बसाइँ सराइँ भन्नाले के बुझिन्छ?

 पाठ ५.

बसाइँ सराइँ: अवधारणा, विशेषता र प्रभाव
बसाइँ सराइँ भन्नाले के बुझिन्छ?
एक भौगोलिक क्षेत्रबाट अर्को भौगोलिक क्षेत्रमा व्यक्तिले स्थाइ वा अस्थाइ रुपमा आफ्नो बसोबास परिवर्तन गर्ने प्रक्रियालाई बसाइँ सराइँ भनिन्छ । बसाइँ सराइँ हुनका लागि भौगोलिक क्षेत्र र बसोबासको स्थान परिवर्तन हुनु पर्दछ ।
बसाइँ सराइँ सम्बन्धी अवधारणा
बसाइँ सराइँको धार
एक निश्चित समय अवधिमा बसोबासका लागी एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने मानिसहरुको प्रवाहलाई बसाइँ सराइँको धार भनिन्छ ।
बसाइँ सराइँको अन्तराल
बसाइँ सराइँ सम्बन्धी तथ्याङ्क लिनका लागि निश्चित समयको आवश्यकता पर्दछ । तसर्थ विशेष समयावधिसँग  सम्बन्धित बसाइँ सराइँलाई यसको अन्तराल भनिन्छ ।
उत्पत्ति र गन्तव्यस्थान
बसाइँ सराइँ गर्ने व्यक्तिको प्रवाह हुने श्रोतलाई उत्पत्ति स्थान र बसाइँ सराइँ गर्ने मानिसको प्रवाह रोकिने स्थानलाई गन्तव्य स्थान भनिन्छ।
गन्तव्य स्थलसम्म प्रवाह हुने बाटोलाई माध्यम भनिन्छ ।
बसाइँ सराइँ गर्ने व्यक्ति (Migrant)
व्यक्ति देश छोडेर बाहिर बसाइँ सराइँ गर्छ भने यो प्रक्रियालाई उत्प्रवासन भनिन्छ ।र व्यक्ति बसाइँ सराइँ गरेर देश भित्र आउने प्रक्रियालाई आप्रवासन भनिन्छ। यसरी बसाइँ सराइँ गरि आउने र जान संलग्न हुने व्यक्तिलाई बसाइँ सराइ गर्ने व्यक्ति भनिन्छ ।

Comments