एकाइ - 9
पाठ १
सहरीकरण: अवधारणा र विश्वव्यापी प्रवृत्ति
मानिसहरुको बसोबास भएको स्थानलाई बस्ती भनिन्छ । बस्ती ग्रामीण र सहरी गरि दुई प्रकारका हुन्छन् । उच्च जनसङ्ख्या, केन्द्रिय सेवा सुविधा,गैरकृषि व्यवसाय र पेसामा विविधिकरण भएको स्थानलाई सहर भनिन्छ ।
विद्वान स्टेफिन एम ग्राम्स का अनुसार बस्तीमा एकल परिवार, बसोबास देखि ठूला सहरहरु समावेश हुन्छन् । उनका अनुसार जनसंख्याको वितरणलाई सहरीकरणको मुख्य आधार मानिएको छ । जहाँ एकल बस्तीमा एकल
परिवार हुन्छ, बस्ती (Hamiet) मा १० देखि १०० जनसंख्या रहन्छ, गाउँ (Village) मा १०० देखि २५०० जनसंख्या रहन्छ, साना सहर (Small Town २५०० देखि २५००० जनसंख्या, ठुला सहर large Town२५,००० देखि १५०,००० जनसंख्या सहन्छ, सहर (City) १५०,००० देखि ५००,००० जनसंख्या रहन्छ , उपनगरीय
बिस्तार २ मिलियन भन्दा माथि जनसंख्या र बृहत, सहर १० मिलियन भन्दा माथि जनसंख्या हुने उल्लेख गरेका छन् अग्रेजी शब्द 'City' को नेपाली रूपान्तरण 'सहर' हो । यो शब्द ल्याटीन भाषाको 'Cvitas' शब्दबाट उत्पति भएको हो । यसको शाब्दीक अर्थ नागरिकहरुको समुदाय भन्ने हुन्छ।
Comments
Post a Comment