Skip to main content

प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस

 

पाठ:3
प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस
जातिय हिसाबले नेपाल बहुजाती र बहुसंस्कृति भएको देश हो । यहाँ 125 प्रकारका जाति तथा जनजातिहरु र यिनीहरूले बोलने 123 भाषा रहेका छन् । (जनगणना २०६८) धार्मिक हिसाबले नेपालीहरू हिन्दु, बौद्ध, इस्लाम, इसाई, किराँत, सिख आदि धर्म मान्दछन् ।
प्रदेश १कोसामाजिक सास्कृतिक अवस्था
यस प्रदेशमा ब्राह्मण, क्षेत्री, मगर, राई, लिम्बु, लेप्चा, तामाङ, शेर्पा,मेचे, कोचे,सतार, धिमाल, राजवंशी, थारु, आदि जातिका मानिसहरूको बसोबास रहेको छ ।भाषागत
आधारमा मैथिली, चाम्लिङ, वान्तवा, कुलुङ, यम्फू,नेपाली,
याक्खा, लेप्चा, सुनुवार,तामाङ, शेर्पा आदि बोलिन्छन् ।यस प्रदेशमा मनाइने मुख्य चाडपर्वहरु उद्यौली, उभौली, शेर्पाको ल्होसार, मानिरिम्दु, दुम्जी हिन्दुहरुको दशैं, तिहार र मधेसी समुदायको होली छठ जस्ता चाडपर्वहरू मुख्य छन् । यहाँका मुख्य धार्मिक स्थलमा पाथिभरा, माइपोखरी,चतरा धाम, बराह क्षेत्र, हलेसी महादेव बुढासुब्बा आदि प्रमुख रहेका छन् । सन् २०१९ को UNDP प्रतिवेदन अनुसार यस प्रदेशको मानव विकास संचाइक ०.५८ रहेको छ ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }