Skip to main content

गाउँ सहर सम्बन्ध भन्नाले के बुझिन्छ?

 पाठ ३

गाउँ सहर सम्बन्ध र
जीविकोपार्जन
गाउँ सहर सम्बन्ध भन्नाले के बुझिन्छ?
गाउँ सहर सम्बन्ध भन्नाले गाउँ र सहरबिच हुने वस्तु, सेवा, व्यक्ति,सूचना, सामाजीक, सांस्कृतिक सम्बन्ध आदीको आदान प्रदानलाई जनाउँछ । तसर्थ ग्रामिण क्षेत्र र सहरबिचको कार्यात्मक सम्बन्धलाई गाउँ सहर सम्बन्ध भनिन्छ । देशको सन्तुलित र दिगो विकासको लागि गाउँसहर सम्बन्ध अपरिहार्य हुन्छ । यो सम्बन्धले सहर र गाउँ बिचको आर्थिक सम्बन्धलाई एकिकरण गर्दछ । गाउँलाई शहरको एक पृष्ठक्षेत्रका रुपमा हेर्ने गरिन्छ । यस्तो सम्बन्धले ग्रामीण क्षेत्रलाई उत्पादन र उपभोग दुवैको केन्द्र बनाउन जोड दिन्छ । गाउँको जीवनशैली कृषिमा आधारीत छ सहरी अर्थतन्त्र उद्योगधन्दा,कल कारखाना, व्यापार व्यवसाय र सेवामूलक क्षेत्रको व्यापक विस्तारमा केन्द्रित छ गाउँमा उत्पादीत सभोग्य वस्तुहरू विक्री हुन्छ भने सहरले वस्तु तथा सेवाको वितरण गाउँसम्म विस्तार गर्दछ तसर्थ गाउँको विकास लागि शहरले ग्रामीण उत्पादन र श्रमशक्तिको माग स्रीजना गर्नु पर्दछ ग्रामिण उत्त्पादनलाइ
बजार र उद्योगसँग आबद्ध गराई सामाजीक र आर्थिक रुपान्तरणको वातावरण बनाउनु पर्छ । यसरी गाउँ र सहरबिचको दोहोरो अन्तरक्रियात्मक सम्बन्धले देशको अर्थतन्त्रलाई सुदृढ र आत्मनिर्भर बनाउन महत्वपूर्ण
भूमिका खेल्दछ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...