बौद्धिक चोरी सम्बन्धि कानुनी व्यवस्था

 बौद्धिक चोरी सम्बन्धि कानुनी व्यवस्था

नेपालको संविधानको धारा २५ मा बौद्धिक सम्पति लगायत अन्य सम्पति
आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने
अधिकारको व्यवस्था गरिएको छ । त्यस्तै प्रतिलिपि अधिकार ऐन २०५९ले
किताब, पर्चा, लेख, सोधपत्र, नाटक, गित सङगित, सभ्य दृश्य, Architectual
चित्रकला, वेन्टिङ, मूर्तिकला, काळकला, फोटोजन्य रचना, वैज्ञानिक लेख,
प्रोग्राम जस्ता आदि सिर्जनालाई रचना अनि परिभाषित गरेको छ ।
सो ऐनले यस्ता रचना अनुपयुक्त तरिकाले प्रयोग गरेमा तेस्ता व्यक्ति लाई कसुरको मात्रा अनुसार रु 10,000 देखि 100,000 सम्मको जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुने व्यवस्था गरेको छ । सोही कार्य दोस्रो पटक देखि पटकै पिछे रु २०००० देखि २००,००० सम्म जरिवाना वा १वर्ष सम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ। त्यसैगरि, यस्ता रचना प्रकाशन वा पूनरउत्पादन वा वितरण गरेको र पूनरउत्पादन गर्न प्रयोग गरिएका सामानहररु
जफत गरिन्छ । यस बाहेक यस्तो कार्य गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई नोक्सानीको क्षतिपूर्ति समेत उपलब्ध गराईदिनु पर्ने व्यवस्था छ।

Comments