Skip to main content

नेपालमा सहरीकरणको प्रवृत्ति

 नेपालमा सहरीकरणको प्रवृत्ति

सन् १९५२-५४ मा नेपालको २.१% सहरी जनसंख्या थियो यो जनसङ्ख्या सन् १७७१मा ४.१%, सन् १९९१ मा ७.२%, सन् २०११मा १७% सहरी जनसङ्ख्या रहेको थियो। । सन् १९५२-५४ मा १० वटा नगरपालिका रहेकोमा हाल २९३ नगरपालिका पुगेका छन । नेपालको सन् २०१४ मा ३८.२% सहरी जनसङ्ख्या रहेकोमा हाल यो सङ्ख्या ६२.२% पुगेको छ।(तथ्याङ्क विभाग २०१८ )
नेपालमा सहरीकरणको दर विश्वका अन्य देशहरुको तुलनामा निकै कम देखिन्छ । नेपालमा सहरको सुरुवात काठमाडौँ उपत्यकाबाट भएको मानिन्छ । काठमाडौँ बाहिर पहाडी क्षेत्रमा व्यापारीक मार्ग, सदरमुकाम र विभिन्न किल्लाहरुमा सहरीकरण भएको देखिन्छ ।
नेपालमा सहरीकरणका प्रवृत्ति निम्नानुसार छन् :
सहरिकरणको जग नेपालमा कृषि अर्थतन्त्र र खाधन्न बचतमा बसेको देखिन्छ ।
प्राचीन सहरहरुको विकासमा गैर कृषि व्यवसाय, श्रम विभाजन,शैनिक तथा प्रशासनिक सेवाको विस्तारले योगदान दिँदै आएको पाइन्छ ।
भारतीय रेल मार्गको विस्तार नेपालको सिमानासम्म भएपछि तराई क्षेत्रमा विराटनगर, जनकपूर, विरगञ्ज, भैरवहा, नेपालगञ्ज, धनगढी आदी स्थानमा सहरीकरणको विकास हुन पुग्यो ।
सन् १९५० देखि १९६० को बिचमा औलो अमुलनसँगै तराई क्षेत्रमा सहरीकरणको प्रकृया सुरु भयो ।
सन् १९७० को दशकमा पूर्व पश्चिम राजमार्गको विकास सँगै यसको आसपासमा बस्ती बिस्तार हुन गई नयाँ सहरहरूको निर्माण हुन पुग्यो ।जस्तै: काँकडभिट्टा, बिर्तामोड, दमक, इटहरी, लाहान, हेटौँडा, भरतपूर, बुटवल,
कोहलपुर, अतरिया आदि।
नेपालमा क्षेत्रिय विकास केन्द्र, जिल्ला सदरमुकाम, प्रमुख व्यापारिक केन्द्र र उत्तर दक्षिण जोड़ने राजमार्गको निर्माण सँगै बस्ती बिस्तार हुन गई सहरीकरणको प्रक्रिया तिव्र हुँदै गएको छ।
हिमाली क्षेत्रमा हवाई यातायातसँग जोडिएका स्थान र जिल्ला सदरमुकाममा साना सहरी केन्द्रहरु विकास हुँदै गएका छन् ।
नेपलमा भौगोलिक प्रदेश अनुसार हिमाली क्षेत्रमा ११.६% नगरपालिका रहेका छन् । पहाडी क्षेत्रमा ३३.४%  भित्री मधेसमा 9.9% र तराईमा ५१.५% नगरपालिकाहरु रहेका छन्।प्रदेश अनुसार सबैभन्दा धेरै नगरपालिका मधेस प्रदेश  २६.3%, क्रमशः प्रदेश १ १६.७%, बाग्मती प्रदेश १५·४%, लुम्बिनी १२.३%, सुदूरपश्चिम ११.६%, गण्डकी ९.२% र कर्णाली ८.५% रहेका छन् ।
सन् २०११ को जनगणना जनगणनादेखी हिमाली क्षेत्रमा' खाँदबारी र भिमेश्वरी नगरपालिका थपिएको देखिन्छ ।यो क्रम पहाडी क्षेत्रमा ४७.७% र तराई क्षेत्रमा ५२.६% रहेको देखिन्छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...