Skip to main content

बागमती प्रदेशको आर्थिक अवस्था

 ३. बागमती प्रदेशको आर्थिक अवस्था

बागमती प्रदेश नेपालको प्रमुख आर्थिक केन्द्र हो । यस प्रदेशको सन् २०१९ / २० मा कुल ग्रार्हस्थ

उत्पादनमा ३१.९ प्रतिशत योगदान रहेको छ भने ६० प्रतिशतभन्दा धेरै मानिस कृषि पेसामा लागेको

देखिन्छ । बागमती प्रदेशमा धान, मकै, गहुँ, कोदो, फापर, दलहन, तेलहन बाली उत्पादन हुन्छन् । बागमती प्रदेश फलफूल, तरकारी, मासु र दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुखरहेको छ ।

बागमती प्रदेशमा बालाजु, पाटन, भक्तपुर र हेटौँडामा औद्योगिक क्षेत्रहरू रहेका छन् ।

बागमती प्रदेशकाकाठमाडौँ, नारायणगढ, वनेपा, हेटौँडा प्रमुख व्यापारिक केन्द्रहरू हुन् । रसुवागढी र

तातोपानी नाका यस प्रदेशका प्रमुख व्यापारिक नाकाहरू । यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

अन्तर्राष्ट्रिय व्यापार हुन्छ ।

बागमती प्रदेशमा प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले पर्यटन उद्योगको विकासको सम्भावनावृद्धि गरेका छन्। यहाँ विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर, चाँगु नारायण, बौद्धस्तूप, दरबारस्क्वायरहरू र राष्ट्रिय निकुञ्ज रहेका छन् । शिवपुरी राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज यसै प्रदेशमा पर्छन्

यो प्रदेश विद्युत् उत्पादनमा पनि अगाडि रहेको छ । यहाँ भोटेकोसी, तामाकोसी, चिलिमे, सुनकोसी,

त्रिशूली, देवीघाट, कुलेखानी पहिलो र दोस्रो आदि ठुला र साना जलविद्युत् आयोजनाहरू सञ्चालन

भइरहेका छन् ।

बागमतीप्रदेश सडक र हवाईमार्गको पूर्वाधारमा सम्पन्न छ । यो प्रदेशसँग देशका सबै प्रदेश र अन्तर्राष्ट्रिय

देशहरूसँग हवाई सेवा जोडिएका छन् । यस प्रदेशमा त्रिभुवन राजपथ र दक्षिणकाली हेटौंडा राजमार्गले

तराई, पृथ्वीराजमार्गले बागमति र गण्डकी प्रदेशमा केहीपहाडी जिल्लाहरूमा सडक यातायातमा सहज

बनाएको छ। अरनिको राजमार्ग र पासाङ ल्हामु राजमार्गले चीनसँगको कोदारी र रसुवागढी नाकासँगको

सम्पर्क जोडेको छ । बी. पी. राजमार्गले काठमाडौँ उपत्याका र पूर्वी पहाड र तराईसँगको सम्पर्कलाई

नजिक बनाएको छ । यहाँका निर्माणाधीन काठमाडौँ तराई द्रुतमार्ग, थानकोट नौबिसे सुरुङ मार्गले यस

प्रदेश र समग्र देशकै आर्थिक समृद्धिको सम्भावना बोकेका छन् ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...