कर्णाली प्रदेशको सामाजिक सास्कृतिक अवस्था
यो प्रदेश खस आर्यहरूको उद्गम स्थल मानिन्छ । ब्राह्मण, क्षेत्री,थारु, ठकुरी, डोल्पो, मुगाली, गुरुङ, नेवारी आदि जातिका मानिसहरुको बसोबास रहेको छ । यहाँ खस, नेपाली,गुरुङ, तिब्बती मगर, थारु, डोल्पो, मुगाली,भाषा बोलिन्छ । दुशैँ, तिहार, लहोसार यहाँका प्रमुख चाड हुन्। चन्दननाथ, देउति बझै कालिका मालिका, मष्टा, हाल्जी बौद्ध गुम्बा, ज्वाला देवी काक्रे विहार, त्रिपुरासुन्दरी, आदि प्रमुख धार्मिक स्थल हुन हिन्दु, बौद्ध,मुस्लिम, इसाई धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । यो प्रदेशको HDI 0.53 रहेको छ ।
सदरपश्चिम प्रदेशकोसामाजिक सास्कृतिक अवस्था
यस प्रदेशमा मुख्य गरि क्षेत्रि, ब्राह्मण, ठकुरी, थारु, दलित आदि मिश्रित जातिहरुको बसोबास रहेको छ । यस प्रदेशमा हिन्दु (97.2%.). बौद्ध, इसाई, इस्लाम, प्रकृति र अन्य धर्म मान्ने मानिसहरू रहेका छन ।यहाँका प्रमुख भाषाहरुमा डोटेली, नेपाली, थारू, बैतडेली, अक्षामी,बझाङी, मगर आदि प्रमुख छन् । यस प्रदेशको औसत शाक्षत्ता दर 63% रहेको रहेको छ । यस प्रदेशको मानव विचाक सुचाङ्क 0.54 रहेको छ यहाका प्रमुख चाडपर्वहरुमा गौरा पर्व, वडकाइतावर, दशैं तिहार आदि मनाइन्छ । यस प्रदेशका प्रमुख धार्मिक स्थलहरूमा उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडिमालिका, बैजनाथ आदि प्रमुख छन यस प्रदेशमा देउडा नाचको ठुलो सामाजिक, सांस्कृतिक महत्व रहेको छ।
Comments
Post a Comment