एकाई- १०
पाठ- १
नेपालको अर्थतन्त्र र विकास
अर्थतन्त्र भन्नाले के बुझिन्छ?
अर्थतन्त्र भन्नाले उत्पादन, उपभोग विनिमय, वितरण तथा राजस्वको अन्तरसम्बन्धित क्रियाकलापहरुको समस्टिगत संरचना हो । यसले दुलर्भ
साधनहरूको उचित वितरण र सदुपयोग द्वारा मानवीय आवश्यकता पूरा गर्ने उद्देश्य लिएको हुन्छ । वर्तमान समयमा पूँजीवादी, समाजवादी र मिश्रित गरि तिन प्रकारका आर्थिक प्रणालीहरु रहेका छन् :
१) पूँजीवादी अर्थ व्यवस्था
पूँजीवादी अर्थ व्यवस्था भन्नाले अहस्तक्षेपकारी, सरकारी भूमिका, माग र पूर्तिको अन्तरक्रियाबाट मूल्य निर्धारण र निजी क्षेत्रको प्रमुख भूमिका रहने स्वतन्त्र आर्थिक प्रणालीलाई जनाउँछ ।
समाजवादी अर्थ व्यवस्था
यो अर्थ व्यवस्था राज्यद्वारा पूर्ण रुपमा नियन्त्रिण तथा निर्देशित,निजी क्षेत्रको कुनै भूमिका नरहने, सरकारले योजनाबद्ध रुपमा सम्पूर्ण आर्थिक समस्याको समाधान गर्ने आर्थिक प्रणाली हो । यसलाई केन्द्रिय योजनाबद्ध अर्थ व्यवस्था पनि भनिन्छ ।
३) मिश्रित अर्थ व्यवस्था
पूँजीवादी तथा समाजवादी अर्थ व्यवस्थाका राम्रा पक्षलाई समावेश गरी बनाइएको आर्थिक प्रणालीलाई मिश्रित अर्थ व्यवस्था भनिन्छ ।
Comments
Post a Comment