Skip to main content

विकास भन्नाले के बुझिन्छ?

 विकास भन्नाले के बुझिन्छ?

सामाजिक, आर्थिक र वातावरणीय पक्षमा आएको सकारात्मक र प्रगतिउन्मुख परिवर्तनलाई विकास भनिन्छ । सन् १९५० पश्चात् विकासका विभिन्न अवधारणाहरु अवलम्बन गरिदै आएका छन् । ५० को दशकमा आर्थिक
वृद्धिलाई विकाससँग जोडेर हेर्ने गरियो । विभिन्न अवधारणा हुँदै सन् १९९० को दशकमा मानिसको समग्र विकास नै वास्तविक विकास हो भन्ने मानव विकासको धारणा आयो जुन अहिले सम्मको विकास सम्बन्धि अतिम अवधारणा बनेको छ ।
विकासका सूचक
उच्च प्रतिव्यक्ति आय
उच्च राष्ट्रिय आय
उच्च मानव विकास सूचकाङ्क
उच्च जीवनको भौतिक गुण
आधारभूत आवश्यकताको परिपूर्ति
गरिबी बेरोजगारी र असमानतामा कमी
मानव कल्याणमा वृद्धि
सम्पदाको उचित प्रयोग तथा संरक्षण
वातावरणीय सन्तुलन
मानव खुसी
नेपालको अर्थतन्त्र
नेपालले मिश्रित आर्थिक प्रणालीलाई अवलम्बन गरेको छ । नेपालको अर्थतन्त्रका प्रमुख आधारहरु कृषि, उद्योग, व्यापार, पर्यटन र वैदेशिक रोजगारि आदि हुन् । अर्थ मन्त्रालय २०७८ का अनुसार आर्थिक वर्ष २०७६/७७
मा कृषि क्षेत्रको योगदान कूल मूल्य अभिवृदिमा २६.४ प्रतिशत र कुल गार्हस्थ उत्पादनमा ३०.७ प्रतिशत रहेको थियो । यस्तो तथ्याङ्‌क गैर कृषि क्षेत्रका लागि क्रमश: ७४.२ प्रतिशत र ६४.३ % रहेको देखिन्छ

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...