Skip to main content

सामाजिक सम्बन्धको विकासमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता धारणा रहेका छन् ? उल्लेख गर्नुहोस।

 

पाठ २
सामाजिक सम्बन्धहरुको विकास
र सामाजिक अन्तरनिर्भरता
१) सामाजिक सम्बन्धको विकासमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता  धारणा रहेका छन् ? उल्लेख गर्नुहोस।
उत्तर : व्यक्तिलाई समाजको आधरभूत एकाइ मानिन्छ । परिवार समाजको आधरभूत संस्था हो । सामाजिक सम्बन्धमा परिवार, कूल कुटुम्ब, समुदाय जस्ता संरचनाहरु रहेका हुन्छन् । परिवार, कुल कुटुम्ब, ग्राम गण आदिसंरचनाहरु राज्यको तुलनामा निकै प्राचिन छन् । सामाजिक र राजनैतिक संस्थाको विकास बारे प्रयाप्त जानकारी वेदमा पाइन्छ । वैदिक साहित्यमा व्यक्ति र दमपत्तिको अस्तित्वलाई सामाजिक सम्बन्धको
प्रारम्भ मानिएको छ । अथर्व वेदका अनुसार बनेको पहिलो संस्था परिवार थियो । यसलाई गाहूपत्य भनिएको छ जीवन र परिवारको अस्तित्वले निजी सम्पत्तिको अवधारणा विकास भयो । पारिवारिक संगठन पछि "आवहनिय" संथाको विकास भयो ।यसको अर्थ 'बोलाइएको अवस्थामा जम्मा हुने हुन्छ यो संगठन गाउँ सभा जस्तो संस्था हो । आवहनिय संस्था पछि दक्षिणानी" संथाको विकास भयो । यो जनताका प्रतिनिधि मूलक जस्तो संस्था देखिन्छ । यहाँ ग्रामका प्रतिनिधिहरू भेला हुन्थे । जन प्रतिनिधिको साझा संगठनलाई "गण" भनिन्थ्यो ।
ऋगवेदमा विभिन्न सामाजिक संस्थाहरुको विकास भएको
उल्लेख छ । यसमा पहिलो संस्था "विदथ" देखिन्छ । यो
महिला र पुरुष दुवै सहभागि भई सामाजिक कार्य गर्ने तथा पारिवारिक विषयमा विचार विमर्श गर्ने उपभोगिय वस्तुको वितरण गर्ने धार्मिक क्रियाकलाप गर्ने, युद्धको तयारी गर्ने कार्य गर्दथ्यो । ऋगवेदमा "जन्मन", "बिश" र "जन"को पनि उल्लेख छ । जन्मनलाई  गोत्र परिवार वा गोष्ठि भन्न सकिन्छ । जनमनहरू मिलेर बिश बन्थ्यो र बिशहरू मिलेर जन बन्थ्यो । सभा, समिति, परिसद, सेना,आदि पनि वेद्‌मा उल्लेखित छन् । वेदका अनुसार 'राष्ट्र' भनेको राजनितीक रूपले संगठित जन वा बिशलाई जनाउने संगठन हो ।महाभारतको शान्ति पर्वबाट अति प्राचिन कालमा राजा, राज्य, दण्ड,कानून, धर्म र पछि परम्पराको रक्षा गर्न संस्कृतिको विकास भएको उल्लेख छ । समयक्रममा परिवार कुल कुटुम्ब ग्राम र गण आदि संरचनालाई मानेर राज्य अघि बढेको देखिन्छ ।
पाश्चात्य चिन्तन परम्परामा सामाजिक सम्बन्ध र सामाजिक संस्थाको विकास कसरि भयो भन्ने धेरै मतहरू छन् । विभिन्न विद्वानहरुले प्रस्तुत गरेका विचारहरुलाई आधार मान्दा कुनै मतले ईश्वरिय इच्छाको कारण समाज बनेको बताउँछ भने कुनै मतले अराजकताबाट बच्न मानिसहरुले आपसी सहयोगबाट सामाजिक तथा राजनैतिक संस्थाहरु निर्माण गरेको मानिन्छ। केही उत्पादनका साधनमा स्वमिप्तको कारणले परिवार तथा अन्य सामाजिक संरचनाहरू निर्माण भएको तर्क गर्दछन् । यसरी व्यक्ति, परिवार र समाज सामाजिक सम्बन्धका आधार हुन् भन्ने सबै मतको धारणा मिल्छ ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }