अन्तरप्रदेशिक सम्बन्धका आयामहरू भन्नाले के बुझिन्छ ?

 

पाठ ५
अन्तरप्रादेशिक सम्बन्धका आयामहरू
अन्तरप्रदेशिक सम्बन्धका आयामहरू भन्नाले के बुझिन्छ ?
एक प्रदेशबाट अर्को प्रदेशमा व्यक्तिको आवगमन, यातयात सञ्चालन र वस्तु तथा सूचना सञ्चारका लागि कुनै वाधा, अवरोधको नहुने अवस्थालाई अन्तरप्रदेशिक सम्बन्ध भनिन्छ । नेपालमा प्रदेशहरू प्राकृतिक स्रोत,वातावरण, सामाजिक, सांस्कृतिक, आर्थिक र, यातवात तथा सञ्चारका आधारमा अन्तरसम्बन्धित छन् । प्रदेशको सिमाङ्कन नदी र जलाधार क्षेत्रबाट गरिएको छ  यसले प्रदेशको भौगोलिक र सांस्कृतिक विशेषतालाई स्पष्ट पारेको छ कतिपय प्रदेशको एउटै साझा नदी छ। नदीको पानी उपयोग गर्ने सवालमा प्रदेश बिच दोन्ध हुनसक्छ । एक प्रदेशबाट अर्को प्रदेशमा निर्वाध रुपले हुने यातयात
र वस्तु निकासीमा अवरोध आउन सक्छ । त्यसैले यि सबै समस्यालाई सम्बोधन गर्न अन्तरप्रादेशिक सम्बन्धको आवश्यकता पर्दछ
नेपालको संविधानको भाग ५मा राज्यको संरचना र राज्य शक्तिको बाडफाड तथा सङ्घ प्रदेश र स्थानीय तह बिचको सम्बन्धको व्यवस्था गरेको छ । यो संविधानको धारा२३२मा संघ प्रदेश र स्थानीय तह बिचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय संविधानमा आधारित हुने र राष्ट्रिय महत्त्वका विषयमा नेपाल सरकारले संविधान र संघिय कानून बमोजिम आवश्यक निर्देशन दिन सक्ने र त्यसलाई पालाना गर्नु सम्बन्धित प्रदेशको कर्तव्य हुने व्यवस्था गरेको छ ।

Comments