कक्षा११ पाठ ४

कक्षा११ पाठ ४

स्थानीय औपचारनौपचारिककारोबार खरिदबिक्रगरिने कार्यलाई कारोबार भनिन्छ । समाजमा यस्ता कारोबारहरू तीन प्रकारका हुन्छन्
(क) स्थानीय कारोबार
स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीँ बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । ऐँचोपैंचो, सरसापट, मेलापात, हारगुहार आदिबाट काम चल्छ । परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा तथा औजारहरू बनाउने, मर्मत गर्ने, खेती गर्ने, पशुपक्षीपालन तथा बिक्रीवितरण जस्ता कार्य पनि स्थानीय कारोबार हुन् । स्थानीय कारोबारलेस्थानीय आवश्यकता पूरा गर्दछ  अनौपचारिक कारोबार भन्नाले त्यस्ता कारोबारहरू पर्दछन् जसलाई कुल राष्ट्रिय उत्पादनमा गणना गरिँदैन ।यस्ता कार्य बाट राज्यलाई कर पनि पनि प्राप्तहुँदैन । सामान्यतया यस्ता कारोबारलाई राज्यले वैध कारोबार मान्दैन तर पनि यस्ताकारोबारहरू समाजमा लुकीचोरी हुने गर्दछन् ।समाजमा ढुकुटी, जुवातास जस्ता अवैध खेलमा पनि ठुलो लेनदेन हुन्छ । गाउँका साहुमहाजनहरूले चर्को व्याजदरमा गाउँका सिधासाधा जनतालाई ऋण लगानी गर्ने कार्य पनि गर्दछन् । घुसखोरी ,अवैध यौनधन्दा, मानव तथा मानव अङ्ग बेचबिखन, लागुऔषध कारोबार, चोरी निकासी, अवैध रूपमा वैदेशिक रोजगारमा पठाउने धन्दा आदि अनौपचारिक कारोबारका उदाहरण हुन् । घरमा गरिने कतिपय कामहरू वैध हुँदाहुँदै पनि पनि राष्ट्रिय उत्पादनमा गणना गरिएको हुँदैन । व्यक्ति भने व्यस्त रहन्छ तर त्यसलाई रोजगारीमा गणना गरिएको हुँदैन । गृहिणी महिलाहरूको काम, बालबच स्याहार्ने काम, घरधन्दाको काम आदि
(ग) औपचारिक कारोबार
कुल राष्ट्रिय उत्पादनमा गणना हुने जति पनि कारोबारहरू हुन्छन् । ती सबै औपचारिक कारोबार<हुन् । यस्ता कारोबारहरू देशको कानुनबमोजिम दर्ता भएर सञ्चालन हुन्छन् । यिनीहरूले राज्यलाई कुनै न कुनै रूपमा कानुनबमोजिम कर बुझाएका हुन्छन् । कृषि, पशुपक्षीपालन, मत्स्यपालन, घरेलु तथा सिपमूलक व्यवसाय, साना व्यवसाय, खुद्रा पसलहरू, ठुला ठुला व्यापार, व्यवसाय, उद्योग आदिलाई<औपचारिक कारोबारमा गणना गरिएको हुन्छ ।स्थानीय कारोबार<स्थानीय आवश्यकता पूरा गर्न मदत पुग्छ ।स्थानीय वस्तु तथा सेवाले बजार<पाउँछ र त्यसको उपयोग हुन्छ ।<राष्ट्रिय उत्पादनमा योगदान दिन्छ ।<सरल र सस्तो कारोबार हुन्छ ।<घरेलु तथा सिपमूलक व्यवसायलाई प्रोत्साहन दिन्छ ।<औपचारिक कारोबारलाई आधार<प्रदान गर्दछ ।<अनौपचारिक कारोबार<कहिलेकाहीं अनौपचारिक कारोबारबाट<स्थानीय आवश्यकता पूरा भएता पनि<कानुनविपरीत हुने हुनाले जोखिमयुक्त<हुन्छ ।<सस्तोमा वस्तु खरिद गर्न पाइए पनि<उपभोक्ताहरू ठगिने सम्भावना उच्च<हुन्छ ।<राष्ट्रिय आयमा कुनै योगदान दिँदैन । उल्टै औपचारिक कारोबारलाई क्षति पत्याउँछ । समाजमा विकृति, विसङ्गति, हिंसा, द्वन्द्व, शोषण, अन्याय, अत्याचार, ठगी, दुर्व्यसन</जस्ता नकारात्मक कुरालाई प्रोत्साहन गर्ने सम्भावना रहन्छ ।औपचारिक कारोबार राष्ट्रिय आम्दानीमा वृद्धि गर्दछ । कानुनबमोजिम कारोबार हुने भएकाले यसका नकारात्मक प्रभाव कम हुन्छ । राजस्वमा वृद्धि हुन्छ । उपभोक्ता वा सरोकारवालाहरू ठगिन पाउँदैनन् । यदि ठगिएमा कानुनी उपचार र क्षतिपूर्ति पाउँछन् । यसले देशको अर्थतन्त्र बलियो बनाउँछ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

कक्षा १२ एकाइ ३ पाठ ३ सिर्जनात्मक चिन्तन सिप