आर्थिक अन्तरसम्बन्ध
नेपाली नागरिकले कुनै पनि भागमा पेसा, रोजगार उद्योग व्यापार र व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । प्रदेशमा उपलब्ध स्रोत, साधन र आर्थिक विकासको प्रतिफल न्यायोचित वितरण गर्नुपर्छ । यसका लागि औद्योगिक विकास र निर्यात गर्दै वस्तु तथा सेवाको बजार विविधीकरण र विस्तारकालागि अन्तरप्रदेशिक सम्बन्धले महत्त्वपूर्ण भूमिका खेल्दछ। औधोगिक विकास, विशेष आर्थिक क्षेत्र, राष्ट्रिय तथा निजी परियोजना मार्फत आर्थिक विकासलाई गतिशिलता प्रदान गर्न अन्तरप्रदेशिक आर्थिक सम्बन्ध आवश्यक हुन्छ ।
वातावरण संरक्षण र सम्बर्धन
तिव्र सहरिकरण र औद्योगिकिकरण भएका क्षेत्रले कार्बन उत्पादन गरि वातावरण बिनाश गरिरहेका छन भने विकासका दृष्टिले पछाडि परेका प्रदेशले हरियाली जोगाएर सन्तुलित र अनुकूलित कार्बन उत्पादनलाई बढाउन मद्दत गरिरहेका छन् । यस्ता प्रदेशले वातावरण जोगाउन निर्वाह गरेको भूमिकालाई दृष्टिगत गर्दै कार्बन व्यापार गर्न पनि अन्तर प्रादेशिक सम्बन्ध आवश्यक हुन्छ ।
Comments
Post a Comment