Skip to main content

परिवार र पारिवारिक आदर्श

 परिवार र पारिवारिक आदर्श

परिवार समाजको आधरभूत संस्था हो । सामाजिक सम्बन्धहरूको विकास कस्तो हुने भन्ने कुरा परिवारको स्वरूप र भूमिका कस्तो छ भन्ने कुरा त्यसले निर्धारण गर्दछ  सामाजीकिकरण र संस्कृतिकरणमा पनि परिवारको महत्त्वपूर्ण भूमिका छ । एउटा आदर्श परिवार कस्तो हुनुपर्छ भन्ने मान्यताको निर्धारणमा धर्म, संस्कृति, दर्शन र अर्थत्रन्त्रको ढाचा आदिको प्रत्यक्ष प्रभाव परेकोहुन्छ । हिन्दू समाजमा समाज र राष्ट्रको लागि परिवारको महत्वलाई गृहस्थाश्रमको महिमा मार्फत बताइएको छ । व्यक्तिको जीवनशैली, सोच, दृष्टिकोण, चरित्रको निर्माणमा परिवारको प्रभाव पर्दछ । आधुनिकता, प्रविधिको प्रयोग, रोजगारी,विश्वव्यापीकरण, स्व संस्कृतिकरण, पर संस्कृतिकरण, बसाइसराई आदि जस्ता कारणहरुले पारिवारिक संरचना, स्वरुप र सामाजिक सम्बन्धमा परिवर्तन आएको छ।सामाजिक अन्तरनिर्भता मानिस आफैमा पूर्ण आत्मनिर्भर हुन सक्दैन । आफ्ना आवश्यकता परिपूर्ति गर्न अरु व्यक्तिहरुसँग निर्भर रहनु पर्दछ यस्तो सामाजिक अवस्थालाई सामाजिक अन्तरनिर्भता भनिन्छ परम्परागत समाजमा कुल कुटुम्ब र आफन्तहरू सहितको अन्तरसम्बन्ध लाई महत्व दिएको देखिन्छ । विदुर नितीमा कुल भन्दा ग्राम ठुलो बताउने श्लोक रहेको छ । चाणक्य नितीको एउटा श्लोकले धेरै कुलहरु मिलेर ग्राम बनेको देखाउँछ सामाजिक अन्तरनिर्भतालाई व्यवस्थित गर्न वर्णाश्रम व्यवस्थाको उल्लेख गरिएको छ । गुण र कर्मका आधारमा वर्ण व्यवस्था गरिएको थियो भने उमेरको अवस्था अनुसार श्रम विभाजन गरिएको थियो । वर्ण व्यवस्थामा शिक्षा, र ज्ञानमा केन्द्रित हुने समूह प्रशासन, व्यवस्थापन र आवश्यकता अनुसार युद्धमा भाग लिने समूह कृषि, पशुपालन, शिल्प  व्यापार आदि कार्य गर्ने समूह र सेवा मुलक कार्य गर्ने समूह गरि चार समूहमा विभाजन गरिएको थियो ।
प्राचिन कालमा जस्तै आधुनिक कालमा सामाजिक अन्तरनिर्भता, शिक्षा,सिप, योग्यता र दक्षताको आधारमा भएको देखिन्छ । प्राचिन कालमा समुदाय तथा समाजहरू आर्थिक हिसाबले अन्तरनिर्भर थिए भने आधुनिक कालमा पारस्परिक निर्भता बनेको देखिन्छ । अन्तर्राष्ट्रिय व्यावार, पर्यटन, वैदशिक रोजगारी, यातायातका साधनको विकास प्रविधि सञ्चार आदिका कारणले समाजलाई अन्तरनिर्भर बनाएको देखिन्छ । अनलाईन कारोबारको सुविधा, उपभोगवाद,आयात निर्यात बसाइसराई आदिले गर्दा पारस्परिक निर्भतालाई झन विस्तार गरेको छ राजनैतिक दल, गैर सरकारी संस्थाहरू व्यापारिक सम्बन्ध व्यावसायिक संगठन आदिले पनि सामाजिक अन्तरनिर्भगमा प्रत्यक्ष प्रभाव पारेका छन्

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...