नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध

 पाठ ३

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
परिचय
दोस्रो विश्वयुद्धभन्दा पहिले सिमित देशहरुको बिचमा मात्र आर्थिक सहयोग, ऋण, र अनुदान आदि प्रचलनमा थिए । सन् १९५० को दशकमा जब संसारका अधिकाम्स देशहरू उपनिवेशबाट मुक्त भए तब आर्थिक रुपमा शक्तिशाली देशहरुले विश्वबजारलाई आफ्नो पहुँच बाहिर जान नदिन
आर्थिक सहयोग, अनुदान, ऋण आदिको प्रचलन सुरु गरेका थिए । सन् १९५० पश्चात आर्थिक उदारीकरण, निजीकरण र विश्वव्यापीकरणका अवधारणाको सुरुवात
भयो । यस संगै सन् १९८० को दशकमा नेपालले यी
अवधारणाहरुलाई पालना गर्दै आर्थिक सहयोग ऋण तथा अनुदान लिन सुरु गरेको देखिन्छ । नेपालले कुल विश्व व्यापारको करिब ०.१% मात्र अंश ओगटेको भएता पनि यसले हाल विश्वका १५० मुलुकहरुसँग व्यापारिक सम्बन्ध कायम गरेको छ । नेपालको वि.सं. १८७३ (1816AD) मा बेलायत सँगको कुटनैतिक सम्बन्ध तथा वि.स. १८७३ को सुगौलि सन्धी पश्चात अन्तराष्ट्रिय सम्बन्धले नयाँ दिशा लिएको हो । २००७ सालको राजनैतिक परिवर्तन पछि अन्तराष्ट्रिय सम्बन्ध विस्तार हुन पुग्यो । नेपालले २०७७ सालसम्म १७० देशहरुसँग कुटनैतिक सम्बन्ध कायम गरि विश्वका ३९ देशका विभिन्न स्थानमा आवासिय कुटनीतिक नियोग क्रियाशील रहेका छन् ।

Comments