्कृतिक अन्तर: वर्ग अनुसार मानिसहरूको रुचि, सोच, र जीवनशैली फरक हुन्छ। 4. सामाजिक प्रतिष्ठा: कुनै वर्गले समाजमा बढी मान्यता र सम्मान पाउँछ भने केही वर्गलाई कमजोर मानिन्छ। 5. विभाजनको प्रभाव: सामाजिक वर्गले मानिसको जीवनको अवसर, पहुँच, र निर्णय प्रक्रियामा प्रभाव पार्छ। सामाजिक वर्गका प्रकारहरू: 1. उच्च वर्ग: धन, शक्ति, र प्रतिष्ठा भएको वर्ग। 2. मध्यम वर्ग: सामान्य आय र साधन भएका मानिसहरूको ...

एकाइ एक पाठ २ कक्षा १२

  एकाइ एक पाठ २ कक्षा १२ पूर्वीय चिन्तन परम्परा भन्नाले एशिया महादेशमा विशेष गरी भारत, चीन, जापान, तिब्बत, कोरिया लगायत देशहरूमा विकसित भएका दार्शनिक, धार्मिक र आध्यात्मिक विचारहरूको समष्टिलाई बुझिन्छ। यसमा मानव जीवन, प्रकृति, आत्मा, धर्म, जीवनपद्धति, सदाचार, करुणा, मोक्ष, निर्वाण जस्ता विषयहरू गहिरो रूपमा समेटिएका हुन्छन्। मुख्य विशेषताहरू के के हुन? 1. आध्यात्मिकता प्रधान – आत्मा, पुनर्जन्म, मोक्ष, निर्वाण आदि विषयमा गहिरो विचार हुन्छ। 2. धार्मिकता र नैतिकता – धर्म र सदाचारलाई जीवनको मार्गदर्शन मानिन्छ। 3. समष्टिवाद – व्यक्तिगत हितभन्दा समाज र सम्पूर्ण सृष्टिको हितमा बल दिइन्छ। 4. प्रकृति सँगको सामन्जस्य – प्रकृति र मानव बीचको सम्बन्धलाई सहकार्यको रूपमा लिइन्छ। 5. चिन्तनशीलता र ध्यान – योग, ध्यान, साधना आदि मार्फत आत्मबोध र चेतनाको विकासमा जोड दिइन्छ पूर्वीय चिन्तन परम्परा जीवनलाई केवल भौतिक दृष्टिले होइन, आध्यात्मिक दृष्टिकोणबाट बुझ्ने अभ्यास हो। यसले मन, आत्मा, समाज र सृष्टिको गहिरो सम्बन्ध बुझ्न प्रेरणा दिन्छ। पाश्चात्य चिन्तन परम्परा भन्नाले मुख्यतः युरोप र अमेरिकामा विकसित भ...

एकाइ ८ कक्षा १२ पाठ ५

एकाइ ८ कक्षा १२ पाठ ५ अति छोटो प्रश्नोत्तरहरू: 1. प्रश्न: मुलुकी संहिता भनेको के हो?; उत्तर: नेपालमा लागू कानूनी व्यवस्थाहरूको सङ्ग्रह, जसले नागरिक र आपराधिक कानूनी प्रावधानहरू समेट्छ। 2. प्रश्न: मुलुकी संहिता कहिले लागू भयो? उत्तर: २०७४ सालमा। 3. प्रश्न: मुलुकी संहितामा कति भाग छन्? उत्तर: दुई भाग छन्: मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता। 4. प्रश्न: मुलुकी अपराध संहितामा के समावेश छ? उत्तर: फौजदारी अपराधहरू सम्बन्धी कानूनी प्रावधानहरू। 5. प्रश्न: मुलुकी देवानी संहितामा के समावेश छ? उत्तर: नागरिक अधिकार र कर्तव्यहरू सम्बन्धी कानूनी प्रावधानहरू। 6. प्रश्न: फौजदारी मुद्दा भनेको के हो? उत्तर: राज्यविरुद्ध वा समाजमा हानि पुर्‍याउने कार्यहरू सम्बन्धी मुद्दा। 7. प्रश्न: देवानी मुद्दा भनेको के हो? उत्तर: व्यक्तिगत अधिकार, सम्पत्ति, वा पारिवारिक सम्बन्धसँग सम्बन्धित मुद्दा। 8. प्रश्न: मुलुकी संहिताको उद्देश्य के हो? उत्तर: कानूनी व्यवस्थाहरूलाई एकीकृत गरी न्याय सुनिश्चित गर्नु। 9. प्रश्न: मुलुकी संहिताले के परिवर्तन गरेको छ? उत्तर: पुराना कानूनी प्रावधानहरूलाई अद्यावधिक र एकीकृत गरेको छ...