Skip to main content

शिक्षामा समावेशिता

 शिक्षामा समावेशिता

UNESCO का अनुसार सिकाई, संस्कृति र
समुदायको सहभागितामा वृद्धि तथा शिक्षामा भएको वहिष्करणलाई घटाउने र निमूल पान प्रकृया नै समावेशिता हो ।
नेपालमा शिक्षामा पहुँच र समावेशिता
समावेशि शिक्षा नेपालमा सन् २००० मा 'सबैका लागि शिक्षा' कार्यक्रम सगैं भित्रीएको हो । सन 2011 देखि नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूका
अधिकार तथा शैक्षिक अवसरका लागि विद्यालय सुधार कार्य भई रहेको छ। विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुले शिक्षामा समावेशिता र पहुँच विकास गर्ने नीति ल्याए सँगै नेपाल सरकारले पनि अवलम्बन गर्दै आएको छ । सन्  १९८९ मा बाल अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धिले सबै बालबालिकाहरुलाई निःशुल्क प्राथमिक शिक्षा पाउने अधिकारको व्यवस्था गरेको छ । यसैगरि सन् २०३० सम्ममा सबै बालबालिकाहरुलाई नि: शुल्क, समतामुलक तथा गुणस्तरीय प्राथमिक तथा माध्यमिक शिक्षा पूरा गर्ने सुनिश्चित गराउने भनेको छ ।
नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुलक तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक प्रदान गरिएको छ । हाल नेपालमा विशेष आवश्यकता भएका व्यक्तिहरूका लागि दुई तरिकाले शिक्षा प्रदान गरिएको छ । पहिलो तरिकालाई छुट्याउने
विधि भनिन्छ । यसमा विशेष आवश्यकता भएका व्यक्तिहरुका लागि छुट्टै विद्यालय वा कक्षाको व्यवस्था गरिएको हुन्छ । दोस्रो विधि समावेशी विधि हो
यसमा विशेष आवश्यकता भएका बालबालिकाहरुलाई सामान्य बालबालिकाहरु सँग राखेर शिक्षण गरिन्छ । तर उनीहरुलाई विशेष सहयोग जस्तै दृष्टिविहिनका लागि ब्रेल पाठ्यपुस्तक, ब्रेल लिपीमा परिक्षा दिने व्यवस्था र ब्रेल लिपी जान्ने शिक्षक उपलब्ध गराइएको हुन्छ । यसरी नेपाल सरकारले शिक्षामा पहुँच र समावेशिता वृद्धि गर्दै सबैका लागि समावेशी शिक्षा भन्ने सिद्धान्तलाई लागु गर्दै आएको छ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...