Skip to main content

मध्यकालीन र वर्तमान नेपाली समाजमा कुन कुन कुरामा समानता र कुन कुन कुरामा भिन्नता पाइन्छ ? कुनै पाँच समानता र पाँच भिन्न पक्षहरुको सूचि बनाउनुहोस ।

 

लामो उत्तर दिनुहोस् :
१. मध्यकालीन र वर्तमान नेपाली समाजमा कुन कुन कुरामा समानता र कुन कुन कुरामा भिन्नता पाइन्छ ? कुनै पाँच समानता र पाँच भिन्न पक्षहरुको सूचि बनाउनुहोस ।
उत्तर: मध्यकालीन र वर्तमान नेपाली समाजका समानता र भिन्नता यस प्रकार रहेका छन् :
समानताहरू:
मध्यकालमा प्रचलित विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक, साहित्यिक,जात्रा, पर्व र कला आधुनिक कालमा पनि प्रचलित छन् ।
• मध्यकालमा विकास भएका मूर्तिकला, चित्रकला, वास्तुकला, आधुनिक कालमा परिस्कृत हुदै व्यावसायिककरणको विकास भएको छ ।
• मध्यकालमा सञ्चालित कपडा उद्योग, धातु उद्योग, खानी उद्योग,काष्ठ उद्योग लगायत विविध उद्योगहरू आधुनिक कालमा निरन्तर सञ्चालन भइरहेका छन् ।
•मल्लकालमा विकास भएको मानिसको मुख्य पेसा कृषि र पशुपालन थियो जुन आधुनिक कालमा पनि आम्दानीको मुख्य स्रोत रहेको छ ।
• वर्ण व्यवस्थामा आधारित सामाजिक विशेषता जसलाई जयस्थिति मल्लले मध्यकालमा व्यवस्थापन गरेका थिए, तिनै सामाजिक विशेषता र वर्ण व्यवस्था आधुनिक समाजमा पनि प्रचलनमा छन् ।
भिन्नताहरू :
• मल्लकालिन समाजमा श्रमको विभाजन परम्परागत जातिय आधारमा थियो तर आधुनिक समाजमा श्रमको विभाजन योग्यता, दक्षता र क्षमताको आधारमा भएको देखिन्छ ।
• मध्यकालिन समाजमा मानिसहरूको आम्दानीको
पशुपालन मुख्य थियो भने आधुनिक समाजमा मानिसहरुको आम्दानीको श्रोत कृषि र पशुपालन थियो भने आधुनिक समाजमा मानिसको आम्दानि को श्रोत उद्योग धन्दा र व्यावसाय बन्न पुगेको छ।
• मध्यकालिन समाजमा राजनितिक व्यवस्था अत्यन्तै अस्थिर र साना साना राज्यहरूमा देश विभाजित हुन पुग्यो भने आधुनिक कालमा नेपाल एकिकरण भई स्थीर राजनीतिक व्यवस्था कायम रहेको छ ।
• मध्यकालिन समयमा विज्ञान र प्रविधिको विकास खास हुन सकेको थिएन तर आधुनिक कालमा विज्ञान र प्रविधिले फड़को मारेको छ
• मध्यकालीन समयमा कानुनको शासन, अधिकार र कर्तव्य जस्ता कुराहरुमा राजनीतिक चेतनाको विकास भएको थिएन तर आधुनिक कालमा संविधान, कानुन, मानव अधिकार, मौलिक अधिकार, प्रजातन्त्र  स्वतन्त्रता जस्ता अवधारणाहरुको व्यापक प्रयोग र विकास भएको छ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...