कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण

 

कक्षा ११
पाठ :५
कृषि, उद्योग र निर्माण
नेपालको अर्थतन्त्र समयअनुसार बदलिरहेको छ ।
नेपालको अर्थतन्त्रमा कृषि, उद्योग र निर्माण क्षेत्रहरूको योगदान महत्त्वपूर्ण रहेको छ ।
(क) कृषि
नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो र कृषिको विकास भएमा मात्र नेपालको आर्थिक समृद्धि हुन
सक्छ। नेपालको कृषि परम्परागत र निर्वाहमुखी भएको हुनाले यसलाई आधुनिकीकरण र व्यवसायीकरण
गर्नु आवश्यक छ । कृषियोग्य जमिनको अधिकतम सदुपयोग गरी खाद्यान्नमा आत्मनिर्भर हुँदै खाद्यान्न
निकासी गरेर विदेशी मुद्रा आर्जनमा समेत कृषिलाई उपयोग गर्नुपर्ने देखिन्छ । विश्वमा विकास भएका
नयाँ नयाँ प्रविधिहरूको आयात गर्नुका साथै आफ्नै देशमा कृषिको अध्ययन अनुसन्धान गरी यहीँको
हावापानी र माटोअनुकूलको प्रविधि विकास गर्नुपर्ने देखिन्छ । पछिल्ला दिनमा नेपालमै बसेर केही गर्न
चाहने उद्यमीहरू र वैदेशिक रोजगारीबाट कृषिका विभिन्न सिप हासिल गरेर फर्केका युवाहरूबाट
आधुनिक र व्यावसायिक कृषि तथा पशुपालनको सुरुआत भएको देखिन्छ ।(ख) उद्योग
वृद्धि, स्थानीय स्रोतसाधन र प्रविधिको उपयोग गर्दछ । उद्योगले मुलुकको उच्च, दिगो र फराकिलो
आर्थिक वृद्धिदर हासिल गर्न महत्त्वपूर्ण योगदान दिन्छ । प्राचीन काल र मध्य कालमा नेपाल औद्योगिक
उत्पादनका लागि प्रसिद्ध थियो ।राणाकालमा पनि केही औद्योगिक विकास भएको पाइन्छ । जुट, सलाई
उद्योगहरू स्थापना भएका थिए । नेपालमा आधुनिक औद्योगिक विकासको सुरुआत सन्
औद्योगिक परिषद् स्थापना भएपछि भएको मानिन्छ । सन्  १९४६ मा राणाकालमा रघुपति जुटमिल
खुलेपछि ठुला उद्योगको सुरुआत भएको मानिन्छ । पञ्चायत कालमा पनि चिनी, चुरोट, जुत्ता, कपडा,
सिमेन्टलगायतका धेरै उद्योगहरू खुलेका थिए । यस अवधिमा देशका विभिन्न स्थानमा औद्योगिक क्षेत्र
स्थापना गरी औद्योगिकीकरणलाई प्रोत्साहन गरिएको देखिन्छ
वि.सं">वि.सं 2046">२०४६< को जनआन्दोलनपश्चात् देशले खुला तथा उदार अर्थतन्त्रको अवलम्बन गरेपछि निजी
क्षेत्रबाट धेरै उद्योगहरू खुले भने सरकारी स्वामित्वका उद्योगहरू बन्द हुन पुगे । नेपालको संविधानमा
अर्थतन्त्रको विकासका लागि उद्योगधन्दा र स्रोत साधनको संरक्षण र संवर्धन गरी नेपाली श्रम सिप
र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति लिइएका छन् । नेपालमा
परम्परादेखि चलिआएको स्थानीय श्रम र सिपमा आधारित कुटीर उद्योगहरूले स्थानीय आवश्यकतालाई
पूरा गर्दै आएका छन् ।
(ग) निर्माण
नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिने क्षेत्र निर्माण पनि हो । देशमा पूर्वाधार विकास,
सहरीकण तथा विभिन्न आयोजनाहरूको कार्यान्वयनका क्रममा विभिन्न प्रकारका भौतिक निर्माण कार्यहरू
गर्नुपर्ने हुन्छ । यस्ता निर्माण कार्यहरूलाई सञ्चालन गर्नका लागि निर्माण व्यवसायहरू सञ्चालन
भएका हुन्छन् । त्यस्ता निर्माण व्यवसायले उपलब्ध प्राकृतिक, आर्थिक र मानवीय स्रोत साधनहरूलाई
परिचालन गर्दै रोजगारीका अवसर सिर्जना गरिरहेको हुन्छ । त्यसैले औद्योगिक नीति तथा औद्योगिक
व्यवसाय ऐनमा निर्माण व्यवसायलाई उद्योगका रूपमा परिभाषित गरिएको छ :

पाठ-२नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस

पाठ-२नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस

जनसंख्याको वितरण भौगोलिक क्षेत्रप्रशासनिक विभाजन अनुसार फरक फरक रहेको छ । भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी जनसंख्या तराईमाभने सबैभन्दा कम हिमाली क्षेत्रमा रहेको छ । प्रशासनिक विभाजन अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख रहेकोभने  कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या रहेको छ।क्षेत्र जनसंख्या जनघनत्व          2068               2078            2068      2078नेपाल 26494504     2,91,92,480         १८०     १९८हिमाल १७८१७९२       १७७८१०४              34       34पहाड 1,13,94007     117,48,548          १८६   १९२   तराई 1,33,18,705       45665828         ३९२    ४६१प्रदेश १ 45,34,943       49,7 2,0 21       176    192मधेस प्रदेश54,04,१45    61,26,288        561   636बाग्मती प्रदेश  55,29,452   60,84,042    273   300गण्डकी प्रदेश 2403752     24,79,745     112    116लम्बिनी प्रदेश 4499272     51,24.225     202   230कर्णाली प्रदेश 1570418    16.94.889     56     61सूद्रसरियम 2552917      27, 11,270      128     136प्रदेश अनुसार जनसंख्या वृद्धि तथा परिवर्तन विं सं2068 देखि 2078 सम्मक्षेत्र                वार्षिक वृद्धि दर               परिवर्तन %                      2078प्रदेश १            0.88                            9.64मधेश प्रदेश      1.20                            13.36वागमती प्रदेश  0.92                             10.03गण्डकी प्रदेश   0.30                             3.16लुम्बिनी प्रदेश   1.25                             13.80कर्णाली प्रदेश    0.73                            7.93यसरी हेर्दा सबै भन्दा बडि जनसंख्या वृद्धि दरपरिवर्तन गण्डकी प्रदेशमा देखिन्छ त्यसै गरि क्रमश: मधेश प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेश रहेका छन्सबैभन्दा कम जनसंख्या वृद्धि दरपरिवर्तन गण्डकी प्रदेशमा देखिन्छघर परिवारको संख्यालैङ्गिक अनुपात   

 परिवारको संख्या      पुरुष      महिला    लैङ्गकि अनुपात 
नेपाल  6761059, 14291311, 14901169   95.91हिमाल  416480,    877666,    900438,       97.47पहाड   2974698    5721329   6027219    94.92तराई    3369881    7692316   7973512    96.47प्रदेश १ 120३९३0    2425266   2546755   95.23मधेस प्रदेश 1190154, 3078223, 3048065,100.99बाग्मती प्रदेश 1575097, 3033574, 3050468,99.45गण्डकी प्रदेश 678176,  1180460,  1299285,90.85लुम्बिनी प्रदेश1155523, 2457484, 2666741,92.15कर्णली प्रदेश 371125,  828307,  866528,     95.58सुदुर पश्चिम्  587054,   1287997, 1423273  90.49प्रदेशगत रुपमा सबैभन्दा बढ़ि परिवार संख्या बाग्मती प्रदेशमा रहेको देखिन्छत्यसपछि क्रमशः प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, गण्डकीसबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । लैडिक अनुपात सबैभन्दा बढि मधेश प्रदेशमा देखिन्छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा रहेको छ ।

सेट ङ

 

सेट ङ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा पुणाङ्क 75 ;समय 3 घन्टा
समूह (क)
अति छोटो उत्तर दिनुहोस् ११×१=११
१ जीवन उपयोगी सीप भन्नाले के बुज्नु हुन्छ?
२ स्वतन्त्र चर र निर्भर चरका एक एक उदाहरण दिनिहोस।
३ आत्मा आलोचना र स्वरुपान्तरण सिपको भिन्नतालाइ एक वाक्यमा प्रस्ट पार्नुहोस।
४ जानजान गरिने बौद्धिक चोरिका दुई उदाहरण दिनुहोस।
५ माक्सवादी धारणाले आर्थिक व्यावस्थालाइ बर्ग निर्माणको आधार मान्दछ तर सामाजिक आधारमा पनि बर्ग निर्मण हुन्छ भन्ने तथ्य लाई एक उदाहरण सहित प्रस्ट पार्नुहोस।
६ किशोरावस्थामा सहपाठी समूह किन महत्वपूर्ण हुन्छ ?दुई वाक्यमा लेखनुहोस।
७ वर्तमान नेपालको सङ्घिय प्रशासनिक संरचना अनुसार स्थानिय निकायलाइ कति वोटा गाउँपालिका र नगरपालिकामा छुट्याइएको छ?
८ तपाईं गाउपालिकाको न्यायिक शाखा प्रमुख हुनुभयो। तपाइको कार्यालयमा ज्यान मार्ने कसुर र नाता सम्वन्ध कायम गरिपाउ भन्ने उजुरी परेमा यस्ता मुद्दालाइ कस्ता प्रकृतीका मुद्दा भनी कर्वाही चलाउनु हुन्छ?
९ मानव बिकस सुचाङ्क (HDI) गणना गर्नुको मुख्य दुई उदेश्य लेख्नुहोस।
10 सुचनाको हक भन्नले के बुझ्नु हुन्छ?एक वाक्यमा लेख्नुहोस।
११ बड्दो विस्वब्यापिकरणको प्रभाव सगै नेपाल बाट दक्ष जनशक्ति अवसरको खोजिमा बिदेश पलायन हुने क्रम तिब्र छ ।यसलाइ रोक्ने उपयुक्त दुई उपाया बताउनुहोस।
समूह ख छोटो उत्तर दिनुहोस। ८×५=४०
१२ सामाजिक अध्यन विषयमा तथ्यांक संकलन गर्न प्रयोग गर्न सकिने कुनै चार ओटा साधनहरुको नाम लेखी कुनै दुइको छोटो परिचय दिनुहोस।
13 प्रविधिको बिकस र सामाजिक संजालको बढ्दो प्रयोगले किशोर किशोरिको जिवनमा पारेका सकारात्मक र नकारात्मक प्रभावहरु लाई पाँच पाँच बुद्धामा लेख्नुहोस।
14 नेपालमा सङ्घियाता कर्यानयन गर्ने क्रममा देखा परेका चुनती र यसलाइ समाधान गर्ने उपायाका बरेमा विश्लेषण गर्दै दुई साथी बिचको सम्वादको नमुना तयार पार्नुहोस।
15 नेपालको दोन्द्ध कालिन समयमा भयाका मानवाधिकार हनन सङग सम्बन्दित बिषय समेट्ने गरि समुदायका रजनितिज्ञलाइ सोध्ने कुनै पाँच ओटा प्रश्नको नमुना बनाउनुहोस
16 नेपालको हेरक क्षेत्रमा महिला सहभागिता कमजोर हुनुका करण र समाधानका उपाया उल्लेख गर्नुहोस।
17 बदलिदो सामाजिक परिवेस सङगै सदाचार र सामाजिक जवाफदेहिता किन कमजोर बन्दै गएको होला? यदि तपाईं कुनै सर्वजनिक पदमा पुग्नु भयो भने सदाचारिता र समाजिक जवाफदेहिता बिकस गर्न कसरी योगदान गर्नु हुन्छ?उल्लेख गर्नुहोस।
18 नेपालको शिक्षा क्षेत्रमा समावेसिकरणका सम्बन्धमा देखियका चुनौतिहरु टिप्पणी गर्नुहोस।
19 नेपालको परराट्र नितिका आधारहरु उदाहरण सहित व्याख्या गर्नुहोस।
समूह ग
लामो उत्तर दिनुहोस ३×८ =२४
20 किन किशोरावस्तालाइ मानसिक, शारिरिक,सामाजिक र बौद्धिक दृस्टिले सम्वेदनसिल मानिन्छ?किशोरावस्थामा उत्पन्न हुने सम्वेग व्यावस्थापनका तरिका उल्लेख गर्नुहोस।
21मानौ आउदो स्थानिय निकायको चुनावमा तपाईं स्थानिय निकाय प्रमुखमा उमेद्वारी दिदैहुनुहुन्छ। तपाइको गाउपालिका वा नगरपालिकामा आइपर्ने सम्भावित विपद व्यावस्थापन कसरी गर्नु हुन्छ सो का वारेमा तपाईंको एउटा कर्ययोजना सहित घोषणा पत्र प्रस्तुत गर्नुहोस।
22 कोभिड १९ को कारण विस्वका केहि मुलुकहरुमा चरम आर्थिक मन्दिको अवस्था देखिएको छ ।कोभिड १९ ले नेपालको अर्थतन्त्रमा परेका असरहरु उल्लेख गर्नुहोस र नेपालमा सम्भावित आर्थिक मन्दिको खतरालाइ मध्यनजर गर्दै नेपालको अर्थतन्त्र पुनरस्थापना गर्न के गर्नु पर्ला सुजाव दिनुहोस।

सेट ग

सेट  ग

बिषय:&nbsp; सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा; नमुना प्रस्न पत्र; कक्षा 12 पुणाङ्क  समय 3 घन्टा
  समूह क
अति छोटो उत्तर दिनुहोस
१ जीवन उपयोगी शिक्षाको परिभाषा दिनुहोस
२ पुर्विय चिन्तन भन्नाले के बुझिन्छ?
३ अध्यन प्रस्तावना भनेको के हो? एक वाक्यमा
लेख्नुहोस।
४ समानुभुतिसिपका मुख्य तत्वहरु मध्य कुनै दुई तत्वहरु लेख्नुहोस।
५ विपतलाइ एकवाक्यमा परिभाषित गर्नुहोस।
६ स्थानिय ज्ञान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस।
७ नेपालको कानुन अनुसार जनसंख्याको आधारमा हिमालको शहरिकरणको मापदण्ड उल्लेख गर्नुहोस।
८ गाउँ शहर सम्बन्ध भन्नाले के बुझ्नुहुन्छ? एक वाक्यमा लेख्नुहोस।
९ बसाइसराइको धार भनेको के हो?एक वाक्यमा उल्लेख गर्नुहोस।
१० आप्रवासी कामदारहरुले भोग्नु परेका मुख्य दुई समस्याहरु लेख्नुहोस।
११ नेपालको आर्थिक विकासका कुनै दुइ अवरोधहरुको नाम लेख्नुहोस।
समूह ख
छोटो उत्तर दिनुहोस
१२ मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरि तथ्यांक प्रसोधन र विश्लेषण गर्दा के के फाइदा हुन्छ? पाँच बुदामा लेख्नुहोस।
अथवा
बौद्धिक चोरिसम्बन्धी कानुनी प्रावधान के कस्तो छ लेख्नुहोस।
१३ GPS को कुनै पाँचओटा महत्व उल्लेख गर्नुहोस
१४ नेपालमा पटक पटक भएका राजनितिक परिवर्तनका आन्दोलनहरुमा जनताको महत्वपुर्ण भुमिका भएता पनि जनापेक्षा अनुरुप काम हुन नसक्नुका कारणहरु उल्लेख गर्नुहोस।
१५``नेपाली समाजको क्षेत्रीय तथा सामाजिक विविधताको पहिचानलाइ सहि सम्बोधन गर्न नसके सामाजिक सद्भाव र राष्ट्रीय एकतामा आच आउँछ´´ यस भनाइलाइ तर्क सहित पुष्टि गर्नुहोस।
१६ समतामुलक समाज निर्माणमा सरकारले खेलेका कुनै पाँच भुमिकाहरु के के हुन?उल्लेख गर्नुहोस।
१७ असल नागरिकको रुपमा तपाइले पालना गर्नु पर्ने मुख्य पाँच कर्तव्य वुदागत रुपमा लेख्नुहोस।
१८ गाउँ शहर सम्बन्ध र जीविकोपार्जनमा प्रभाव पर्ने तत्वहरु के के हुन? छोटकरिमा उल्लेख गर्नुहोस।
१९मानव संसाधन विकास गर्ने तरिकाहरु उल्लेख गरि कुनै दुइको व्याख्या गर्नुहोस।
समूह ग
लामो उत्तर दिनुहोस
२० सामाजिक अध्ययनमा प्रयोग हुने विभिन्न अध्ययन विधिहरु&nbsp; लेखी वर्णन गर्नुहोस।
२१ नेपालमा अन्तरप्रदेश सम्वन्ध सुदृढ गर्ने उपाय लेखि अन्तरप्रदेश सम्वन्धका फाइदा लेख्नुहोस।
२२ नेपालमा शहरिकरणका मापदण्डको शुचि बनाइ छोटकरिमा व्याख्या गर्नुहोस।
अथवा
सार्वजनिक प्रशासनमा सदाचार र सामाजिक जवाफ देहिताको अभाव किन देखियको होला ? सार्वजनिक प्रशासनलाइ जवाफदेही बनाउने उपाय उल्लेख गर्नुहोस।

कक्षा११ पाठ ४

कक्षा११ पाठ ४

स्थानीय औपचारनौपचारिककारोबार खरिदबिक्रगरिने कार्यलाई कारोबार भनिन्छ । समाजमा यस्ता कारोबारहरू तीन प्रकारका हुन्छन्
(क) स्थानीय कारोबार
स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीँ बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । ऐँचोपैंचो, सरसापट, मेलापात, हारगुहार आदिबाट काम चल्छ । परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा तथा औजारहरू बनाउने, मर्मत गर्ने, खेती गर्ने, पशुपक्षीपालन तथा बिक्रीवितरण जस्ता कार्य पनि स्थानीय कारोबार हुन् । स्थानीय कारोबारलेस्थानीय आवश्यकता पूरा गर्दछ  अनौपचारिक कारोबार भन्नाले त्यस्ता कारोबारहरू पर्दछन् जसलाई कुल राष्ट्रिय उत्पादनमा गणना गरिँदैन ।यस्ता कार्य बाट राज्यलाई कर पनि पनि प्राप्तहुँदैन । सामान्यतया यस्ता कारोबारलाई राज्यले वैध कारोबार मान्दैन तर पनि यस्ताकारोबारहरू समाजमा लुकीचोरी हुने गर्दछन् ।समाजमा ढुकुटी, जुवातास जस्ता अवैध खेलमा पनि ठुलो लेनदेन हुन्छ । गाउँका साहुमहाजनहरूले चर्को व्याजदरमा गाउँका सिधासाधा जनतालाई ऋण लगानी गर्ने कार्य पनि गर्दछन् । घुसखोरी ,अवैध यौनधन्दा, मानव तथा मानव अङ्ग बेचबिखन, लागुऔषध कारोबार, चोरी निकासी, अवैध रूपमा वैदेशिक रोजगारमा पठाउने धन्दा आदि अनौपचारिक कारोबारका उदाहरण हुन् । घरमा गरिने कतिपय कामहरू वैध हुँदाहुँदै पनि पनि राष्ट्रिय उत्पादनमा गणना गरिएको हुँदैन । व्यक्ति भने व्यस्त रहन्छ तर त्यसलाई रोजगारीमा गणना गरिएको हुँदैन । गृहिणी महिलाहरूको काम, बालबच स्याहार्ने काम, घरधन्दाको काम आदि
(ग) औपचारिक कारोबार
कुल राष्ट्रिय उत्पादनमा गणना हुने जति पनि कारोबारहरू हुन्छन् । ती सबै औपचारिक कारोबार<हुन् । यस्ता कारोबारहरू देशको कानुनबमोजिम दर्ता भएर सञ्चालन हुन्छन् । यिनीहरूले राज्यलाई कुनै न कुनै रूपमा कानुनबमोजिम कर बुझाएका हुन्छन् । कृषि, पशुपक्षीपालन, मत्स्यपालन, घरेलु तथा सिपमूलक व्यवसाय, साना व्यवसाय, खुद्रा पसलहरू, ठुला ठुला व्यापार, व्यवसाय, उद्योग आदिलाई<औपचारिक कारोबारमा गणना गरिएको हुन्छ ।स्थानीय कारोबार<स्थानीय आवश्यकता पूरा गर्न मदत पुग्छ ।स्थानीय वस्तु तथा सेवाले बजार<पाउँछ र त्यसको उपयोग हुन्छ ।<राष्ट्रिय उत्पादनमा योगदान दिन्छ ।<सरल र सस्तो कारोबार हुन्छ ।<घरेलु तथा सिपमूलक व्यवसायलाई प्रोत्साहन दिन्छ ।<औपचारिक कारोबारलाई आधार<प्रदान गर्दछ ।<अनौपचारिक कारोबार<कहिलेकाहीं अनौपचारिक कारोबारबाट<स्थानीय आवश्यकता पूरा भएता पनि<कानुनविपरीत हुने हुनाले जोखिमयुक्त<हुन्छ ।<सस्तोमा वस्तु खरिद गर्न पाइए पनि<उपभोक्ताहरू ठगिने सम्भावना उच्च<हुन्छ ।<राष्ट्रिय आयमा कुनै योगदान दिँदैन । उल्टै औपचारिक कारोबारलाई क्षति पत्याउँछ । समाजमा विकृति, विसङ्गति, हिंसा, द्वन्द्व, शोषण, अन्याय, अत्याचार, ठगी, दुर्व्यसन</जस्ता नकारात्मक कुरालाई प्रोत्साहन गर्ने सम्भावना रहन्छ ।औपचारिक कारोबार राष्ट्रिय आम्दानीमा वृद्धि गर्दछ । कानुनबमोजिम कारोबार हुने भएकाले यसका नकारात्मक प्रभाव कम हुन्छ । राजस्वमा वृद्धि हुन्छ । उपभोक्ता वा सरोकारवालाहरू ठगिन पाउँदैनन् । यदि ठगिएमा कानुनी उपचार र क्षतिपूर्ति पाउँछन् । यसले देशको अर्थतन्त्र बलियो बनाउँछ ।

एकाइ ७ पाठ ५ कक्षा १२

 एकाइ ७

पाठ ५

कक्षा १२

नेपालको धार्मिक तथा क्षेत्रीय पहिचान विभिन्न सांस्कृतिक, धार्मिक, प्राकृतिक, र ऐतिहासिक विशेषताहरूमा आधारित छ। यहाँ नेपालको मुख्य धार्मिक र क्षेत्रीय पहिचानहरू उल्लेख गरिएको छ।

धार्मिक पहिचान

१. हिन्दु धर्मको केन्द्र:

नेपाल हिन्दु धर्मावलम्बीहरूको लागि पवित्र स्थान हो। पशुपतिनाथ, मुक्तिनाथ, गोरखनाथ लगायतका मन्दिरहरूले हिन्दु धर्ममा नेपालको महत्त्व झल्काउँछन्।

२. गौतम बुद्धको जन्मस्थल:

लुम्बिनी, जो युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ, गौतम बुद्धको जन्मस्थल भएकाले नेपाललाई बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र स्थल बनाएको छ।

३. धार्मिक सहिष्णुता:

नेपाल बहुधार्मिक देश हो। यहाँ हिन्दु, बौद्ध, इस्लाम, किराँत, ख्रीष्टियन लगायतका धर्मावलम्बीहरू शान्तिपूर्ण रूपमा सह–अस्तित्वमा छन्।

नेपालका मुख्य धर्महरू

हिन्दु धर्म

हिन्दु धर्मलाई पुरानो र सनातन धर्म मानिन्छ। यसमा योग, प्राणायाम, ज्योतिषशास्त्र, वास्तुशास्त्र जस्ता विभिन्न ज्ञान र संस्कृतिलाई महत्त्व दिइन्छ। हिन्दु धर्मका आधारभूत ग्रन्थहरूमा वेद, पुराण, उपनिषद्, रामायण, महाभारत र गीता समावेश छन्। स्मृति ग्रन्थहरूमा मनुस्मृति लगायतका धार्मिक तथा जीवनोपयोगी विषयहरू समावेश छन्।

हिन्दु धर्ममा प्रकृतिलाई पूजनीय मानिन्छ। सूर्य, चन्द्रमा, नदी, पहाड आदिलाई पूजा गर्ने परम्परा रहेको छ। हिन्दु धर्मका प्रमुख देवताहरूमा गणेश, शिव, विष्णु, लक्ष्मी, राम र कृष्ण रहेका छन्। प्रमुख चाडपर्वहरूमा दशैं, तिहार, शिवरात्रि, रामनवमी, छठ आदि पर्दछन्।

बौद्ध धर्म

नेपालको भूमिमा जन्मिएका सिद्धार्थ गौतमले स्थापना गरेको बौद्ध धर्मलाई ज्ञान, सत्य, अहिंसा र शान्तिको धर्म मानिन्छ। यस धर्मले चोरी नगर्ने, असत्य नबोल्ने, हिंसा नगर्ने, र मदिरा नखाने जस्ता आचार पालन गर्न प्रेरित गर्छ। बुद्ध जयन्ती र लोसर यस धर्मका मुख्य पर्वहरू हुन्।

इसाई धर्म

इसाई धर्मको प्रवर्तक येशु ख्राइष्ट हुन्। यस धर्मले प्रेम, क्षमा र दया गर्नुपर्ने शिक्षा दिन्छ। इसाई धर्मको मुख्य धार्मिक ग्रन्थ बाइबल हो। ख्रिसमस इसाई धर्मको मुख्य चाड हो।

इस्लाम धर्म

इस्लाम धर्मको प्रवर्तक मोहम्मद हुन्। यस धर्मको धार्मिक ग्रन्थ कुरान हो। इस्लाम धर्ममा एक ईश्वरको मान्यता राखिन्छ। यस धर्ममा मूर्तिपूजा निषेध गरिएको छ। इद र बकरिद यस धर्मका मुख्य चाडहरू हुन्।

जैन धर्म

जैन धर्मको प्रवर्तक महावीर जैन हुन्। यस धर्मले अहिंसा, सत्य र तपस्यालाई महत्त्व दिन्छ। महावीर जयन्ती र दीपावली जैन धर्मका प्रमुख पर्वहरू हुन्।

सिख धर्म

सिख धर्मका प्रवर्तक गुरु नानक हुन्। यस धर्ममा सत्य, अहिंसा र सेवाको महत्त्व दिइन्छ। यस धर्मको प्रमुख धार्मिक ग्रन्थ गुरु ग्रन्थ साहिब हो। लोहडी र बैसाखी सिख धर्मका मुख्य चाडहरू हुन्।

किरात धर्म

किरात धर्म प्राचीन नेपाली जनजाति किरातहरूको मौलिक धर्म हो। यस धर्ममा प्रकृति पूजा, पितृ पूजा, र वन–जंगलको संरक्षणलाई महत्त्व दिइन्छ। किरात धर्मले आत्मा अमर हुने विश्वास राख्छ र आफ्ना परम्परागत विधिहरू पालन गर्दै चाडपर्वहरू मनाइन्छ। साकेला (साकेवा) यस धर्मको मुख्य पर्व हो, जसलाई नाचगानसहित मनाइन्छ।

बहाइ धर्म

बहाइ धर्म १९औँ शताब्दीमा इरानमा स्थापित भएको धर्म हो। यस धर्मका प्रवर्तक बहाउल्लाह हुन्। यो धर्मले सम्पूर्ण मानव जाति एक हो भन्ने सन्देश दिन्छ र जात, धर्म तथा लिङ्गभेदको विरोध गर्दछ। बहाइ धर्मका अनुयायीहरूले विश्व शान्ति र मानवताको सेवामा विश्वास गर्छन्। बहाइ धर्मको मुख्य धार्मिक ग्रन्थ किताब–ए–अक्सा हो।

बोन धर्म

बोन धर्म तिब्बत र हिमाली क्षेत्रका मानिसहरूको प्राचीन धर्म हो। यसमा प्रकृति पूजा, देवी–देवताको पूजा, र आत्मा तथा शक्ति केन्द्रित साधनामा विश्वास गरिन्छ। बोन धर्मले संसारका सबै तत्वहरूको सन्तुलनलाई महत्त्व दिन्छ। यसका मुख्य धार्मिक गतिविधिहरूमा मन्त्र जप, अनुष्ठान, र परम्परागत विधिहरू सामेल छन्।

क्षेत्रीय पहिचान

नेपालको क्षेत्रीय पहिचान हिमाल, पहाड, र तराई क्षेत्रका भौगोलिक तथा सामाजिक–सांस्कृतिक विविधतामा आधारित छ। यसले नेपाललाई एक अनुपम पहिचान प्रदान गरेको छ।

१. हिमाल क्षेत्र

विशेषता: ४,८७७ मिटरभन्दा माथिका हिमाली भूभाग।

सांस्कृतिक विविधता: शेर्पा, थकाली, तामाङ लगायत जातिहरूको बसोबास। तिब्बती–बौद्ध धर्मको प्रभाव।

चाडपर्व: ल्होसार, बुद्ध पूर्णिमा।

जीवनशैली: याक पालन, आलु खेती, र पर्यटनसम्बन्धी व्यवसाय।

२. पहाड क्षेत्र

विशेषता: ६१० मिटरदेखि ४,८७७ मिटरसम्मको उचाइ।

सांस्कृतिक विविधता: ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, नेवार जातिहरू।

चाडपर्व: दशैं, तिहार, विभिन्न जात्रा।

जीवनशैली: कृषि, पशुपालन, र घरेलु उद्योग।

३. तराई क्षेत्र

विशेषता: समथर भूभाग, उचाइ ६०० मिटरभन्दा कम।

सांस्कृतिक विविधता: थारू, मधेसी, मुस्लिम, राजवंशी जातिहरू।

चाडपर्व: छठ, होली, ईद।

जीवनशैली: खेतीपाती, व्यापार, र आधुनिक व्यवसाय।

सात प्रदेशको सामाजिक–सांस्कृतिक विविधता

१. प्रदेश १: लिम्बु, राई, शेर्पा समुदाय प्रमुख। उभौली–उधौली पर्व।

२. मधेश प्रदेश: मधेसी, थारू, मुस्लिम समुदाय। छठ र होली लोकप्रिय।

३. बागमती प्रदेश: नेवार, तामाङ, ब्राह्मण, क्षेत्री। इन्द्र जात्रा प्रमुख।

४. गण्डकी प्रदेश: मगर, गुरुङ, थकाली समुदाय। ल्होसार र दशैं।

५. लुम्बिनी प्रदेश: थारू र अन्य जातिहरू। छठ र थारू नाच।

६. कर्णाली प्रदेश: खस–आर्य, मगर, तामाङ। सिदा पूजा र गौरा पर्व।

७. सुदूरपश्चिम प्रदेश: थारू, ब्राह्मण, क्षेत्री। देउडा नाच र गौरा पर्व।

नेपालको विविध भूगोलले विभिन्न संस्कृतिलाई अँगालेको छ, जसले हाम्रो राष्ट्रिय पहिचानलाई अझ समृद्ध बनाएको छ।

एकाइ ७ पाठ ६ कक्षा १२

 पाठ ६

कक्षा १२

समतामूलक समाज भनेको सामाजिक, आर्थिक, र राजनीतिक रूपले सबै व्यक्तिलाई समान अवसर र अधिकार प्रदान गर्ने समाज हो। यस समाजमा जात, लिंग, धर्म, आर्थिक स्थिति, वा अन्य कुनै आधारमा विभेद हुँदैन। समतामूलक समाजको मुख्य उद्देश्य सबै मानिसलाई न्याय, समानता, र सम्मानको वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। समतामूलक समाज एक आदर्श समाज हो, जहाँ सबै नागरिकले समान अवसर, अधिकार, र सम्मान प्राप्त गर्छन्। यस समाजको स्थापना गर्नका लागि शिक्षा, कानूनी सुधार, र सामाजिक सचेतना महत्त्वपूर्ण हुन्छ। समतामूलक समाज निर्माणले सामाजिक न्याय, शान्ति, र दिगो विकासमा ठूलो योगदान पुर्‍याउँछ।

समतामूलक समाजका विशेषताहरू

१. सामाजिक समानता:

सबै जात, धर्म, लिंग, र समुदायका व्यक्तिहरूलाई समान रूपमा व्यवहार गरिन्छ। जातीय भेदभाव, लैंगिक असमानता, र धार्मिक विभेदजस्ता समस्याहरू अन्त्य गरिन्छ।

२. आर्थिक समानता:

सबै नागरिकलाई समान आर्थिक अवसर प्रदान गरिन्छ। गरिबी घटाउने, रोजगारका समान अवसर सिर्जना गर्ने, र स्रोतसाधनको समान वितरणमार्फत आर्थिक असमानता हटाउन प्रयास गरिन्छ।

३. शिक्षा र स्वास्थ्यमा समान पहुँच:

सबै मानिसलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। यो सबै वर्गका व्यक्तिहरूको जीवनस्तर उकास्न महत्त्वपूर्ण हुन्छ।

४. कानूनी समानता:

सबै नागरिक समान कानूनी अधिकार र दायित्वका पात्र हुन्छन्। कानुन सबैका लागि समान रूपमा लागू हुन्छ, चाहे उनीहरूको सामाजिक वा आर्थिक स्थिति जुनसुकै होस्।

५. समावेशीता:

समाजका सबै वर्गलाई निर्णय प्रक्रियामा सहभागी गराइन्छ। अल्पसंख्यक, महिला, अपांगता भएका व्यक्ति, र अन्य समुदायलाई सशक्त बनाउन विशेष नीति अपनाइन्छ।

समतामूलक समाजको महत्त्व

१. सामाजिक न्याय स्थापना:

समतामूलक समाजले सबैलाई समान अवसर र सम्मानको वातावरण प्रदान गर्छ, जसले सामाजिक न्यायको अवधारणा कार्यान्वयन गर्न सहयोग पुर्‍याउँछ।

२. दिगो विकास:

जब समाजका सबै वर्गले समान अवसर प्राप्त गर्छन्, तब दिगो विकास सम्भव हुन्छ। आर्थिक, सामाजिक, र पर्यावरणीय क्षेत्रहरू सन्तुलित रूपमा अघि बढ्न सक्छन्।

३. शान्ति र स्थिरता:

विभेदको अन्त्य र समानताको स्थापना भएमा समाजमा अशान्ति र द्वन्द्वका समस्या कम हुन्छन्, जसले स्थिर र शान्त वातावरण सिर्जना गर्छ।

४. सामाजिक एकता:

विभेदरहित समाजले सबै वर्गलाई एकताको भावना महसुस गराउँछ, जसले समाजलाई अझै मजबुत बनाउँछ।

समतामूलक समाज निर्माण गर्नका लागि कदमहरू

१. शिक्षा:

सबैका लागि गुणस्तरीय र निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्छ। शिक्षा असमानताको अन्त्य गर्ने महत्वपूर्ण साधन हो।

२. कानूनी सुधार:

विभेद हटाउने कानूनी प्रावधान लागू गर्नुपर्छ। उदाहरणका लागि, जातीय भेदभाव, लैंगिक हिंसा, र आर्थिक शोषणलाई निषेध गर्ने कडा कानुन।

३. स्रोतसाधनको समान वितरण:

प्राकृतिक स्रोतसाधन र सम्पत्तिको समान वितरण गर्नुपर्छ, ताकि कुनै वर्ग वा समुदायले मात्र यसको फाइदा नलियोस्।

४. सामाजिक सचेतना:

समाजमा समानताको महत्त्वबारे सचेतना फैलाउनु आवश्यक छ। यसका लागि विभिन्न कार्यक्रम र अभियान सञ्चालन गर्न सकिन्छ।

५. महिलाको सशक्तीकरण:

महिलालाई शिक्षामा, रोजगारमा, र राजनीतिक क्षेत्रमा समान अवसर दिनुपर्छ।

समावेशीकरण र समतामूलक समाज निर्माणका लागि भएका प्रयासहरू

१. नेपालको संविधान २०७२:

नेपालको संविधानले समानता, समावेशिता, र सामाजिक न्यायलाई सुनिश्चित गरेको छ।

धारा १८:

सबै नागरिक समान हुन् र जात, धर्म, लिंग, वर्ग, भाषा, वा भौगोलिक क्षेत्रका आधारमा भेदभाव गर्न नपाइने।

धारा ४२:

सामाजिक न्यायको हकमा महिलाहरू, दलितहरू, मधेसीहरू, जनजाति, अपांगता भएका व्यक्ति, र पिछडिएका वर्गलाई विशेष अधिकार प्रदान।

२. आरक्षण प्रणाली:

विभिन्न कमजोर समुदायलाई सार्वजनिक सेवामा समान अवसर दिन आरक्षण लागू गरिएको छ। संघीय लोक सेवा आयोग, शिक्षण संस्था, र सरकारी सेवामा दलित, महिला, आदिवासी/जनजाति, अपांगता भएका व्यक्ति, र पिछडिएका क्षेत्रका लागि आरक्षण।

३. कानूनी सुधारहरू:

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ अनुसार जातीय भेदभाव र छुवाछूतलाई अपराध मानी कारबाहीको व्यवस्था गरिएको छ। मानव बेचबिखन तथा महिला हिंसा विरुद्धका ऐनहरू महिला अधिकार संरक्षणका लागि लागू गरिएका छन्। बालबालिकाको हक सम्बन्धी ऐन २०७५ ले बालबालिकाको संरक्षण र अधिकारका लागि विशेष कानूनी प्रावधान गरेको छ।

४. शिक्षा र स्वास्थ्यमा समान पहुँच:

प्राथमिकदेखि माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ। स्वास्थ्य संस्थाहरूमा निःशुल्क स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम, र पिछडिएको वर्गका लागि विशेष स्वास्थ्य सुविधा उपलब्ध गराइएको छ।

५. महिला सशक्तीकरण:

संघीय, प्रादेशिक, र स्थानीय तहमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरिएको छ।

६. संघीयता र स्थानीय सरकारको स्थापना:

संघीय शासन व्यवस्थाले विभिन्न क्षेत्रीय र जातीय समुदायलाई आफ्नो पहिचानको प्रतिनिधित्व र सहभागिताको अवसर प्रदान गरेको छ। राष्ट्रपतिको निर्वाचन फरक–फरक लिङ्ग वा समुदायका व्यक्तिबीच हुने व्यवस्था गरिएको छ। सभामुख वा उपसभामुखमध्ये कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था छ। राष्ट्रिय सभामा महिला, आदिवासी जनजाति, दलित, र अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रतिनिधिसभा र प्रदेश सभामा दलहरूले बन्द सूची तयार गर्दा कम्तीमा ५० प्रतिशत महिला र बाँकीमा आदिवासी जनजाति, दलित, र अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। संघीय र प्रदेश सरकारका मन्त्रीहरू पनि समावेशी सिद्धान्तका आधारमा चयन गरिन्छ।

स्थानीय तहका सुधारहरू:

गाउँ कार्यपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट दुई जना र महिला चार जना गरी छ सदस्य रहने व्यवस्था छ। नगर कार्यपालिकामा दुई जना दलित वा अल्पसंख्यक र पाँच जना महिला गरी आठ सदस्य रहनेछन्। जिल्ला सभामा दुई महिला र एक जना दलित वा अल्पसंख्यक समूहका व्यक्तिलाई समावेश गरेर समिति निर्माण गरिन्छ।

७. विशेष विकास कार्यक्रमहरू:

दलित समुदायका लागि शिक्षा, रोजगार, र सामाजिक चेतनाका कार्यक्रम सञ्चालन गरिन्छ। आदिवासी जनजातिको भाषा, धर्म, र संस्कृतिको संरक्षण गरिन्छ।

८. सामाजिक सचेतना अभियान:

विभिन्न गैरसरकारी संस्थाहरूले जातीय विभेद, लैंगिक असमानता, र गरिबी विरुद्ध सामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्छन्। रेडियो, टेलिभिजन, र शैक्षिक संस्थाहरूले समतामूलक सोच विकासमा भूमिका खेल्छन्।

९. भाषा र संस्कृतिको संरक्षण:

संविधानमा सबै जातीय र भाषिक समुदायका भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनको व्यवस्था गरिएको छ।

१०. अन्तर्राष्ट्रिय सहयोग:

विश्व बैंक, संयुक्त राष्ट्रसंघ, र अन्य अन्तर्राष्ट्रिय निकायको सहयोगमा शिक्षा, स्वास्थ्य, र आर्थिक विकासका परियोजनाहरू सञ्चालन गरिन्छ।

सामाजिक न्यायका क्षेत्रमा सुधार

१. सामाजिक सुरक्षाको व्यवस्था गरी कमजोर र पिछडिएका वर्गहरूको सुरक्षा सुनिश्चित गरिन्छ।

२. दलित आयोग, मधेसी आयोग, महिला आयोग, थारू आयोग, र मुस्लिम आयोगजस्ता समावेशी आयोगहरू गठन गरिएका छन्।

३. श्रम क्षेत्रमा समानता र श्रमिक अधिकारमा ध्यान दिइन्छ।

४. तालिम तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिन्छ।

५. आर्थिक रूपमा कमजोर वर्गलाई छात्रवृत्ति प्रदान गरिन्छ।

६. छुवाछूत, कमैया, हलिया, कमलरी प्रथा, र कुश्थरोगीहरूप्रति हुने अन्याय रोक्न विशेष कानुनी प्रावधान लागू गरिन्छ।

७. श्रमिकहरूको न्यूनतम ज्याला सुनिश्चित गरिन्छ।

एकाइ ६ पाठ ७ कक्षा१२ नेपाल एकीकरण पछिको राज्य सत्ता

एकाइ ६ पाठ ७ कक्षा१२

नेपाल एकीकरण पछिको राज्य सत्ता

नेपाल एकीकरणपछि राज्यको मूल सत्ता शाह वंशको हातमा भए पनि दरबारभित्रको षड्यन्त्र र आन्तरिक विवादले देशको राजनीति अस्थिर रह्यो। एकीकृत नेपालको प्रशासन केन्द्रीकृत थियो, तर आन्तरिक कलहले राष्ट्रको शक्ति कमजोर बनाउँदै लग्यो।

बाहादुर शाह र राजेन्द्र लक्ष्मीबीचको झगडा

राजेन्द्र लक्ष्मीको भूमिका (1786-1794): पृथ्वीनारायण शाहका छोरा पृथ्वीपतिलाई राजगद्दीमा राखेर रानी राजेन्द्र लक्ष्मीले नेपाल सञ्चालन गरिन्।

झगडाको कारण: बाहादुर शाहा (पृथ्वीनारायणका छोरा) र राजेन्द्र लक्ष्मीबीच सत्ता कब्जा गर्न संघर्ष भयो।

रानीले बाहादुर शाहालाई राज्यको मामिलामा संलग्न हुन नदिने प्रयास गरिन्।

अन्ततः, राजेन्द्र लक्ष्मीको मृत्युपछि बाहादुर शाहा सत्तामा आए।

रणबहादुर शाह र बाहादुर शाहबीचको झगडा

रणबहादुर शाह (1775-1799): कम उमेरमै राजा भएपछि वास्तविक सत्ता बाहादुर शाहाको हातमा रह्यो।

झगडाको कारण:

बाहादुर शाहाको संरक्षण सशक्त भए पनि रणबहादुर शाहले सत्तामा पूर्ण नियन्त्रण गर्न चाहन्थे।

रणबहादुरले आफ्नो आमा, कान्तिवतीको मृत्युपछि शक्ति केन्द्रित गर्न प्रयास गरे।

परिणाम:

बाहादुर शाहालाई हटाउन रणबहादुर शाहले षड्यन्त्र गरे।

बाहादुर शाहा जेलमा परे र पछि निर्वासनमा पठाइए।

दरबारिया षड्यन्त्र

विशेषताहरू:

दरबारभित्र रानीहरू, मन्त्रीहरू, र सैनिकहरूको शक्तिको लागि निरन्तर षड्यन्त्र चल्थ्यो।

षड्यन्त्रको प्रमुख पात्रहरूमा भिमसेन थापा, रानीहरू, र अन्य दरबारिया व्यक्तित्व थिए।

प्रभाव:

यी षड्यन्त्रले दरबारभित्रको एकता कमजोर बनायो।

Aaaaaa


भिमसेन थापाको भूमिका

प्रधानमन्त्रीकाल (1806-1837): भिमसेन थापाले नेपाललाई राजनीतिक र सैनिक रूपमा बलियो बनाउन प्रयास गरे।

सुगौली सन्धि: नेपाल-अङ्ग्रेज युद्धपछि (1816) उनले पराजय स्वीकार गर्दै सुगौली सन्धिमा हस्ताक्षर गरे।

पतन:

भिमसेन थापाविरुद्ध दरबारभित्र षड्यन्त्र भयो।

उनीमाथि देशद्रोहको आरोप लगाइयो र अन्ततः उनले आत्महत्या गरे।

गिर्वाणयुद्ध विक्रम शाहको भूमिका र पतन

गिर्वाणयुद्ध विक्रम (1799-1816):

रणबहादुर शाहले गद्दी त्यागेपछि गिर्वाणयुद्ध राजा भए।

कमजोर राजा भएका कारण भिमसेन थापाले मुख्य सत्ता चलाए।

पतन:

सुगौली सन्धिपछि गिर्वाणयुद्धको राजनीतिक हैसियत कमजोर भयो।

राजेन्द्र विक्रम शाहको भूमिका र कमजोरी

राजेन्द्र विक्रम शाह (1816–1847):

उनी कमजोर राजा थिए र दरबारभित्रको विवाद समाधान गर्न असफल रहे।

उनकी पत्नी, रानी राज्यलक्ष्मीले सत्तामा बलियो प्रभाव जमाएकी थिइन्।

रानीहरूको शक्तिशाली हस्तक्षेपले राजाको हैसियत कमजोर बनायो।

रानीहरूको भूमिका


Aaaaaa

राज्यलक्ष्मी:

उनले राजा राजेन्द्रलाई नियन्त्रणमा राखेर सत्ता आफ्नो हातमा लिन खोजिन्।

यो प्रयासले राणाहरूको उदयलाई प्रश्रय दियो।

राणाकाल अघिको नेपालको राजनीति

दरबारभित्रको निरन्तर षड्यन्त्र र कमजोर शासकका कारण राजनीतिक अस्थिरता बढ्यो।

सशक्त नेतृत्वको अभावमा सैनिक र मन्त्रीहरूको भूमिका बढ्यो।

भिमसेन थापाको पतनपछि सत्ता विवाद झन् जटिल बन्यो, जसले राणाहरूको उदयको आधार तयार गर्‍यो।

राणाशासन कालको राजनीतिक अवस्था: उदय र पतन

उदय:

राणाशासनको उदय 1903 सालमा भएको कोत पर्वबाट सुरु भयो। यो समयकालीन प्रधानमन्त्री जंगबहादुर राणाले कोत पर्वको माध्यमबाट सबै शक्ति आफ्नो हातमा लिँदै राणा शासनको सुरुवात गरे। उनले राजा सुरेन्द्रलाई शक्तिविहीन बनाउँदै आफ्ना वंशजलाई सत्तामा राख्न सक्ने व्यवस्था (कुनवर उत्तराधिकारी प्रथा) स्थापना गरे। यस क्रममा राणाहरुले सबै राजनीतिक, प्रशासनिक र आर्थिक शक्तिमा पूर्ण नियन्त्रण राखे।

राणाशासनको उदय र पतनका कारणहरू:

उदयका कारणहरू:

1. कोत पर्व (1903 साल):

कोत पर्वको क्रममा जंगबहादुरले आफ्ना प्रतिस्पर्धीहरूलाई मारेर सम्पूर्ण शक्ति आफ्नो हातमा लिएका थिए।

यस घटनाले उनलाई शक्तिशाली नेता बनायो र राणाशासनको जग बसाल्यो।

भण्डारखाल पर्व:

भण्डारखाल पर्व १८९२ सालमा नेपालमा भएको एउटा ऐतिहासिक घटना हो। यो घटना दरबारभित्रको षड्यन्त्रसँग सम्बन्धित थियो।

कारण: तत्कालीन राजा राजेन्द्र विक्रम शाहले रानी राज्यमतीसँग मिलेर जंगबहादुर कुँवरलाई हटाएर शक्तिको पुनःस्थापना गर्न षड्यन्त्र गरेका थिए।

परिणाम:

जंगबहादुरले यो षड्यन्त्र पत्ता लगाएर षड्यन्त्रमा संलग्न व्यक्तिहरूलाई दण्डित गरे।

राजा राजेन्द्रलाई अपदस्थ गरी सुरेन्द्रलाई राजा बनाए।

यसले राणा शासनलाई थप सुदृढ बनायो।

अलौ पर्व:

अलौ पर्व १९१३ सालमा भएको अर्को महत्वपूर्ण घटना हो, जसले राणा शासनलाई थप शक्तिशाली बनायो।

कारण: राजा राजेन्द्रले भारतबाट सेना जुटाएर नेपालमा पुनः शक्ति प्राप्त गर्न प्रयास गरे।

परिणाम:

जंगबहादुरले यो प्रयास असफल बनाउँदै राजा राजेन्द्रलाई पूर्ण रूपमा शक्तिहीन बनाए।

राजा राजेन्द्रलाई बनारसमा निर्वासनमा पठाइयो।

यस घटनाले राणा शासनलाई अझ सुदृढ बनायो।

2. सैन्य नियन्त्रण:

जंगबहादुरले सेनालाई आफ्नो पक्षमा राखेर राजनीतिक र प्रशासनिक शक्ति आफ्नो हातमा राखे।

शक्तिशाली सेना र कठोर प्रशासनले शासनलाई स्थिर बनायो।

3. राजाको शक्तिहीनता:

राजा सुरेन्द्रलाई शक्तिहीन बनाउँदै राणाले शासनसत्ता आफ्नो हातमा राखे।

राजा मात्र सांकेतिक रूपमा रहन्थे, सबै निर्णय राणाहरूले गर्थे।

4. उत्तराधिकारी व्यवस्था (कुनवर प्रणाली):

राणाले सत्ता हस्तान्तरणको लागि परिवारभित्र उत्तराधिकारी प्रणाली स्थापना गरे।

यसले सत्ताको निरन्तरता सुनिश्चित गर्‍यो।

5. विदेशी सम्बन्ध:

जंगबहादुरको बेलायत भ्रमणपछि राणाले बेलायती सरकारसँग सुमधुर सम्बन्ध राखे।

भारतमा बेलायती शासनले नेपालभित्र राणाहरूको शक्ति टिकाउन सघायो।


पतनका कारणहरू:

१. नेपालमा पहिलो राजनीतिक दल पर्जा परिषद् जसको स्थापना १९९३ सालमा राणा शासनविरुद्ध प्रजातन्त्र स्थापनाको उद्देश्यले भएको थियो। यसलाई दशरथ चन्द, तुलसी मेहेर, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलगायतका प्रजातन्त्रवादीहरूले सुरु गरेका थिए।यसले राणा शासनको अन्त्य र जनताका अधिकारको स्थापना गर्न गुप्त रूपमा जनचेतना फैलाउने र राणाविरोधी गतिविधि सञ्चालन गरेको थियो। यसै गरि सहिद काण्ड १९९७ सालमा भएको थियो जहाँ राणा शासनविरुद्ध विद्रोहको आरोपमा परजा परिषद्को सदस्य तथा नेता पक्राउ परेका थिए। धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, र गंगालाल श्रेष्ठलाई राजद्रोहको अभियोगमा मृत्युदण्ड दिइयो।

२. दमनकारी शासन:

राणाहरूले जनतामाथि कठोर कर प्रणाली र दमनकारी नीतिहरू लागू गरे।

जनताले शिक्षा, स्वतन्त्रता, र समानताबाट वञ्चित भएको महसुस गरे।

३. प्रजातान्त्रिक चेतनाको उदय:

विश्वभर प्रजातन्त्रको लहर चलेपछि नेपालमा पनि प्रजातान्त्रिक चेतना बढ्यो। शिक्षित वर्ग र नेपाली काँग्रेसले प्रजातन्त्रको माग गरे।

४. द्वितीय विश्वयुद्धको प्रभाव:

दोस्रो विश्वयुद्धपछि बेलायती साम्राज्य कमजोर भयो।

भारत स्वतन्त्र भएपछि नेपालमा पनि स्वतन्त्रताको आन्दोलन सुरु भयो।

५. नेपाली काँग्रेस र सशस्त्र आन्दोलन:

नेपाली काँग्रेसले राणाविरोधी आन्दोलन र सशस्त्र संघर्ष चलायो। प्रजातन्त्र समर्थक गतिविधिले जनताको समर्थन जुटायो

६. राजा त्रिभुवनको सक्रियता:

राजा त्रिभुवनले भारतमा शरण लिएर राणा शासनविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व दिए।

राजाको भूमिकाले आन्दोलनलाई बलियो बनायो।

७. जनआन्दोलन (2007 साल):

जनताको व्यापक आन्दोलनले राणा शासनलाई कमजोर बनायो।

अन्ततः 2007 सालमा प्रजातन्त्र स्थापना भई राणाशासन अन्त्य भयो।

वि.सं. २००७ देखि २०१७ सम्मका राजनीतिक सरकार र मुख्य घटनाहरू:

वि.सं. २००७-२०१७ कालखण्ड

यो समय नेपाली राजनीतिक इतिहासमा संक्रमणकालको रूपमा चिनिन्छ। प्रजातन्त्र स्थापनापछि राजनीतिक अस्थिरता र निरन्तर सरकार परिवर्तनले यो समयखण्डलाई विशेष बनायो।

वि.सं. २००७ (प्रजातन्त्र स्थापना)राणा शासन अन्त्य भयो। राजा त्रिभुवनको सक्रिय भूमिकामा प्रजातन्त्र स्थापना। राणा–नेपाली काँग्रेसबीच दिल्ली सम्झौता। राजा त्रिभुवन नेतृत्वमा त्रिपक्षीय सरकार गठन भयो। (राजा, राणा, र प्रजातन्त्रवादी)। वि.सं. २००८-२०११ राणाहरूको प्रभुत्व समाप्त हुँदै गयो। नेपाली काँग्रेस र अन्य दलहरूको प्रभुत्व बढ्यो। पहिलो संविधान (वि.सं. २०१५) जारी भयो  प्रथम आम निर्वाचन भयो नेपालि काङ्ग्रेस का नेता विपि कोइरालाको नेतृत्वमा प्रथम जनिर्वाचित सरकार गठन भयो। प्रजातान्त्रिक सरकारहरू गठन भए, तर राजनीतिक अस्थिरता कायम रह्यो। वि.सं. २०१७ मा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरे। पञ्चायती शासन प्रणाली लागू भयो दलहरू प्रतिबन्धित भए। प्रजातान्त्रिक सरकार हटाइयो। राजा महेन्द्रको प्रत्यक्ष शासन शुरु भयो।

वि.सं. २०१७ देखि २०४७ सम्मको राजनीतिक अवस्था

वि.सं. २०१७ सालको पञ्चायती व्यवस्था लागू भएदेखि २०४७ सालको प्रजातन्त्र पुनःस्थापनासम्मको कालखण्डलाई पञ्चायती शासनकाल भनिन्छ। यो समय राजा महेन्द्रद्वारा प्रजातान्त्रिक सरकार विघटनपछि एकदलीय प्रणालीको अभ्यास गरिएको थियो।

 वि.सं. २०१७ (पञ्चायती व्यवस्था स्थापनाः)

राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद् विघटन गरे।

प्रत्यक्ष राजतन्त्र स्थापना गर्दै पञ्चायती व्यवस्था लागू गरे।राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो। राजनीतिक दमन गरि प्रजातन्त्रवादी नेताहरू गिरफ्तार भय। राजा महेन्द्रको "राष्ट्रिय एकता र विकास" नीति लागो भयो ।प्रजातन्त्रवादीहरू भूमिगत आन्दोलनमा सक्रिय भय। राजा महेन्द्रको नेतृत्वमा आर्थिक तथा विकास योजनाहरू लागु भय। नेपाली काँग्रेसलगायतका दलहरू भूमिगत रूपमा सक्रिय रहे। भारतमा निर्वासनमा रहेका नेताहरूले राणा र पञ्चायती शासनको विरोध गरे वि.सं. २०२८  मा राजा महेन्द्रको निधनपछि राजा वीरेन्द्र सत्तामा आए।पञ्चायती शासन थप सुदृढ बनाइयो। देशभर राणाविरोधी र प्रजातन्त्रवादी आन्दोलनहरू चर्कदै गयो। २०३६ सालमा जनमत संग्रह भयो । बहुदलीय प्रणाली र पञ्चायती व्यवस्थाबीच जनमत संग्रह हुदा पञ्चायती व्यवस्था कायम राख्ने निर्णय भए पनि जनअसन्तुष्टि बढ्दै गयो।  वि.सं. २०४६ मा नेपाली काँग्रेस र वामपन्थी दलहरूको संयुक्त जनआन्दोलन भयो जनताको व्यापक सहभागिताले पञ्चायती शासन अन्त्य गर्‍यो। राजा वीरेन्द्रले प्रजातन्त्र पुनःस्थापना र बहुदलीय व्यवस्था स्वीकृत गरे।

वि.सं. २०४७ देखि २०५२ सम्मको नेपालमा राजनीतिक व्यवस्था र घटनाक्रमले देशको भविष्यलाई महत्वपूर्ण रूपले परिभाषित गर्‍यो। यस अवधिमा प्रजातन्त्रको पुनर्स्थापना, नयाँ संविधान जारी, र राजनीतिक संक्रमण मुख्य घटनाहरू थिए।

 राजनीतिक व्यवस्था (वि.सं. २०४७-२०५२)

यो समय संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अवधारणा अनुसार सञ्चालित थियो।

राजा संवैधानिक प्रमुख थिए, जबकि सरकार प्रजातान्त्रिक रूपमा निर्वाचित संसदमार्फत सञ्चालन हुन्थ्यो।

यो व्यवस्था २०४६ सालको जनआन्दोलनपछि स्थापित भएको थियो।

२०४७ सालमा नयाँ संविधान जारी २०४७ सालको संविधानले बहुदलीय प्रजातान्त्रिक प्रणालीको आधार तय गर्‍यो। नागरिकलाई मौलिक अधिकारहरू प्रदान गरियो।कार्यकारी अधिकार मन्त्रिपरिषद्का प्रधानन्त्रीमा केन्द्रित भयो । राजनीतिक दलहरूलाई औपचारिक मान्यता दिइयो। प्रजातान्त्रिक प्रक्रिया पुनः सुरु गरियो २०४८ सालमा बहुदलीय प्रणालीमा पहिलोपटक संसदीय निर्वाचन भयो। नेपाली कांग्रेसले बहुमत हासिल गर्‍यो।गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो लोकतान्त्रिक संरचनाहरू सुदृढ गर्न र आर्थिक विकासका योजना कार्यान्वयन गर्न सरकार सक्रिय भयो। राजनीतिक विवाद र अस्थिरता विभिन्न दलहरूबीचको विवादले राजनीतिक अस्थिरता सिर्जना गर्‍यो। साना दलहरूले सरकारको आलोचना गर्न थाले। २०५० साल माओवादी क्रान्तिको सुरुवात (२०५०-२०५२): तत्कालीन नेकपा (माओवादी)ले सरकारप्रति असन्तोष जनाउँदै सशस्त्र आन्दोलनको तयारी गर्न थाल्यो। यसको परिणाम २०५२ मा माओवादी विद्रोहको रूपमा देखापर्‍यो।

२०५१ सालमा दोस्रो संसदीय निर्वाचन (२०५१): कांग्रेसभित्र आन्तरिक विवादका कारण मध्यावधि निर्वाचन घोषणा गरियो। नेपाली कांग्रेसले बहुमत गुमायो।मनमोहन अधिकारीको नेतृत्वमा पहिलोपटक कम्युनिस्ट सरकार गठन भयो। २०५२ सालमामाओवादी विद्रोहको औपचारिक सुरुवात माओवादी पार्टीले फागुन १ गतेदेखि देशभर सशस्त्र संघर्ष सुरु गर्‍यो। यो घटना नेपालको राजनीतिमा ठूलो चुनौतीका रूपमा उभियो।

वि.सं. २०५७-२०६३ राजतन्त्रको सशक्त प्रभाव: यो समयमा नेपालमा संवैधानिक राजतन्त्र थियो। राजा सरकारको प्रतीक थिए, तर संसद र प्रजातान्त्रिक संस्थाहरूले मुख्य भूमिका खेल्थे।

माओवादी जनयुद्ध: २०५२ मा सुरु भएको माओवादी सशस्त्र विद्रोहले देशभरि प्रभाव पारेको थियो। यस अवधिमा माओवादी र राज्यबीच द्वन्द्व तीव्र भएको थियो।दरबार हत्याकाण्ड (वि.सं. २०५८): राजा वीरेन्द्र र उनको परिवारको हत्या भयो। यस घटनाले देशलाई स्तब्ध बनायो। यसपछि राजा ज्ञानेन्द्रले सत्ता सम्हाले। राजनीतिक अस्थिरता: सरकारहरू बारम्बार परिवर्तन भएका थिए, जसले गर्दा मुलुकमा राजनीतिक स्थायित्व नभएको देखिन्थ्यो।


राजा ज्ञानेन्द्रको शासनकाल (वि.सं. २०५८-२०६३)

दरबार हत्याकाण्ड (वि.सं. २०५८, जेठ १९) राजा वीरेन्द्र, रानी ऐश्वर्या, र राजकुमार दीपेन्द्रसहित सम्पूर्ण राजपरिवारको हत्या भयो। ज्ञानेन्द्र शाह राजा बने। यस घटनाले देशभरि ठूलो आक्रोश र शोकको माहोल सिर्जना गर्‍यो। राजा ज्ञानेन्द्रको सक्रिय शासन (वि.सं. २०६१-२०६३) वि.सं. २०६१ माघ १९ को घटना राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक सरकारलाई विघटन गर्दै प्रत्यक्ष शासनको घोषणा गरे। "शान्ति स्थापना र माओवादी विद्रोह अन्त्य गर्ने" नाममा सत्ता हातमा लिए। संसद विघटन भयो, र सबै कार्यकारी अधिकार राजाले आफैं सम्हाले। मन्त्रिपरिषद् पुनर्गठन राजा ज्ञानेन्द्रले आफूप्रति विश्वास राख्ने व्यक्तिहरूलाई मन्त्रिपरिषदमा नियुक्त गरे।राजनीतिक दलका नेताहरूलाई दबाउने प्रयास भयो।

सेन्सरशिप र दमन र मिडिया, नागरिक समाज, र राजनीतिक दलमाथि कडा नियन्त्रण लागू गरियो।प्रजातन्त्रको पक्षमा आवाज उठाउनेहरूलाई जेल हालियो वा घरमै नजरबन्द गरियो। माओवादी द्वन्द्व नियन्त्रण गर्ने असफल प्रयास तथा राजा ज्ञानेन्द्रले माओवादी विद्रोहलाई दबाउने उद्देश्यले सेना परिचालन गरे। तर, माओवादीको सशक्त गतिविधि झन् बढ्यो। राजनीतिक दलहरूको प्रारम्भिक अवस्था (वि.सं. २०५८-२०६१)राजनीतिक दलहरूमा विभाजन र कमजोरी थियो।राजा र माओवादी दुवैप्रति दलहरू असन्तुष्ट भए पनि प्रभावकारी कदम चाल्न सकेनन्  सात दलको गठबन्धन (SPA)भयो नेपाली कांग्रेस, नेकपा (एमाले), र अन्य दलहरूले राजा ज्ञानेन्द्रविरुद्ध संयुक्त मोर्चा बनाए।माओवादीसँग "१२ बुँदे सम्झौता" गरियो, जसले संयुक्त आन्दोलनको आधार तयार गर्‍यो। संयुक्त रूपमा देशव्यापी आन्दोलन सुरु भयो।माओवादीको सशस्त्र संघर्ष र राजनीतिक दलहरूको आन्दोलनले राजालाई ठूलो दबाबमा पारे। यस आन्दोलनले ज्ञानेन्द्रलाई सत्ता हस्तान्तरण गर्न बाध्य गर्‍यो।

लोकतन्त्र पुनर्स्थापना (वि.सं. २०६३) भय पछि संसद पुनर्स्थापना गरियो र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन समाप्त भयो।संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने बाटो तय भयो।

वि सं २०६३ देखि हाल सम्मको राजनितिक अवस्था

तत्कालीन सरकार र माओवादी विद्रोहीबीच १२ बुँदे शान्ति सम्झौता भयो।

द्वन्द्वको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको मार्ग प्रशस्त भयो। २०६४ साल चैत्र २८ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। संविधान निर्माणको प्रक्रिया थालनी गरियो।२०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो। संविधान निर्माणमा सहमति हुन नसकेपछि वि सं २०६९ जेस्ठ १४ मा संविधानसभा विघटन भयो। २०७० मंसीर ४ मा दोस्रो संविधानसभा निर्वाचन गरि नयाँ संविधानसभा गठन गरियो। यसले २०७२ असोज ३ मा नेपालको नयाँ संविधान जारी गर्‍यो। नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरियो प्रदेशसहितको संघीय प्रणाली लागू गरियो। संविधानका केही व्यवस्थामा असन्तुष्टि जनाउँदै मधेशी समुदायले आन्दोलन गरे। स्थानीय, प्रदेश, र संघीय चुनाव नयाँ संविधानअनुसार पहिलो पटक तीन तहको निर्वाचन सम्पन्न भयो। संघीय प्रणाली कार्यान्वयनको थालनी गरियो  संविधान कार्यान्वयनको थालनी भयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका लागि कानून निर्माण र संरचनात्मक रूपान्तरणको थालनी गरियो। मधेश आन्दोलन जारी रहे पनि संवाद र सहमतिका प्रयासहरू भए। संविधान संशोधन प्रस्ताव मधेशी, थारू, र अन्य असन्तुष्ट समूहका माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव दर्ता गरियो। वि.सं. २०७४ (सन् २०१७) मा तीन तहको निर्वाचन भयो नयाँ संविधानअनुसार पहिलो पटक स्थानीय, प्रदेश, र संघीय तहका निर्वाचन सम्पन्न भए। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच चुनावी गठबन्धन भयो। वाम गठबन्धनले संघीय र प्रदेश चुनावमा स्पष्ट बहुमत हासिल गर्‍यो। केपी शर्मा ओली प्रधानमन्त्री बने। एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो।यो एकीकृत पार्टीलाई ऐतिहासिक भनिए पनि आन्तरिक विवादले प्रभाव पारेको थियो सरकारहरूको गठनसँगै संघीय प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ्यो। नेकपाभित्र आन्तरिक विवाद चुलियो संघीय प्रणाली कार्यान्वयनमा ढिलासुस्ती देखियो। यहि समयमा कोभिड-१९ महामारीले स्वास्थ्य, शिक्षा, र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न थाल्यो। वि.सं. २०७७ (सन् २०२०) प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरे। सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्‍यो राजनीतिक अस्थिरता तीव्र भयो। नेकपा दुई भागमा विभाजित भयो—एमाले र माओवादी केन्द्र।पार्टीको एकता लामो समय टिक्न सकेन। वि.सं. २०७८ (सन् २०२१) मा सरकार परिवर्तन भइ शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भयो। सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भए। कोभिड-१९ को दोस्रो लहरले जनजीवन प्रभावित बनायो। खोप अभियानलाई प्राथमिकता दिइयो। वि.सं. २०७९ (सन् २०२२) मा संघीय र प्रदेश निर्वाचन सम्पन्न भयो।गठबन्धनहरूबीच प्रतिस्पर्धा भयो, तर कुनै पनि दललाई स्पष्ट बहुमत प्राप्त भएन।पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठनका क्रममा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बने ।अस्थिर गठबन्धनका कारण दीर्घकालीन स्थिरता चुनौतीपूर्ण देखियो।

एकाइ ८ पाठ २ कक्षा १२ सरकारका काम कर्तव्य र अधिकार

एकाइ ८ पाठ २ कक्षा १२

सरकारका काम कर्तव्य र अधिकार

नेपालको संविधानले संघीय, प्रदेश, र स्थानीय सरकारका काम, कर्तव्य र अधिकारलाई स्पष्ट रूपमा तोकेको छ। संघीय सरकारले देशभरका कामहरू गर्छ, प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका, र स्थानीय सरकारले गाउँपालिका वा नगरपालिकाभित्रका काम गर्छ। पाँचवटा अनुसूचीमार्फत सरकारहरूका अधिकार छुट्याइएको छ।

अनुसूची ५ संघीय सरकारका अधिकारहरू समेट्छ, अनुसूची ६ प्रदेश सरकारका, र अनुसूची ८ स्थानीय सरकारका अधिकारहरू समेट्छ। अनुसूची ७ ले संघीय र प्रदेश सरकारको साझा अधिकार तोकेको छ, जहाँ दुवै सरकारले कानुन बनाउन सक्छन्।

संघीय सरकारका एकल अधिकारहरू

 नेपालको संविधानको अनुसूची ५ मा उल्लेख गरिएका छन्, निम्न प्रकारका छन्:

1. रक्षा र राष्ट्रिय सुरक्षा: सेना सञ्चालन, रक्षा नीति निर्माण, र सुरक्षा सुनिश्चित गर्ने काम।

2. विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध: अन्य देशहरूसँग कूटनीतिक सम्बन्ध, सन्धि-सम्झौता गर्ने अधिकार।

3. सार्वजनिक वित्त र बजेट व्यवस्थापन: संघीय सरकारको बजेट बनाउने, राष्ट्रिय कर उठाउने र त्यसको वितरण।

4. न्यायपालिका: सर्वोच्च अदालत, उच्च अदालतको व्यवस्थापन र न्याय प्रदान गर्ने कार्य।

5. मौद्रिक नीति: मुद्रा छपाई, राष्ट्र बैंकको सञ्चालन, र वित्तीय नीति निर्माण।

6. महत्त्वपूर्ण पूर्वाधार: संघीयस्तरका ठूला परियोजनाहरू जस्तै राष्ट्रिय राजमार्ग, विमानस्थल, रेलमार्ग।

7. प्राकृतिक स्रोतहरूको व्यवस्थापन: राष्ट्रिय महत्वका प्राकृतिक स्रोतहरू जस्तै खनिज, जलविद्युत्।

8. आन्तरिक प्रशासन: संघीय प्रहरी र गुप्तचर निकायको सञ्चालन।

9. राजनीतिक पार्टी र निर्वाचन आयोगको व्यवस्था।

10. राष्ट्रिय नीति निर्माण: शिक्षा, स्वास्थ्य, र विकासका राष्ट्रिय स्तरका नीतिहरू।


नेपालको संविधानको अनुसूची ६ मा प्रदेश सरकारका एकल अधिकारहरू उल्लेख गरिएका छन्।

 यी अधिकारहरू प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र स्वतन्त्र रूपमा प्रयोग गर्न सक्छ। यसमा समावेश छन्:

1. प्रदेशस्तरीय कानुन निर्माण र कार्यान्वयन

प्रदेशका लागि विशेष कानुन बनाउने र लागू गर्ने।

2. प्रदेश प्रहरी प्रशासन

प्रदेशस्तरीय प्रहरी बलको स्थापना, सञ्चालन, र व्यवस्थापन।

3. प्रदेशस्तरीय कर उठाउने अधिकार

जमिन कर।

कृषि आय कर।

यातायात, मनोरञ्जन, र विज्ञापन कर।

4. शिक्षा र स्वास्थ्य

प्रदेशस्तरीय विद्यालय शिक्षा (माध्यमिक तहसम्म) व्यवस्थापन।

प्रदेशस्तरीय स्वास्थ्य सेवा र कार्यक्रम सञ्चालन।

5. भौतिक पूर्वाधार र यातायात

आन्तरिक सडक निर्माण र व्यवस्थापन।

सार्वजनिक यातायातको सञ्चालन।

6. उद्योग र व्यापार

साना तथा घरेलु उद्योगहरूको प्रोत्साहन।

आन्तरिक व्यापार र व्यवसायको व्यवस्थापन।

7. कृषि र प्राकृतिक स्रोतहरू

सिँचाइ, कृषि र पशुपालन कार्यक्रम सञ्चालन।

जंगल र वातावरणीय स्रोतहरूको व्यवस्थापन।

8. पर्यटन, भाषा र संस्कृति

प्रदेशभित्रका पर्यटकीय स्थानहरूको प्रवर्द्धन।

स्थानीय भाषा, संस्कृति, र सम्पदाहरूको संरक्षण।

9. प्रदेशस्तरीय आयोजना

जलविद्युत् आयोजना, साना बाँध, र सिँचाइ प्रणालीहरू।

10. स्थानीय सरकारहरूसँग समन्वय

गाउँपालिका र नगरपालिकासँग सहकार्य र विकास योजना निर्माण।

11. भूमि व्यवस्थापन

जमिनको नापजाँच र वितरण।

12. सामाजिक सुरक्षा कार्यक्रमहरू

प्रदेशस्तरीय सामाजिक कल्याण र सहायताका योजना।

13. प्रदेशस्तरीय सांस्कृतिक तथा धार्मिक गतिविधि

क्षेत्रीय महत्त्वका धार्मिक तथा सांस्कृतिक पर्वहरूको संरक्षण।


नेपालको संविधानको अनुसूची ७ मा संघ र प्रदेश सरकारबीच साझा अधिकारहरू उल्लेख गरिएका छन्।

 यी अधिकारहरू संघ र प्रदेश दुबै तहले साझा रूपमा प्रयोग गर्न सक्छन्। साझा अधिकारहरूको सूची निम्नानुसार छ:

1. कानुन निर्माण

संघ र प्रदेश दुवैले साझा विषयमा कानुन निर्माण गर्न सक्छन्।

2. शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा

विद्यालय र उच्च शिक्षाको व्यवस्थापन।

सार्वजनिक स्वास्थ्य कार्यक्रमहरूको सञ्चालन।

सामाजिक सुरक्षा योजना कार्यान्वयन।

3. भौतिक पूर्वाधार विकास

साना तथा ठूला आयोजना निर्माण।

सिँचाइ प्रणालीको व्यवस्थापन।

स्थानीय तथा क्षेत्रीय यातायात विकास।

4. कृषि र वन व्यवस्थापन

कृषि उत्पादन प्रवर्द्धन र बजारीकरण।

वन र जैविक विविधताको संरक्षण।

5. उद्योग, व्यापार र लगानी

उद्योगहरूको स्थापना र व्यवस्थापन।

व्यापार नीति निर्माण।

लगानी प्रोत्साहन र व्यवस्थापन।

6. प्राकृतिक स्रोत र वातावरण

जलस्रोतको विकास र व्यवस्थापन।

वातावरणीय संरक्षणका कार्यक्रम।

7. भू-उपयोग र जमिन व्यवस्थापन

भू-उपयोग नीति निर्माण।

जमिन व्यवस्थापन र नापजाँच।

8. श्रम र रोजगार

श्रम नीति निर्माण।

रोजगार सिर्जना कार्यक्रमहरू।

9. सांस्कृतिक संरक्षण

धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूको संरक्षण।

10. विदेशी सहयोग र दातृ निकायहरू

अन्तर्राष्ट्रिय परियोजनाहरूमा साझेदारी।

विदेशी सहयोगको व्यवस्थापन।

11. विपद् व्यवस्थापन र उद्धार

विपद् व्यवस्थापनका साझा कार्यक्रम सञ्चालन।

उद्धार र पुनर्स्थापना योजना।

12. राजस्व बाँडफाँड

संघ र प्रदेशबीच आर्जित राजस्वको बाँडफाँड।

13. शान्ति र सुरक्षा

आन्तरिक सुरक्षा र कानून व्यवस्था।

अपराध नियन्त्रण र न्याय प्रशासनमा सहकार्य।

नेपालको संविधानले स्थानीय सरकारलाई महत्वपूर्ण भूमिका प्रदान गरेको छ। संविधानको अनुसूची ८ मा स्थानीय सरकारका एकल अधिकारहरू उल्लेख गरिएका छन्। तिनमा मुख्य रूपमा निम्न अधिकारहरू पर्छन्।

१. स्थानीय सडक, पुल, खानेपानी, सिँचाइ, र सन्धा बजार व्यवस्थापन।

२. स्थानीय तहको कानुन निर्माण, कार्यान्वयन, र व्यवस्थापन।

३. प्राथमिक शिक्षा, आधारभूत स्वास्थ्य सेवा, र सरसफाइ।

४. स्थानीय कर लगाउने र संकलन गर्ने।

५. जमिन व्यवस्थापन, भू–उपयोग योजना, र स्थानीय पूर्वाधार निर्माण।

६. स्थानीय तहको कृषि, पशुपालन, र दुग्ध उत्पादनको प्रवर्द्धन।

७. ऐतिहासिक सम्पदा संरक्षण र स्थानीय पर्यटन विकास।

नेपालको संघीय प्रणालीमा संघीय, प्रादेशिक, र स्थानीय सरकारबीच आपसी सहकार्य, समन्वय, र सहभागितामा आधारित सम्बन्ध रहेको छ। संविधानले यी तीनै तहलाई स्पष्ट अधिकार र कर्तव्य प्रदान गरेको छ, जसले आपसमा निर्भरता र साझेदारी सुनिश्चित गर्छ।

संघीय, प्रादेशिक, र स्थानीय सरकारको अन्तरसम्बन्ध

१. अधिकारको विभाजन:

संघीय सरकारले राष्ट्रिय महत्वका विषय र नीति निर्माण गर्छ।

प्रदेश सरकारले क्षेत्रीय मुद्दाहरू सम्बोधन गर्छ।

स्थानीय सरकारले स्थानीयस्तरका समस्याहरू समाधान गर्छ।

२. सहकार्य र समन्वय:

तीनै तहबीच सहकार्य र साझा विकास योजना आवश्यक हुन्छ।

संघीय सरकारको मार्गदर्शनमा प्रदेश र स्थानीय सरकारले कार्य गर्छन्।

३. विवाद समाधान:

तीन तहबीच विवाद भएमा संवैधानिक निकायमार्फत समाधान गरिन्छ।

अनुसूची ९: संघीय, प्रादेशिक, र स्थानीय सरकारका साझा अधिकारहरू

संविधानको अनुसूची ९ मा उल्लेख गरिएका साझा अधिकारहरूमा मुख्यतः निम्न पर्छन्।

१. विद्युत, जलस्रोत, र जलाधारको उपयोग।

२. वन, वातावरण संरक्षण, जैविक विविधता, र वन्यजन्तु व्यवस्थापन।

३. साझा कर संकलन, बाँडफाँड, र राजस्व वितरण।

४. सडक, यातायात, र सञ्चारका संयन्त्रहरू।

५. पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण, र प्राकृतिक स्रोतहरूको उपयोग।

६. शिक्षा, स्वास्थ्य, र आपत्कालीन सेवा।

७. आन्तरिक सुरक्षा र विपद् व्यवस्थापन।

यी साझा अधिकारहरू संघ, प्रदेश, र स्थानीय सरकारको सहकार्यमा प्रभावकारी रूपमा कार्यान्वयन गरिन्छ।

एकाइ ६ पाठ ८ कक्षा१२ आधुनिक कालको अर्थतन्त्र, कानुन, सस्कृती र कलाकौशल

 एकाइ ६ पाठ ८ कक्षा१२

आधुनिक कालको अर्थतन्त्र, कानुन, सस्कृती र कलाकौशल

१. अर्थतन्त्रको विकास

पृथ्वीनारायण शाहको काल (वि.सं. १७७९-१८३१) एकीकृत अर्थतन्त्रको थालनी साना-साना राज्यहरूलाई गोरखामा एकत्रित गरी नेपाल एकीकृत बनाइयो ।व्यापारिक नीतिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइयो। "अरूका माल खानु हुँदैन, आफ्ना माल बेच्नु पर्दछ" भन्ने नीतिले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन खोजियो। काठमाण्डू उपत्यका व्यापारिक केन्द्र थियो, जहाँ भारत र तिब्बतसँगको व्यापारले ठूलो योगदान पुर्‍यायो।

१. बहादुर शाह (वि.सं. १८३१-१८५५)

पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले नेपालको एकीकरण अभियानलाई अघि बढाउँदै आर्थिक सुधारका लागि थुप्रै प्रयास गरेका थिए।

अर्थतन्त्र र आर्थिक सुधार:

1. व्यापार र राजस्वको विस्तार:

नेपाल एकीकरणपछि तराईका उपजाऊ भूभागलाई करसंग्रहको प्रमुख स्रोत बनाइयो। तिब्बत र भारतसँगको व्यापारलाई निरन्तरता दिए।

2. भन्सार व्यवस्थापन:

भारत र तिब्बतबाट हुने आयात-निर्यातमा भन्सार शुल्क लगाएर राजस्व वृद्धि गरियो।उपत्यकालाई व्यापारिक केन्द्रका रूपमा विकसित गर्ने प्रयास भयो।

3. कृषि सुधार: किसानहरूको भूमि अधिकार सुनिश्चित गर्दै कर सङ्कलनलाई व्यवस्थित गरे। सिँचाइ र खेती प्रणालीमा सुधारको प्रयास।

4. न्याय र प्रशासनमा सुधार: आर्थिक विवाद समाधानका लागि स्थानीयस्तरमा न्याय प्रणालीलाई प्रभावकारी बनाउने प्रयास गरियो।

कर व्यवस्था र नियन्त्रण:

1. जग्गा कर: किसानहरूबाट जग्गा कर संकलन प्रणाली व्यवस्थित गरियो। सीमित भूमिबाट अधिकतम राजस्व उठाउन प्रयास गरियो।

2. भन्सार कर:

व्यापार मार्गमा भन्सार बिन्दु स्थापना गरी कर सङ्कलनलाई नियमित बनाइयो।

3. सैनिक खर्च नियन्त्रण: सैन्य विस्तार र एकीकरण अभियानका लागि आन्तरिक कर र राजस्व स्रोतलाई परिचालन गरियो।

 भीमसेन थापा (वि.सं. १८५५-१८९६)

भीमसेन थापाको प्रधानमन्त्रीकाल नेपालमा आर्थिक सुधारको लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

अर्थतन्त्र र आर्थिक सुधार:

1. कृषिमा सुधार: जमिन बाँझो राख्न नपाइने कानुन लागू गरियो। कृषिमा आधारित अर्थतन्त्र सुदृढ बनाउन किसानहरूलाई उत्पादनमा प्रोत्साहन गरियो। सिँचाइका लागि नहर निर्माणको थालनी गरियो।

2. अन्तर्राष्ट्रिय व्यापार: तिब्बत र भारतसँग व्यापारलाई प्रवर्द्धन गर्दै भन्सार शुल्कबाट राजस्व वृद्धि गरियो नेपाललाई दक्षिण एशियामा व्यापारिक केन्द्र बनाउने प्रयास।

3. सैन्य खर्च नियन्त्रण: कोतलकी र सैनिक प्रशासन सुधार गरेर अनावश्यक खर्च कटौती गरियो।

4. स्वदेशी उद्योग प्रवर्द्धन: घरेलु उत्पादन, हस्तकला, र कुटीर उद्योगलाई प्रोत्साहन गरियो। स्वदेशी उत्पादनको महत्व बढाउन थालियो।

कर व्यवस्था र नियन्त्रण:

1. जग्गा व्यवस्थापन: भूमिकर (जग्गा कर) संकलनलाई व्यवस्थित र पारदर्शी बनाइयो। जग्गा नापजाँच प्रणाली (मालपोत): भूमिको मापन गरी कर तोक्ने प्रणाली लागू गरियो।

2. भन्सार र व्यापार कर: भारत र तिब्बतसँगको व्यापारमा भन्सार कर बढाइयो। व्यापारिक मार्गको सुरक्षालाई प्राथमिकता दिइयो।

3. राजस्वको उपयोग: भन्सार र भूमिकरबाट संकलित राजस्वलाई सिँचाइ, कृषि उत्पादन, र सैन्य खर्चमा लगानी गरियो।

4. जनसंख्याको कर: श्रमिकहरूको कर छुट तथा उद्योग क्षेत्रमा लगानीका लागि छुटको व्यवस्था।

रणबहादुर शाहदेखि राणा शासनसम्म (वि.सं. १८३१-२००७)

व्यापार र भन्सार प्रणाली: भारत र तिब्बतसँगको व्यापारमा भर पर्ने अर्थतन्त्र रह्यो। राणा शासनकालमा भारतसँगको व्यापारलाई जोड दिइयो। कुटिर उद्योग र स्थानीय उत्पादनका माध्यमबाट अर्थतन्त्र सञ्चालन गरियो। भूमिसुधारको अभाव ,कृषिमा आधारित अर्थतन्त्र भए पनि किसानहरू भूमिहीन रहे।

लोकतन्त्रको स्थापना (वि.सं. २००७ पछि)

कृषि र उद्योग: कृषि क्षेत्रको आधुनिकीकरण र उद्योगहरूको स्थापना भए। बुटवल पावर कम्पनी, रुग्ण उद्योगहरू, र सहकारी प्रणालीको विकास भयो।

पञ्चायतकाल (वि.सं. २०१७-२०४६): "नौतिक शिक्षा" र गाउँगाउँमा "आत्मनिर्भरता" नारा दिएर विकासको प्रयास गरियो। सडक र यातायात संरचनामा सुधार भए।

संघीय लोकतन्त्र (वि.सं. २०७२ पछि)

संघीय अर्थतन्त्र: संघ, प्रदेश, र स्थानीय तहबीच बजेट बाँडफाँड। अन्तर्राष्ट्रिय सहयोग र लगानीका माध्यमबाट अर्थतन्त्र सुधारको प्रयास।

२. कानुन र संविधान

पृथ्वीनारायण शाहको समय:

मुलुकी ऐन: प्रचलित सामाजिक मूल्य र परम्परालाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रयास। सामरिक कानुन: राज्य सुरक्षा र सेनाको व्यवस्थापनमा प्राथमिकता।

राणा शासनकाल: कानुन राजा वा राणा परिवारको आदेशमा आधारित थियो।आम जनताका अधिकार कमजोर थिए।

1. सती प्रथाको उन्मूलन (वि.सं. १९७७):

चन्द्रशमशेरले वि.सं. १९७७ मा सती प्रथालाई कानुनी रूपमा पूर्ण रूपमा निषेध गरे। यसअघि पनि यो प्रथालाई रोक्न प्रयासहरू भए पनि चन्द्रशमशेरको पालामा यसलाई कानूनद्वारा पूर्ण रूपमा समाप्त गरियो।

2. दास प्रथाको उन्मूलन (वि.सं. १९८१):चन्द्रशमशेरले वि.सं. १९८१ मा दास प्रथाको उन्मूलनको घोषणा गरे।

उनले दासहरूलाई स्वतन्त्रताको अधिकार प्रदान गर्दै कानुनी रूपमा दास प्रथालाई अन्त्य गरे।यससँगै दासहरूलाई समाजमा पुनःस्थापनाका लागि प्रयासहरू समेत गरियो।

वि.सं. २०२० को मुलुकी ऐन: नेपालको पहिलो विधिवत् कानुनी दस्तावेज। जातीय भेदभाव, सम्पत्ति, र परिवार सम्बन्धी कानुन।

सम्वैधानिक विकास

1. वि.सं. २००४ (१९४८): वैधानिक कानुन

२.वि.सं.  २००७  पहिलो अन्तरिम संविधान

३. वि.सं. २०१५ (१९५९):  संसदीय प्रणाली। वि.सं. २०१९: पञ्चायतकाल। नेपाल अधिराज्यको संविधान

५. वि.सं. २०४७ (१९९०): प्रजातान्त्रिक संविधान।

६. वि सं २०६३ अन्तरिम संविधान

७ वि.सं. २०७२ (२०१५): संघीय लोकतान्त्रिक गणतन्त्र। र नेपालको संविधान

३. संस्कृति र कलाकौशल

पृथ्वीनारायण शाहको समय: नेवारी कला र वास्तुकला एकीकृत नेपालले नेवारी परम्परागत कला र वास्तुकलालाई संरक्षण दियो।

संस्कृतिको संरक्षण: विभिन्न जातजातिको सांस्कृतिक विविधता संरक्षणमा जोड।

राणा शासनकाल:पश्चिमी प्रभाव ,दरबार, भवन निर्माणमा पश्चिमी शैलीको प्रयोग (जस्तो सिंहदरबार)।

धार्मिक संरक्षण: हिन्दू परम्परामा आधारित मठमन्दिरहरूको निर्माण।

पञ्चायतकाल (वि.सं. २०१७-२०४६):राष्ट्रिय एकताको नारा: "एक भाषा, एक पोशाक" नीतिले विविध संस्कृतिलाई दबाउन खोजियो। लोककला र संगीतको विकास र राष्ट्रिय गीत-संगीतको प्रवर्द्धन।

संघीय लोकतन्त्र (वि.सं. २०७२ पछि):

सांस्कृतिक विविधताको सम्मान: विभिन्न जातजाति, भाषाभाषी, र संस्कृतिको प्रवर्द्धन।

कला र हस्तकला: अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला, पश्मिना, र मूर्तिकलाको माग।


एकाइ ७ पाठ १ कक्षा १२ वर्ग र सामाजिक रुपान्तरण

 


एकाइ ७ पाठ १ कक्षा १२

वर्ग र सामाजिक रुपान्तरण

सामाजिक वर्ग भन्नाले समाजभित्र रहेका मानिसहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, र राजनीतिक स्थितिको आधारमा बनाइएको विभाजनलाई जनाउँछ। सामाजिक वर्ग व्यक्तिहरूको जीवनस्तर, आय, पेशा, शिक्षा, सम्पत्ति, र सामाजिक प्रतिष्ठाका आधारमा छुट्याइन्छ। सामाजिक वर्ग समाजको संरचना र असमानताका कारण उत्पन्न हुने भए पनि यसले मानिसहरूलाई विकास र परिवर्तनतर्फ प्रेरित गर्न सक्छ।

सामाजिक वर्गका मुख्य विशेषताहरू:

1. आर्थिक अवस्था: व्यक्तिको आय र सम्पत्ति सामाजिक वर्ग निर्धारण गर्ने प्रमुख आधार हो।

2. शिक्षा र पेशा: व्यक्तिको शिक्षा स्तर र पेशा पनि वर्गीकरणको मापदण्ड हो।

3. सांस्कृतिक अन्तर: वर्ग अनुसार मानिसहरूको रुचि, सोच, र जीवनशैली फरक हुन्छ।

4. सामाजिक प्रतिष्ठा: कुनै वर्गले समाजमा बढी मान्यता र सम्मान पाउँछ भने केही वर्गलाई कमजोर मानिन्छ।

5. विभाजनको प्रभाव: सामाजिक वर्गले मानिसको जीवनको अवसर, पहुँच, र निर्णय प्रक्रियामा प्रभाव पार्छ।

सामाजिक वर्गका प्रकारहरू:

1. उच्च वर्ग: धन, शक्ति, र प्रतिष्ठा भएको वर्ग।

2. मध्यम वर्ग: सामान्य आय र साधन भएका मानिसहरूको वर्ग।

3. तल्लो वर्ग: कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरू, जो साधनको अभावमा संघर्षरत हुन्छन्।

वर्ग निर्माणका आधारहरू

सामाजिक वर्ग निर्माणका आधारहरू ती तत्वहरू हुन् जसले समाजलाई विभिन्न समूहमा विभाजित गर्न मद्दत गर्दछ। यी आधारहरू व्यक्तिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, र राजनीतिक पक्षमा निर्भर गर्दछन्।

1. आर्थिक आधार

आर्थिक अवस्था वर्ग निर्माणको प्रमुख आधार हो।

व्यक्तिको आय, सम्पत्ति, रोजगारी, र उत्पादनको साधनमा पहुँचले उनीहरूको वर्ग निर्धारण गर्छ।

उदाहरण: उच्च वर्ग (धनी), मध्यम वर्ग (सामान्य आर्थिक स्थिति), तल्लो वर्ग (गरिब)।

2. शिक्षा

शिक्षा स्तरले मानिसको सामाजिक हैसियत र पेशागत सफलता निर्धारण गर्दछ। उच्च शिक्षा प्राप्त व्यक्तिहरू प्रायः उच्च वर्गमा परेका हुन्छन्। उदाहरण: शिक्षित वर्ग (व्यावसायिक/बौद्धिक), अशिक्षित वर्ग।

3. पेशा

व्यक्तिको पेशा वर्ग निर्माणको महत्वपूर्ण आधार हो। उच्च आय र प्रतिष्ठा हुने पेशा (डाक्टर, वकिल, इन्जिनियर) उच्च वर्गसँग जोडिन्छ भने मजदूरी र सेवा क्षेत्रका पेशाहरू तल्लो वर्गसँग सम्बन्धित हुन्छन्।

4. सांस्कृतिक आधार

मानिसहरूको संस्कार, मूल्य, परम्परा, र जीवनशैली वर्ग निर्माणको अर्को आधार हो। उच्च वर्गका व्यक्तिहरू साधारणतया विलासी जीवनशैली अपनाउँछन्।

5. वंश र परम्परा

केही समाजहरूमा व्यक्तिको वर्ग उनको जन्म, वंश, वा जातीय समूहका आधारमा निर्धारण गरिन्छ।

६. पदिय आधार 

पदिय आधार वर्ग निर्माणको एउटा प्रमुख आधार हो, जसमा व्यक्तिको पद, जिम्मेवारी, र संस्थागत हैसियतको आधारमा वर्ग विभाजन गरिन्छ। उच्च पद र जिम्मेवारीमा रहेका व्यक्तिहरू उच्च वर्गमा पर्छन्, जसले समाजमा विशेष सम्मान, सुविधा, र शक्ति पाउँछन्। यो आधार राजनीति, प्रशासन, सैन्य, र निजी क्षेत्रका पदहरूमा आधारित हुन्छ।

सामाजिक रूपान्तरण 

सामाजिक रूपान्तरण भन्नाले समाजमा भएको ठूला परिवर्तनलाई जनाउँछ, जसले सामाजिक संरचना, मूल्य, परम्परा, र व्यवहारमा नयाँ रूप ल्याउँछ। यसले समाजलाई पुरानो अवस्थाबाट नयाँ र सुधारिएको अवस्थामा पुर्याउँछ।सामाजिक रूपान्तरणले समाजलाई प्रगतिशील बनाउँदै आर्थिक, सांस्कृतिक, र राजनीतिक विकासमा योगदान पुर्याउँछ।

विशेषताहरू:

1. परिवर्तन प्रक्रिया: सामाजिक रूपान्तरण क्रमिक रूपमा वा द्रुत रूपमा हुन सक्छ।

2. कारणहरू: शिक्षा, प्रौद्योगिकी, औद्योगिकीकरण, सांस्कृतिक आदान-प्रदान, राजनीतिक आन्दोलनजस्ता कारणहरूले रूपान्तरणलाई प्रेरित गर्छन्।

3. उद्देश्य: असमानता हटाउने, जीवनस्तर सुधार्ने, र समाजलाई आधुनिक बनाउने।

उदाहरणहरू: जातीय भेदभाव अन्त्य गर्न अभियान महिला सशक्तीकरण।ग्रामीण विकास र शहरीकरण।

नेपालमा सामाजिक रुपान्तरणका लागि भयका प्रयासहरु 

नेपालमा सामाजिक रूपान्तरणका लागि विभिन्न चरणमा विविध प्रयासहरू भएका छन्। यी प्रयासहरू समाजलाई समान, प्रगतिशील, र समावेशी बनाउने उद्देश्यले गरिएको हो।

1. जातीय भेदभाव अन्त्यको प्रयास

छुवाछूत प्रथाको उन्मूलनका लागि कानुन लागू (1963 मा मुलुकी ऐन)। दलित अधिकारका लागि आन्दोलन र अधिकारसम्बन्धी नीति निर्माण।

2. महिला सशक्तीकरण महिला शिक्षा प्रोत्साहन र अनिवार्य शिक्षा नीति। घरेलु हिंसा र लैंगिक विभेद अन्त्यका लागि कानुनी सुधार। महिलालाई सम्पत्ति अधिकार र राजनैतिक क्षेत्रमा सहभागिता बढाउन कोटा प्रणाली।

3. शिक्षामा सुधार 

सार्वजनिक विद्यालयहरूको विस्तार।"शिक्षा सबैका लागि" कार्यक्रम। बालविवाह र बाल श्रम अन्त्य गर्न शिक्षा अभियान।

4. सामाजिक समावेशीकरण

आदिवासी, जनजाति, मधेसी, र पिछडिएका वर्गहरूको उत्थानका लागि आरक्षण नीति।समानुपातिक प्रतिनिधित्वको कार्यान्वयन।

5. स्वास्थ्य र सरसफाइ सुधार

सुरक्षित मातृत्व कार्यक्रम।स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य सेवा। सरसफाइ अभियान (जस्तै, "सफाइमै सुरक्षित जीवन")।

6. राजनीतिक परिवर्तन

1990 को जनआन्दोलन र प्रजातन्त्रको स्थापनापछि समानता र अधिकारमा सुधार। 2006 को दोस्रो जनआन्दोलनपछि संघीय गणतन्त्र स्थापना।

7. ग्रामीण विकास र शहरीकरण

सहकारीहरूको स्थापना। ग्रामीण सडक निर्माण र विद्युतीकरण। आधुनिक कृषि प्रणालीको प्रवर्द्धन।

8. प्राकृतिक स्रोतहरूको न्यायपूर्ण उपयोग

जलस्रोत र वन व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता। पर्यावरणीय चेतना अभियान

सामाजिक रूपान्तरणका माध्यमहरु

सामाजिक रूपान्तरणका माध्यमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन र समानता, समावेशीकरण, र प्रगतिशीलता सुनिश्चित गर्न मद्दत गर्दछ। यी माध्यमहरू विविध पक्षहरूमा आधारित छन्, जसले समाजका संरचनात्मक, सांस्कृतिक, र आर्थिक पक्षलाई प्रभावित गर्छन्।

1. शिक्षा

चेतना जगाउने र समाजलाई परिवर्तन गर्न शिक्षाको महत्त्वपूर्ण भूमिका छ। लैंगिक समानता, समावेशी शिक्षा, र सीपमूलक शिक्षाले रूपान्तरणलाई प्रोत्साहन गर्छ।

2. सञ्चार र प्रविधि

सूचना प्रवाह र प्रविधिको विकासले सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउँछ।

डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालका माध्यमले जनचेतना बढाउन सहयोग गर्छ।

3. कानूनी सुधार

विभेद र असमानता हटाउनका लागि कानूनी सुधार महत्वपूर्ण छ।

छुवाछूत उन्मूलन, महिला अधिकार, बाल अधिकार, र मानव अधिकार जस्ता कानुनले समाजलाई रूपान्तरण गर्छ।

4. राजनीतिक आन्दोलन र नेतृत्व

राजनीतिक चेतना र नेतृत्वले सामाजिक न्याय र समानताका लागि परिवर्तनको मार्गप्रशस्त गर्छ।

जनआन्दोलन र लोकतान्त्रिक प्रक्रियाले नागरिकको सहभागिता बढाउँछ।

5. सांस्कृतिक जागरण

परम्परागत असमानता र अन्धविश्वासको अन्त्यका लागि सांस्कृतिक जागरण आवश्यक छ। कला, साहित्य, र संगीतले समाजमा नयाँ सोच र विचार ल्याउन मद्दत गर्दछ।

6. सामाजिक अभियानहरू

जनचेतना फैलाउन र कमजोर वर्गको हकअधिकार सुनिश्चित गर्न अभियान चलाउन सकिन्छ।

जस्तै, बालविवाह अन्त्य अभियान, लैंगिक हिंसा विरुद्धका कार्यक्रम।

7. आर्थिक विकास र स्वरोजगार

गरिबी निवारण, रोजगारी सिर्जना, र उद्यमशीलता प्रवर्द्धनले समाजलाई आर्थिक रूपमा सशक्त बनाउँछ।

सहकारी संस्था र उद्यमशीलता विकास कार्यक्रमहरू रूपान्तरणका साधन हुन्।

8. प्राकृतिक स्रोतको उपयोग

वातावरणमैत्री विकास र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगले समाजमा स्थिरता र दीर्घकालीन विकास सुनिश्चित गर्छ।

9. समावेशीकरण र समानता

जातीय, लैंगिक, र वर्गीय भेदभाव हटाएर सबै वर्गलाई समान अवसर दिनु।

समानुपातिक प्रतिनिधित्व र आरक्षण प्रणालीले समाजलाई थप समावेशी बनाउँछ।

10. स्वास्थ्य सेवाको पहुँच

सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गरेर समाजलाई सशक्त बनाउने।

निःशुल्क स्वास्थ्य सेवा, पोषण कार्यक्रम, र सरसफाइ अभियान।

निष्कर्ष

सामाजिक रूपान्तरणका यी माध्यमहरूले समाजलाई न्यायपूर्ण, समावेशी, र प्रगतिशील बनाउन मद्दत गर्छन्। यी माध्यमलाई प्रभावकारी रूपमा लागू गर्न राज्य, संस्था, र जनताको सक्रिय भूमिका आवश्यक छ।

एकाइ एक पाठ २ कक्षा १२

 


एकाइ एक पाठ २ कक्षा १२

पूर्वीय चिन्तन परम्परा भन्नाले एशिया महादेशमा विशेष गरी भारत, चीन, जापान, तिब्बत, कोरिया लगायत देशहरूमा विकसित भएका दार्शनिक, धार्मिक र आध्यात्मिक विचारहरूको समष्टिलाई बुझिन्छ। यसमा मानव जीवन, प्रकृति, आत्मा, धर्म, जीवनपद्धति, सदाचार, करुणा, मोक्ष, निर्वाण जस्ता विषयहरू गहिरो रूपमा समेटिएका हुन्छन्।

मुख्य विशेषताहरू के के हुन?

1. आध्यात्मिकता प्रधान – आत्मा, पुनर्जन्म, मोक्ष, निर्वाण आदि विषयमा गहिरो विचार हुन्छ।

2. धार्मिकता र नैतिकता – धर्म र सदाचारलाई जीवनको मार्गदर्शन मानिन्छ।

3. समष्टिवाद – व्यक्तिगत हितभन्दा समाज र सम्पूर्ण सृष्टिको हितमा बल दिइन्छ।

4. प्रकृति सँगको सामन्जस्य – प्रकृति र मानव बीचको सम्बन्धलाई सहकार्यको रूपमा लिइन्छ।

5. चिन्तनशीलता र ध्यान – योग, ध्यान, साधना आदि मार्फत आत्मबोध र चेतनाको विकासमा जोड दिइन्छ

पूर्वीय चिन्तन परम्परा जीवनलाई केवल भौतिक दृष्टिले होइन, आध्यात्मिक दृष्टिकोणबाट बुझ्ने अभ्यास हो। यसले मन, आत्मा, समाज र सृष्टिको गहिरो सम्बन्ध बुझ्न प्रेरणा दिन्छ।

पाश्चात्य चिन्तन परम्परा भन्नाले मुख्यतः युरोप र अमेरिकामा विकसित भएका दार्शनिक, वैज्ञानिक, तर्कप्रधान विचार प्रणालीहरूलाई जनाइन्छ। यो परम्परा मानवबुद्धि, तर्क, विश्लेषण, प्रयोग र अनुभवमा आधारित हुन्छ।

 पाश्चात्य चिन्तन परम्पराको अर्थ:

पाश्चात्य चिन्तन परम्परा भन्नाले तथ्य, तर्क, प्रमाण, मानव स्वतन्त्रता, विज्ञान र व्यक्तिगत विवेकमा आधारित चिन्तन पद्धतिलाई बुझिन्छ। यसको सुरुआत प्राचीन ग्रीसबाट भएको मानिन्छ।

मुख्य विशेषताहरू:

1. तर्क र विश्लेषणमा आधारित – तथ्य प्रमाणको आधारमा ज्ञान खोज्ने प्रयास।

2. मानव केन्द्रित (Humanism) – मानव अधिकार, स्वतन्त्रता र व्यक्तिगत सोचको उच्च सम्मान।

3. विज्ञान र प्रयोगमा विश्वास – वैज्ञानिक विधिबाट सत्यको खोजी।

4. व्यक्तिवाद – समाजभन्दा व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता।

5. धर्मभन्दा तर्क प्रमुख – धार्मिक विश्वासभन्दा तर्क र अनुभवलाई प्राथमिकता दिने प्रवृत्ति।

 पूर्वीय र पाश्चात्य चिन्तनबीच मुख्य भिन्नता:

पूर्वीय चिन्तन                    पाश्चात्य चिन्तन

आधार धर्म, आत्मा, मोक्ष तर्क, अनुभव, विज्ञान

उद्देश्य आत्मबोध, शान्ति   सत्य खोज, स्वतन्त्रता दृष्टिकोण समष्टिवादी व्यक्तिवादी

साधन ध्यान, योग, दर्शन    तर्क, प्रयोग, विश्लेषण

पाश्चात्य चिन्तन परम्परा मानव जीवनको समस्याको समाधान तर्क, ज्ञान र वैज्ञानिक सोचमार्फत गर्न खोज्छ। यो चिन्तन प्रणालीले आधुनिक विज्ञान, प्रजातन्त्र, मानवअधिकार र स्वतन्त्र विचारको विकासमा ठूलो योगदान दिएको छ।

अति छोटो प्रश्न (एक वाक्यमा उत्तर दिनुहोस)

पुर्विय चिन्तन परम्परा भन्नाले के बुझ्नु हुन्छ?

पुर्वि तथा दक्षिण पुर्वि एसियामा विकास भएको हिन्दु, बौद्ध, जैन, किरत, ताओ, क्न्फुसिएस आदि धर्म दर्शन बाट प्रभावित विचारधारालाइ पुर्विय चिन्तन परम्परा भनिन्छ।

पास्चात्य चिन्तन परम्परा भन्नाले के बुझ्नु हुन्छ?

जीवन र जगतलाइ बुझ्ने प्राचिन ग्रीसबाट सुरुभएको वैज्ञानिक चेतना तथा क्रिश्चियन मतको प्रभाव रहेको चिन्तन परम्परा लाइ पास्चात्य चिन्तन परम्परा भनिन्छ।

पूर्वीय चिन्तन परम्पराको मुख्य आधार के हो?

→ पूर्वीय चिन्तन परम्पराको मुख्य आधार आध्यात्मिकता, नैतिकता, र मानव कल्याण हो।

पश्चिमी चिन्तन परम्पराको प्रमुख विशेषता के हो?

→ पश्चिमी चिन्तन परम्पराको प्रमुख विशेषता वैज्ञानिक अनुसन्धान र तार्किकता हो।

पुनरजागरण युग लाइ प्रवोध वा ज्ञानोदिपन युग पनि भनिन्छ किन?

युरोपमा 18औ शताब्दीमा वैचारिक स्वतन्त्रता, मानव ज्ञानको सर्वोचता, कलात्मक अभिव्याक्ति, आलोचनात्मक विस्लेशण र वैज्ञानिक खोजको ढोका खुलेकाले यस युग लाइ प्रवोध वा ज्ञानोदिपन युग पनि भनिन्छ। 

पूर्वीय परम्परामा शिक्षाको मुख्य उद्देश्य के हो?

→पूर्वीय परम्परामा शिक्षाको उद्देश्य आत्मज्ञान र सत्यको खोजी गर्नु हो।

पश्चिमी चिन्तनले के कुरामा जोड दिन्छ?

→ पश्चिमी चिन्तनले व्यावहारिकता, व्यक्तिगत स्वतन्त्रता, र आधुनिक प्रविधिमा जोड दिन्छ।

पूर्वीय र पश्चिमी चिन्तनबीचको मुख्य अन्तर के हो?

→ पूर्वीय चिन्तन आध्यात्मिकतामा आधारित छ भने पश्चिमी चिन्तन वैज्ञानिक सोचमा आधारित छ।

छोटो उत्तर दिनुहोस

१. पूर्वीय चिन्तन परम्पराको प्रभाव र वर्तमान अभ्यासबारे वर्णन गर्नुहोस्।

पूर्वीय चिन्तन परम्परामा भैरहेका जीवन उपयोगी शिक्षाको अभ्यास भन्नाले एशियाली मुलुकहरू—जसमा भारत, चीन, नेपाल, जापान आदि पर्दछन्—तिनीहरूको दार्शनिक, धार्मिक र सामाजिक परम्पराहरूमा आधारित व्यवहारिक ज्ञान, नैतिक मूल्य, आत्मअनुशासन र जीवन जीउने तरिकालाई जनाउँछ। यी परम्पराहरूले जीवन उपयोगी शिक्षाको अभ्यासमा निम्न तरिकाले योगदान गरेका छन्:

 १. आत्मअनुशासन र ध्यान (Meditation and Self-Discipline)

भारतको योग दर्शन, बौद्ध धर्मको विपश्यना ध्यान, र चीनको ताओवादमा ध्यान र आत्मसंयमलाई प्राथमिकता दिइएको छ।

जीवनमा मानसिक सन्तुलन, धैर्यता, सहनशीलता र आत्मनियन्त्रणको अभ्यास गराइन्छ।

 २. नैतिकता र धर्म–नैतिक शिक्षाको महत्व

धर्मग्रन्थहरू जस्तै गीता, उपनिषद्, धम्मपद आदिमा सत्य, अहिंसा, क्षमा, सदाचार जस्ता नैतिक गुणहरूको महत्व दिइएको छ।

समाजमा कसरी मिलेर बाँच्ने, कसरी कर्म गर्नुपर्ने भन्ने शिक्षाले जीवन उपयोगी मूल्यहरू प्रदान गर्छ।

 ३. गृहस्थ जीवन र पारिवारिक कर्तव्यको शिक्षण

पूर्वीय चिन्तनले गृहस्थ धर्म, कर्तव्यपालन, र संयुक्त परिवार प्रणालीलाई सम्मान गर्छ।

परिवारमा आपसी प्रेम, सेवा र उत्तरदायित्वका भावना विकास गरिन्छ।

 ४. श्रम र साधनामा विश्वास

"कर्मण्येवाधिकारस्ते" भन्ने गीता वचनअनुसार कर्मलाई नै जीवनको मुख्य धर्म मानिन्छ।

मेहनत, लगनशीलता र साधनाको मूल्यमा आधारित जीवन उपयोगी सिपहरूको अभ्यास गरिन्छ।

 ५. प्राकृतिक सहअस्तित्व र सहयोगि भावना

पूर्वीय चिन्तनमा प्रकृति, मानव र आत्माबीचको सहअस्तित्वलाई महत्त्व दिइन्छ।

आयुर्वेद, योग, प्राकृतिक उपचार आदि मार्फत स्वस्थ जीवनशैली सिकाइन्छ।

 ६. गुरु–शिष्य परम्परा

जीवनोपयोगी सीप, ज्ञान र व्यवहार सिकाउन गुरुकुल प्रणाली रहेको थियो।

व्यवहार, सेवा, श्रम, विनय र अनुशासन अभ्यास गराइन्थ्यो।

निष्कर्ष:

पूर्वीय चिन्तन परम्परामा जीवन उपयोगी शिक्षाको अभ्यास दर्शन, धर्म, ध्यान, नैतिकता र व्यवहारमा आधारित छ। यसले व्यक्तिको सम्पूर्ण विकास (शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक) लाई केन्द्रमा राखेर जीवन उपयोगी शिक्षा दिन्छ।

३. पश्चिमी चिन्तन परम्परामा वर्तमान अभ्यासबारे वर्णन गर्नुहोस्।

पाश्चात्य चिन्तन परम्परामा भैरएका जीवन उपयोगी शिक्षाको अभ्यास भन्नाले युरोप र अमेरिका जस्ता पश्चिमी मुलुकहरूमा विकसित दार्शनिक, वैज्ञानिक र व्यवहारिक दृष्टिकोणमा आधारित शिक्षा प्रणाली र जीवन सीपहरूलाई जनाइन्छ। पाश्चात्य चिन्तन व्यवहार, अनुसन्धान, मानव अधिकार, व्यक्तिवाद, र वैज्ञानिक दृष्टिकोणमा आधारित हुन्छ।

 १. स्वतन्त्रता र व्यक्तित्व विकासको अभ्यास

व्यक्तिको स्वतन्त्रता, रुचि, निर्णय क्षमता र आत्मविश्वास विकास गर्ने शिक्षा दिइन्छ।

Individualism (व्यक्तिवाद) लाई प्रोत्साहन गरिन्छ — "आफ्नै सोच, निर्णय, जिम्मेवारी"।

 २. प्रयोगात्मक (Practical) र सीपमूलक शिक्षा

व्यावसायिक शिक्षा, प्राविधिक शिक्षा, र क्यारियर ओरिएन्टेड सिपहरूमा जोड दिइन्छ।

शिक्षालाई रोजगारसँग जोडिएको ज्ञान मानिन्छ (जस्तै: कम्प्युटर, व्यवसाय, मेकानिक्स आदि)।

 ३. समालोचनात्मक चिन्तन र वैज्ञानिक दृष्टिकोण

विद्यार्थीलाई प्रश्न गर्न, सोच्न, तथ्य प्रमाणित गर्न, र नयाँ समाधान खोज्न प्रेरित गरिन्छ।

"Why?" भन्ने प्रश्नलाई स्वीकार गरिन्छ र तथ्य र प्रमाणमा आधारित शिक्षा दिइन्छ।

 ४. लोकतन्त्र र मानव अधिकारको अभ्यास

पाश्चात्य शिक्षा प्रणालीले समानता, अधिकार, स्वतन्त्रता जस्ता जीवन उपयोगी मूल्यहरूमा जोड दिन्छ।

सबै वर्ग, जात, लिंगलाई समान व्यवहार र अवसर दिने शिक्षालाई प्राथमिकता दिइन्छ।

 ५. समयको मूल्य र व्यवस्थापन

Time management, goal setting, र efficiency जस्ता जीवन उपयोगी सीपहरू अभ्यास गरिन्छ।

"Time is money" भन्ने सोचअनुसार समय सदुपयोग सिकाइन्छ।

 ६. सामाजिक सेवा र नेतृत्व विकास

विद्यार्थीहरूलाई community service, volunteering, र leadership skills सिकाइन्छ।

सामाजिक उत्तरदायित्व, सहयोग भावना, समस्या समाधान सीपहरूमा जोड दिइन्छ।

पाश्चात्य चिन्तन परम्परामा जीवन उपयोगी शिक्षाको अभ्यास व्यवहारिक, वैज्ञानिक, प्रगतिशील र व्यक्तिकेन्द्रित हुन्छ। यसले विद्यार्थीलाई स्वतन्त्र, उत्तरदायी, र जीवनसँग प्रत्यक्ष जोडिएका सीपमा दक्ष बनाउने प्रयास गर्छ।

पूर्वीय चिन्तन परम्परामा नेपालको योगदान ऐतिहासिक, धार्मिक, दार्शनिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ। नेपालले पूर्वीय मूल्य, जीवन पद्धति र आध्यात्मिक दर्शनको विकास र प्रसारमा ठूला भूमिका खेलेको छ।

🟢 पूर्वीय चिन्तन परम्परामा नेपालको योगदान:

 १. बुद्ध दर्शनको उद्गमस्थल

नेपाललाई गौतम बुद्धको जन्मभूमि (लुम्बिनी) मानिन्छ।

बुद्धले प्रतिपादन गरेको मध्यम मार्ग, अहिंसा, सम्यक जीवन पद्धति, र विपश्यना ध्यान सम्पूर्ण पूर्वीय चिन्तनको मूल भाग हो।

बुद्ध दर्शनले समता, करुणा, तर्क र आत्मज्ञानलाई जीवन उपयोगी मूल्य बनायो।

 २. सांस्कृतिक र धार्मिक सहिष्णुता

नेपालमा हिन्दु, बौद्ध, किराँत, आदि धर्महरू सहअस्तित्वमा रहँदै आएका छन्।

विभिन्न चिन्तन परम्परा र आस्था प्रणालीलाई सम्मान र स्थान दिने नेपाली समाजले पूर्वीय सहिष्णु दृष्टिकोणलाई बलियो बनाएको छ।

 ३. गुरु–शिष्य परम्पराको संरक्षण

परम्परागत गुरुकुल प्रणाली अझै पनि नेपालमा जिवित छ – जहाँ गुरुबाट जीवनोपयोगी शिक्षा, धर्म, संस्कार सिकाइन्छ।

यसले अनुशासन, सेवा, श्रम र नैतिक मूल्यको अभ्यास गराउँछ।

 ४. योग, ध्यान र तान्त्रिक साधनाको अभ्यास

नेपालमा प्राचीन कालदेखि नै योग, तपस्या, ध्यान, र तान्त्रिक साधनाको अभ्यास हुँदै आएको छ।

पशुपति क्षेत्र, गहवर गुफाहरू, र काठमाडौ उपत्यकाका मठ–मन्दिरहरू साधनाका ऐतिहासिक केन्द्र हुन्।

 ५. नेवारी बुद्ध दर्शन र वज्रयान परम्परा

नेपालले वज्रयान बुद्ध धर्म (Newar Buddhism) लाई अद्वितीय शैलीमा विकसित गरेको छ।

यस परम्परामा ज्ञान, कलाको संगम, र व्यवहारिक चिन्तन देखिन्छ।

 ६. शान्तिको सन्देशदाताको रुपमा परिचय

नेपालले विश्वलाई शान्ति, सद्भाव, समता र आध्यात्मिक जीवनको सन्देश दिएको छ।

राष्ट्रकै मूल नीति "शान्ति र अहिंसा" हो — जुन पूर्वीय दर्शनको मूल मर्मसँग मेल खान्छ।

नेपालले पूर्वीय चिन्तन परम्परामा गहिरो योगदान पुर्‍याएको छ — विशेषतः बुद्ध दर्शन, धार्मिक सहिष्णुता, योग–ध्यान, र नैतिक शिक्षाका माध्यमबाट। नेपालको यो योगदानले पूर्वीय जीवन उपयोगी शिक्षालाई समृद्ध बनाएको छ।

जीवन उपयोगी शिक्षा र स्वस्थ जीवनशैलीको सम्बन्ध उल्लेख गर्नुहोस

 जीवन उपयोगी शिक्षा र स्वस्थ जीवनशैलीको सम्बन्धलाइ निम्नानुसार उल्लेख गरिन्छ

 १. स्वास्थ्यप्रति सचेतना

जीवन उपयोगी शिक्षाले स्वास्थ्यसम्बन्धी ज्ञान (साफ-सफाइ, पोषण, रोग निवारण) दिन्छ।

व्यक्ति आफ्नो शरीर र स्वास्थ्यप्रति सचेत र जिम्मेवार बन्छ।

 २. तनाव व्यवस्थापन (Stress Management)

ध्यान, ध्यानपूर्वक सुन्ने, समाधान खोज्ने सीपहरू सिकाएर मानसिक सन्तुलन कायम राख्न सघाउँछ।

यसले मानसिक रोगहरू (anxiety, depression)**बाट बच्न मद्दत पुर्‍याउँछ।

 ३. नकारात्मक व्यवहारबाट जोगाउने

लत (drugs, alcohol, tobacco) बाट बच्ने उपाय सिकाइन्छ।

peer pressure, निर्णय गर्ने सीप (decision making skills) सिकाएर सही बाटोमा लैजान्छ।

 ४. सकारात्मक सोच र आत्मविश्वास

जीवन उपयोगी शिक्षा आत्ममूल्य, आत्मसम्मान र सकारात्मक सोचको विकासमा सहयोग पुर्‍याउँछ।

यस्तो सोचले स्वस्थ मानसिक अवस्था विकास गर्न मद्दत गर्छ।

५. समय व्यवस्थापन र अनुशासन

स्वस्थ जीवनशैलीका लागि समयमै खाना, निद्रा, अभ्यास आदि आवश्यक हुन्छ।

Life skill education ले routine life, planning, र goal setting जस्ता सीप विकास गराउँछ।

 ६. सामाजिक सम्बन्ध सुधार

सहकार्य, सञ्चार सीप, सहिष्णुता, सहानुभूति जस्ता गुणहरू सिकाइन्छ।

स्वस्थ सामाजिक सम्बन्धले भावनात्मक सन्तुलन ल्याउँछ।

जीवन उपयोगी शिक्षा र स्वस्थ जीवनशैली परस्पर पूरक छन्। जीवन उपयोगी शिक्षा बिना स्वस्थ जीवनशैली सम्भव छैन, र स्वस्थ जीवनशैली बिना सीपहरूको प्रभावकारिता दीर्घकालीन हुँदैन। त्यसैले, दुवैको अभ्यासले जीवनलाई सार्थक, सन्तुलित र सशक्त बनाउँछ।

पूर्वीय र पाश्चात्य चिन्तन परम्पराको समन्वय कसरि गर्न सकिन्छ एक दैनिक पत्रीकाको लागि लेखको नमुना तयार पर्नुहोस

             कान्तिपुर दैनिक      मिति २०८२/०३/१४

पूर्वीय र पाश्चात्य चिन्तन परम्पराको समन्वय

 उत्तर: पूर्वीय र पाश्चात्य चिन्तन परम्पराको समन्वय गर्नु भनेको दुई फरक भौगोलिक, सांस्कृतिक र दार्शनिक परम्पराहरूलाई आपसी समझदारीका साथ मिलाएर मानव हितमा प्रयोग गर्नु हो। यी दुवै चिन्तन परम्पराका केही विशेषता र सुदृढ पक्षहरू छन्, जसको संयोजनले समुन्नत, सहिष्णु र दिगो समाज निर्माण गर्न सकिन्छ।

१. पूर्वीय चिन्तन परम्पराका विशेषता:

आत्मा, धर्म, कर्म, मोक्ष, ध्यान, योग र अध्यात्ममा आधारित चिन्तन।

परिवार, समाज, मूल्य र नैतिकताको प्राथमिकता।

जीवनमा सन्तोष, सहिष्णुता, संयम र आध्यात्मिक उन्नति महत्वपूणर्ता पाटाहरू।

२. पाश्चात्य चिन्तन परम्पराका विशेषता:

तर्क, विश्लेषण, विज्ञान, प्रविधि, व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारप्रति जोड।

लोकतन्त्र, समानता, शिक्षा, वैज्ञानिक दृष्टिकोण र औद्योगिकीकरणको विकास।

व्यवहारिक सोच र व्यावसायिकतामा बल पुराउछ

३. पूर्वीय र पाश्चात्य चिन्तन परम्पराको समन्वय निम्नानुसार गर्नु उपयुक्त हुन्छ।

(क) शिक्षा प्रणाली मार्फत:

विद्यालय र विश्वविद्यालयहरूमा पूर्वीय र पाश्चात्य सोच दुवैलाई समावेश गर्दै आलोचनात्मक चिन्तन, नैतिकता र वैज्ञानिक चेतना विकास गर्न सकिन्छ।

(ख) संवाद र सहकार्यद्वारा:

अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार, सांस्कृतिक आदानप्रदान तथा दर्शनशास्त्रका बहसबाट दुवै परम्परालाई बुझ्न र सम्मान गर्न सकिन्छ।

(ग) प्रविधि र नैतिकताको समिश्रण:

पाश्चात्य प्रविधि र विकासलाई पूर्वीय नैतिकता, ध्यान, संयम र करुणासँग मिलाएर सन्तुलित विकास गर्न सकिन्छ।

(घ) सामाजिक संरचनामा समावेशीपन:

पाश्चात्यको स्वतन्त्रता र पूर्वीयको सहकार्य भावना दुवैलाई समेटेर लैजाँदा सबै वर्ग, जाति, धर्मलाई समान व्यवहार गर्न सकिन्छ।

 पूर्वीय र पाश्चात्य चिन्तन परम्पराको समन्वय गर्नु आजको विश्वका जटिल समस्याहरू समाधान गर्न आवश्यक छ। जहाँ पाश्चात्य चिन्तनले विकास, विज्ञान र प्रगतिको बाटो देखाउँछ, त्यहाँ पूर्वीय चिन्तनले आन्तरिक शान्ति, सदाचार र सामाजिक सद्भावमा योगदान पुर्‍याउँछ। यी दुवैको सन्तुलनले मात्र पूर्ण मानव समाज निर्माण गर्न सकिन्छ।

एकाइ ८ कक्षा १२ पाठ ५

 एकाइ ८  कक्षा १२

 पाठ ५

अति छोटो प्रश्नोत्तरहरू:

1. प्रश्न: मुलुकी संहिता भनेको के हो? 

उत्तर: नेपालमा लागू कानूनी व्यवस्थाहरूको सङ्ग्रह, जसले नागरिक र आपराधिक कानूनी प्रावधानहरू समेट्छ।

2. प्रश्न: मुलुकी संहिता कहिले लागू भयो? उत्तर: २०७४ सालमा।

3. प्रश्न: मुलुकी संहितामा कति भाग छन्? उत्तर: दुई भाग छन्: मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता।

4. प्रश्न: मुलुकी अपराध संहितामा के समावेश छ? उत्तर: फौजदारी अपराधहरू सम्बन्धी कानूनी प्रावधानहरू।

5. प्रश्न: मुलुकी देवानी संहितामा के समावेश छ? उत्तर: नागरिक अधिकार र कर्तव्यहरू सम्बन्धी कानूनी प्रावधानहरू।

6. प्रश्न: फौजदारी मुद्दा भनेको के हो? उत्तर: राज्यविरुद्ध वा समाजमा हानि पुर्‍याउने कार्यहरू सम्बन्धी मुद्दा।

7. प्रश्न: देवानी मुद्दा भनेको के हो? उत्तर: व्यक्तिगत अधिकार, सम्पत्ति, वा पारिवारिक सम्बन्धसँग सम्बन्धित मुद्दा।

8. प्रश्न: मुलुकी संहिताको उद्देश्य के हो? उत्तर: कानूनी व्यवस्थाहरूलाई एकीकृत गरी न्याय सुनिश्चित गर्नु।

9. प्रश्न: मुलुकी संहिताले के परिवर्तन गरेको छ? उत्तर: पुराना कानूनी प्रावधानहरूलाई अद्यावधिक र एकीकृत गरेको छ।

10. प्रश्न: मुलुकी संहिताको कार्यान्वयन कसले गर्छ? उत्तर: न्यायालय र सम्बन्धित कानूनी निकायहरूले

छोटो उत्तर दिनुहोस

1. प्रश्न: फौजदारी र देवानी मुद्दाहरू बीच के फरक छ?  लेख्नुहोस।

उत्तर: फौजदारी मुद्दाहरूमा राज्यविरुद्धका अपराधहरू समावेश हुन्छन्, जस्तै हत्या, चोरी, डकैती आदि। देवानी मुद्दाहरूमा व्यक्तिगत अधिकार, सम्पत्ति, पारिवारिक सम्बन्ध आदि सम्बन्धी विवादहरू पर्छन्। यिनिहरुबिचको भिन्नतालाइ निम्न अनुसर उल्लेख गर्न सकिन्छ।

मुलुकी अपराध संहिता, २०७४ मा समावेश प्रमुख अपराधहरू तल उल्लेख गरिएका छन्:

1. हत्या (Section 176)

कसैको ज्यान लिनु अपराध हो।

2. कुटपिट तथा शारीरिक क्षति (Section 188)

कुनै व्यक्तिलाई चोट पुर्‍याउने कार्य।

3. बलात्कार (Section 219)

कुनै व्यक्तिको सहमति विना यौन सम्बन्ध राख्ने कार्य।

4. चोरी (Section 224)

अरूको सम्पत्ति चोरी गर्ने कार्य।

5. डकैती (Section 225)

समूहमा मिलेर अरूको सम्पत्ति लुट्ने कार्य।

6. ठगी (Section 239)

झुक्याएर अरूको धन वा सम्पत्ति हडप्ने कार्य।

7. लागुऔषध सम्बन्धी अपराध (Section 255)

लागुऔषध उत्पादन, बिक्री, ओसारपसार वा सेवन।

8. महिला हिंसा (Section 117)

दाइजोको कारण कुटपिट, मानसिक यातना, वा यौन दुर्व्यवहार।

9. शिशु हत्या वा भ्रूण हत्या (Section 194)

नवजात शिशु वा भ्रूणलाई मार्ने कार्य।

10. सार्वजनिक शान्ति भंग गर्ने कार्य (Section 290)

तोडफोड, प्रदर्शन, वा अन्य हिंसात्मक गतिविधिहरू।

11. मानव बेचबिखन तथा ओसारपसार (Section 205)

मानिसलाई बेच्ने वा गैरकानूनी रूपमा स्थानान्तरण गर्ने कार्य।

12. अपहरण तथा शरीर बन्धक (Section 207)

कसैलाई जबर्जस्ती अपहरण वा नियन्त्रणमा राख्ने कार्य।

13. घुसखोरी तथा भ्रष्टाचार (Section 32)

गैरकानूनी रूपमा लाभ प्राप्त गर्न घुस लिनु वा दिनु।

14. झुटा बयान वा प्रमाणको गलत उपयोग (Section 295)

अदालत वा कानूनी प्रक्रियामा झुटा विवरण दिनु।

15. यौन दुर्व्यवहार (Section 223)

कसैलाई यौन हिसाबले दुर्व्यवहार गर्ने वा अपमानजनक व्यवहार गर्ने कार्य।

16. धार्मिक आस्था तथा संस्कृतिमाथि अपमान (Section 160)

धार्मिक भावना आहत गर्ने, मन्दिर वा धर्मस्थलमा तोडफोड गर्ने कार्य।

17. अवैध हतियार तथा विस्फोटक पदार्थको प्रयोग (Section 294)

गैरकानूनी रूपमा हतियार राख्ने वा विस्फोटक पदार्थ प्रयोग गर्ने कार्य।

18. पर्यावरणीय अपराध (Section 215)

प्राकृतिक स्रोतको विनाश, वन कटान, वा जल स्रोत प्रदूषण गर्ने कार्य।

19. साइबर अपराध (Section 293)

कम्प्युटर वा इन्टरनेटको माध्यमबाट ठगी, झूटो प्रचार, वा अन्य आपराधिक कार्यहरू।

20. नाबालिग दुव्र्यवहार (Section 208)

बालबालिकाको शोषण, यातना, वा दुव्र्यवहार।

21. जालसाजी (Section 238)

नक्कली कागजात बनाउन, प्रयोग गर्न, वा अरूलाई भ्रमित पार्ने कार्य।

22. सार्वजनिक स्वास्थ्यमा हानि पुर्‍याउने कार्य (Section 251)

खाद्य पदार्थमा मिलावट, झूटो औषधि प्रचार, वा स्वास्थ्यमा नकारात्मक असर पर्ने काम।

23. विपद व्यवस्थापनमा अवरोध (Section 259)

प्राकृतिक वा मानव निर्मित विपदमा राहत तथा उद्धारमा बाधा पुर्‍याउने।

24. विद्रोह तथा देशद्रोह (Section 298)

देशको सार्वभौमिकता, अखण्डता, वा सरकारविरुद्ध विद्रोह गर्ने कार्य

मुलुकी देवानी संहितामा समावेश मुख्य विषयहरू:

1. पारिवारिक सम्बन्धहरू:

विवाह, सम्बन्धविच्छेद, अंशबण्डा, पालकत्व (धर्मपुत्र/पुत्री), र पत्नी तथा पतिका अधिकार/कर्तव्यहरू।

2. सम्पत्ति सम्बन्धी मुद्दाहरू:

अंशबण्डा, उत्तराधिकार, वंशानुक्रम, दान, र सम्पत्ति व्यवस्थापन।

3. करार (Contract) सम्बन्धी विवादहरू:

दुई वा दुईभन्दा बढी व्यक्तिहरूबीचका सम्झौता, सम्झौताका उल्लङ्घन, र क्षतिपूर्तिसम्बन्धी व्यवस्थाहरू।

4. ऋण सम्बन्धी विवादहरू:

ऋण लिने र दिने सम्बन्धी अधिकार, कर्जा असुली, र त्यससँग सम्बन्धित कानूनी व्यवस्थाहरू।

5. धार्मिक तथा परम्परागत व्यवस्थाहरू:

धर्म र परम्परासँग सम्बन्धित विवाद, धर्मशालाको व्यवस्था, र धार्मिक संस्थाको सम्पत्ति।

6. अधिकार र हक विवाद:

सम्पत्ति उपयोगको अधिकार, निजी र सार्वजनिक सम्पत्तिको विवाद, र हक संरक्षण।

7. धरोहर र जमानत:

धरोहर राख्ने र लिने सम्बन्धी कानूनी व्यवस्था।

8. खेत, बारी र भूमि सम्बन्धी व्यवस्था:

जमिनको उपयोग, जमिन सम्बन्धी करार, भोगाधिकार, र जमिनमाथि भएका विवादहरूको समाधान।

9. पारस्परिक विवाद समाधान:

छरछिमेक, परिवार वा समूहभित्रका सामान्य विवादहरूको कानूनी समाधान।

10. महिला र बालबालिकाको संरक्षण:

बाल अधिकार, दाइजो प्रथा उन्मूलन, र महिलामाथि हुने हिंसाको कानूनी व्यवस्था।

मुलुकी देवानी संहिता

मुलुकी देवानी संहिताले मुलुकमा कानूनी र सामाजिक व्यवस्था कायम गर्न आवश्यक पर्ने कानूनहरू समेटेको छ। यसले सबै व्यक्तिको हितका लागि नैतिकता, शिष्टाचार, सदाचार, आर्थिक स्थिरता र सामाजिक न्यायको व्यवस्था गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ। यसले जात, धर्म र संस्कृतिमा आधारित विभेद हटाई समानताको सिद्धान्तलाई अघि बढाउन मार्गनिर्देशन दिन्छ।

देवानी संहितामा भएका प्रमुख कानूनी प्रावधानहरू:

१. देवानी संहिताको सामान्य सिद्धान्त

कानूनी रूपमा अनुमति नभएको काम गर्न पाइँदैन।

व्यक्तिगत कामले सार्वजनिक हितविपरीत असर पार्ने गरी कार्य गर्न अनुमति दिइँदैन।

कुनै पनि व्यक्तिले आफ्नो कामले अरूलाई हानि पुर्‍याउने कार्य गर्न हुँदैन।

कानूनी प्रक्रियाबाहिर गएर गरिएको क्रियाकलाप कानूनी रूपमा अमान्य हुनेछ।

व्यक्तिले आफ्नो कार्यको सम्पूर्ण जिम्मेवारी लिनुपर्नेछ।

२. देवानी संहिताको व्यवस्थाहरू

1. व्यक्तिगत अधिकार र कर्तव्य:

व्यक्तिहरूले आफूले पाएको हक र जिम्मेवारीहरूको इज्जत गर्नुपर्छ।

2. सम्पत्ति व्यवस्थापन:

व्यक्तिगत र सार्वजनिक सम्पत्तिसम्बन्धी विवादहरूको समाधान कानूनी प्रक्रियाबाट गर्नुपर्ने प्रावधान।

3. परिवार तथा समाजका विवाद समाधान:

विवाह, अंशबण्डा, सम्बन्धविच्छेद आदि जस्ता पारिवारिक मुद्दाहरू कानूनी प्रक्रियाबाट टुंग्याउने व्यवस्था।

4. धार्मिक र सांस्कृतिक अधिकारको संरक्षण:

हरेक व्यक्तिले आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न पाउने अधिकार।

३. व्यावहारिक पक्षहरू

कुनै पनि कार्य गर्दा अरूलाई हानि, बेइज्जत, वा क्षति पुर्‍याउनु हुँदैन।

गलत प्रमाण प्रयोग वा झूटो तथ्य प्रस्तुत गर्न पाइँदैन।

सार्वजनिक हितविपरीत हुने कार्यहरू कानूनी रूपमा रोकिएको छ।

परम्परागत न्यायभन्दा कानूनी व्यवस्थालाई प्राथमिकता दिइन्छ।

४. विशेष कानूनी क्षेत्रहरू

पारिवारिक विवाद: विवाह, सम्बन्धविच्छेद र अंशबण्डासम्बन्धी विवादहरूको व्यवस्थापन।

सम्पत्ति विवाद: सार्वजनिक वा निजी सम्पत्तिका विषयमा हुने मुद्दाहरूको समाधान।

समाजिक आचरण: छरछिमेक तथा समुदायमा समानता र सहकार्यको प्रवर्द्धन।

देवानी संहिताले मुलुकमा सामाजिक र कानूनी संरचना बलियो बनाउन, समानता कायम गर्न, र व्यक्तिगत अधिकार तथा कर्तव्यको रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्छ। यो संहिता सामाजिक न्यायको आधारशीला हो।

फौजदारी न्यायका सामान्य सिद्धान्त

1. कानूनविपरीत कुनै पनि काम गर्न पाइँदैन।

2. कानूनले निषेध गरेका सजायका काम गर्न पाइँदैन।

3. व्यक्तिलाइ क्षमताभन्दा बढी काम गर्न बाध्य पार्न मिल्दैन।

4. एकै प्रकारको अपराधका लागि दोहोरो सजाय दिन मिल्दैन।

5. स्पष्ट सुनुवाइको अवसर नदिई सजाय दिन मिल्दैन।

6. न्यायालयमा आफ्नो पक्ष राख्न प्रतिवादीलाई अनुमति दिनुपर्छ।

7. कृत्य प्रमाणित नभएसम्म कसैलाई अपराधी मान्न मिल्दैन।

8. बालबालिकाद्वारा गरिएका सामान्य अपराधहरूलाई सजाय दिन मिल्दैन।

9. होसियारीपूर्वक नभएको कार्यलाई अपराध मान्न मिल्दैन।

10. जबर्जस्ती गराइएका कामलाई अपराध मान्न सकिँदैन।

11. भलाइका लागि गरिएका कामलाई अपराधको श्रेणीमा राख्न मिल्दैन।

12. असल नियतबाट गरिएको कार्यलाई अपराध मान्न सकिँदैन।

13. डर वा धम्कीको कारणले गरिएका कामलाई अपराध मान्न सकिँदैन।

14. अरूलाई हानी नपुर्‍याउने उद्देश्यले गरिएका कार्यहरूलाई अपराध मान्न मिल्दैन।

15. आफ्नो सुरक्षा वा आत्मरक्षाका लागि गरिएका काम अपराध मानिँदैन।

16. अत्यधिक बल वा अधिकारको प्रयोगलाई अपराध मानिन्छ।

17. मानवीय हानी भएको अवस्थामा कानूनी प्रक्रिया अघि बढाउनुपर्छ।

18. अपराधपीडितले न्यायको माग गर्न पाउने अधिकार हुन्छ।

19. कानूनी रूपले पुष्टि भएमा अपराधीलाई उचित सजाय दिनुपर्छ।

20. कुनै पनि कानूनी कार्य प्रक्रियामा आस्थावान हुनुपर्छ।

अन्य महत्वपूर्ण व्यवस्थाहरू:

कुनै पनि व्यक्तिले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती श्रममा लगाउन पाइँदैन।

कुनै पनि प्रकारको आर्थिक लाभका लागि जबर्जस्ती श्रम गराउन मिल्दैन।

सामाजिक अधिकारको हनन हुने खालका कामहरू गर्न वा गराउन पाइँदैन।

परम्परागत र कानूनी मर्यादाको रक्षा गर्नु कानूनी प्रक्रियामा अनिवार्य मानिन्छ।

सरकारी स्वीकृति विना कानूनी कार्य सञ्चालन गर्न पाइँदैन।

कानूनविपरीत हस्ताक्षर वा स्वीकृतिपत्र लिन वा दिन मिल्दैन।

यो सिद्धान्तले कानूनको पालना, न्यायको रक्षा, र मानवीय हकहरूको संरक्षणलाई प्राथमिकता दिन्छ।

फौजदारि संहितामा उल्लेख भएका  मुख्य कानुनि सजायका व्यावस्था निम्न अनुसार उल्लेख गरिन्छ।

कसैले कुनै अपराधिक षडयन्त्र  गर्नु हुदैन, यस्तो कसुर गर्ने उध्योग र दुरुत्साहान पनि गर्नु हुदैन 

जन्मकैदको सजाय २५ वर्षको हुनेछ

1. देशद्रोह र राजद्रोह

कसैले पनि देशको स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाधीनता प्रतिकूल कार्य गर्न पाउँदैन।

सजाय: पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना।

2. सार्वजनिक सेवा अबरुद्ध गर्ने कार्य

कुनै सार्वजनिक सेवा अबरुद्ध गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।

3. झूटो सूचना फैलाउने

झूटो अफवाह फैलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना।

4. झूटो जानकारी दिनु

सरकारी अधिकारीलाई झूटो जानकारी दिने कार्यमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना।

5. खाद्य पदार्थमा मिसावट

खानेकुरामा मिसावट गरेर बेच्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना।

6. बिक्री गर्न अयोग्य वस्तु बेच्नप्रयोग गर्न नहुने सामान बेच्ने कार्यमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना।

7. पशुपक्षी छाडा छोड्नु

छाडा पशु र पक्षी छोड्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना।

8. सार्वजनिक अश्लीलता

सार्वजनिक स्थलमा अश्लील गतिविधि गर्ने वा अश्लील सामग्री प्रदर्शन गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना।

9. राष्ट्रिय झण्डाको अपमान

राष्ट्रिय झण्डा, गान वा निशानको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।

10. जातीय विभेद र छुवाछूत

जातीय विभेद, छुवाछूत र अन्य भेदभाव गर्ने कार्यमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।

11. महिलामाथि हिंसा

महिला वा बालबालिकामाथि हिंसात्मक कार्यमा तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना।

12. कसुरको कटौती गर्नु

कसुरलाई ढाकछोप गर्ने कार्यमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना।

कसुर लुकाउने वा ढाकछोप गर्ने कार्य

कसैले कसुरलाई ढाकछोप गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय।

2. महिलामाथि जबर्जस्ती गर्ने कार्य

महिलालाई जबर्जस्ती करणी गर्ने वा गर्भावस्थाको समयको ख्याल नगर्ने कार्यमा सात वर्षदेखि जन्मकैदसम्मको सजाय।

3. यौन दुर्व्यवहार वा अप्राकृतिक मैथुन

कसैले बाल यौन दुर्व्यवहार, अप्राकृतिक मैथुन वा यौन दुर्व्यवहार गरेमा तीन वर्षदेखि तीस हजार रुपैयाँसम्म जरिवाना हुने।

4. नापतौलमा कपट

नाप, तौल वा गुणस्तर निर्धारणमा कपट गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना।

5. अनुमतिबिना अरूको सम्पत्ति प्रयोग गर्ने कार्य

दुबै वा बढी व्यक्तिको कुसमझाइमा उपकरण प्रयोग गरेमा दुई वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना।

6. अनुमतिबिना तस्बिर खिच्ने वा बिगार्ने कार्य

कसैले अरूको तस्बिर स्वीकृति बिना खिचेमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना।

7. गालीगलौज वा अपमानजनक व्यवहार

कसैले गाली गरेर अपमान गरेमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना।

8. बिजुली चोरी वा ब्यान्डविथ चोरी

बिजुली र इन्टरनेटको ब्यान्डविथ चोरी गरेमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना।

कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण

  कक्षा ११ पाठ :५ कृषि, उद्योग र निर्माण नेपालको अर्थतन्त्र समयअनुसार बदलिरहेको छ । नेपालको अर्थतन्त्रमा कृषि, उद्योग र निर्माण क्षेत्रह...