Skip to main content

गोपाल र किराँतकालीन नेपालको सामाजिक र आर्थिक अवस्था वर्णन गर्नुहोस्:

 

लामो उत्तर दिनुहोस् :
गोपाल र किराँतकालीन नेपालको सामाजिक र आर्थिक अवस्था वर्णन गर्नुहोस्:
उत्तर  गोपालकालीन नेपालको सामाजिक र आर्थिक अवस्था ऐतिहासिक तथ्य र प्रमाणका आधारमा गोपालहरुको सामाजिक,राजनीतिक एवम आर्थिक अवस्थाको बारेमा खासै अध्ययन र खोजी हुन सकेको छैन गोपालहरू भगवान श्रीकृष्णसँगै नेपाल प्रवेश गरेकाले उनीहरूले हिन्दू धर्म मान्थे भन्न सकिन्छ। त्यसैगरी जीविकाका लागि गोपालहरुले गाई पाल्ने गर्दथे ।
किराँतकालीन नेपालको सामाजिक र आर्थिक अवस्था
किराँतकालीन नेपाली समाज पितृसत्तात्मक थियो । त्यसबेलाको समाजमा विभिन्न जातजातिका मानिसहरु जस्तै लिच्छवि, कोली, मल्ल शाक्य आदि नेपाल प्रवेश गरेका थिए । किराँतीहरु हिन्दू धर्म मान्थे ।उनीहरुले भगवान शिवलाई किरातेश्वर महादेवका रूपमा पूजा गर्दथे।
यसबाहेक प्रकृतिका रुख, नदी, सूर्य, पहाडा आदिलाई पनि उनीहरुले ईश्वरका रुपमा पूजा गर्दथे ।
किराँतकालीन नेपालको आर्थिक अवस्था मजबुत थियो भन्ने कुरा कौटिल्यको अर्थशास्त्र र विभिन्न ग्रन्थहरूमा उल्लेख भएका प्रसङ्गहरुबाट पुष्टि हुन्छ । किराँतकालमा नेपालमा उत्पादित उन र उनीका कपडा तथा गलैचाहरु भारत र तिब्बतमा समेत बिक्रि गरिन्थ्यो ।
किराँतकालीन नेपालको मुख्य पेसा कृषि थियो ।
धान, गहुँ, मकै, कोदोलगायतका बालीहरुको उत्पादन तथा
भेडाबाख्रा,गाई, भैसी पालन प्रमुख कृषिकर्म थिए । उपत्यकाका शङ्खमुल,खोपासि, साँगा, थानकोट, टेक आदि स्थानमा बाक्लो वस्तीसहितका सहरहरू थिए । काठमाडौँमा पानी ट्याङ्की निर्माण गर्ने, इँटा तथा ढल निकास गर्ने सिप किराँतहरुले नै भित्र्याएका थिए।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...