शिक्षामा पहुँच भन्नाले के बुझिन्छ?

 पाठ २

शिक्षामा पहुँच  भन्नाले के बुझिन्छ?
शिक्षामा पहुँच भन्नाले लिङ, सामाजिक वर्ग, जाति, अपाङ्गता आदिका आधारमा कर्नै भेदभाव बिना सबैले शिक्षा लिन सक्ने क्षमता र अवसर प्राप्त गर्नु हो।शिक्षामा पहुँचका वाधाहरू उपयुक्त शिक्षा प्रणाली र पाठ्यक्रमको अभाव, कानुनी व्यवस्था र यसको पालना, घर र विद्यालय बिचको दूरी आदि
•जातिय, लैङ्‌गिक तथा बालअधिकारको संरक्षणमा उदासिनता, भेदभाव, कम तालिम प्राप्त शिक्षक, परम्परागत शिक्षा विधि, मातृभाषी शिक्षाको अभाव र महिला शिक्षाको कमी।
•महिला र पुरुषबिचको भेदभाव, गरिबी, बाल विवाह, सामाजिक भेदभाव र परम्परागत जातिय पेसा आदि ।
•चेतनाको कमि, शिक्षामा छोरालाई प्राथमिकता, आधुनिक शिक्षा प्रति अविश्वास, दाइजो, देउकी, भुमी, कुमारी जस्ता कुरितीहरु आदि ।
•रुचिकार विषय नहुनु, पारिवारिक प्रवृत्ति, सांस्कृतिक मूल्य मान्यता, शिक्षामा असफलता र कमजोर मनोवृत्ति आदि।
•प्राकृतिक प्रकोप, महामारी, युद्ध र बन्द आदि ।
•विद्युत, कम्प्युटर, इन्टरनेट, सूचना तथा सञ्चार प्रविधिमा पहुँच नहुनु ।

Comments