भाषागत आधारमा नेपालको नामांकरण कुन कुन भाषाबाट कसरी भएको
मानिन्छ ? प्रत्येकको छोटकरीमा वर्णन गर्नुहोस् !
भाषणत आधारमा नेपालको नामकरण विभिन्न भाषाबाट निम्नानुसार
भएको मानिन्छ :
किराँती र नेवारी भाषामा नेपाल शब्दको अर्थ मध्य भागमा रहेको (ने. मध्य, पाल: देश/ भन्ने बुझिन्छ । काठमाडौँ उपत्यका मध्य पहाडी भागमा अवस्थित भएकाले किराँती र नेवारी भाषामा यसलाई मध्य
पहाडी देश भन्नका लागि नेपाल शब्दको प्रयोग गरिएकाले यसको नाम नेपाल रहन गएको हुनुपर्छ ।
तिब्बती भाषामा 'नेपाल' शब्दको अर्थ उन पाइने ठाउँ वा
घर 'ने' उन, 'पाल: घर / हुन्छ । त्यस समयमा उन
लागि आउने तिब्बतीहरुले यस ठाउँलाई उनको घर वा उन पाइने ठाउँ भन्नका लागि नेपाल शब्दको प्रयोग गर्थे । तिब्बतीहरूले प्रयोग गरेको नेपाल यही नामका कारण पछि गएर यस ठाउँको नाम नेपाल रहन गयो भन्न सकिन्छ ।
• लिम्बु भाषामा 'नेपाल' को अर्थ समथर भुमी भन्ने हुन्छ । काठमाडौमा समथर भूमि भएको र लिम्बुहरुले यसलाई नेपाल भन्ने गरेकाले उपत्यकाको नाम नेपाल रहन गएको हो भन्न सकिन्छ
संस्कृत भाषाको 'नीप शब्दबाट काठमाडौँ उपत्यकाको नाम नेपाल, रहन गएको भन्ने तर्क पनि इतिहासकारहरूले प्रस्तुत गरेका छन् ।नीप शब्दको अर्थ पहाडको फेदी हो । काठमाडौँ उपत्यका पहाडको फेदीमा रहेकाले यसलाई 'नीप ' भनिएको र पछि नेपाल भन्न थालिएको हो।
• तामाङ भाषामा 'नेपाल' शब्दले पवित्र भूमि भन्ने बुझाउँछ । पवित्र मन्दिरहरु रहेको काठमाडौँ उपत्यकालाई तामाङहरुले नेपाल भन्ने क्रममा यस ठाउँको नाम नेपाल रहन गएको पनि हुन सक्छ ।
Comments
Post a Comment