एकाई:११
पाठ: १
शिक्षा र मानव संसाधन विकास
शिक्षा देश विकासको मेरुदण्ड हो । यसले दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ । शिक्षाले विभिन्न जानकारी प्रदान गरेर, सिप र तालिम मार्फत मानव संसाधन विकास गर्दछ । अनुशासन, नैतिकता, जिम्मेवारी वहन, सदाचार,प्रविधिको विकास, संस्कार र संस्कृतिको विकास जस्ता गुण र सिप विकास गरि देशको लागि आवश्यक मानव संसाधन विकास गर्नु शिक्षाको लक्ष्य हो ।
मानव संसाधन
कनै पनि कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने सामान्य तथा प्राविधिक जनशक्ति नै मानव संसाधन हो । देशको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक उन्नतिको लागि मानव संसाधनको आवश्यकता पर्दछ ।मानव संसाधन विकास भनेको जनशक्तिका व्यक्तिगत तथा संस्थागत ज्ञान सिप र क्षमता विकास गर्न सहयोग पुयाउने एउटा प्रक्रिया हो
मानव संसाधन विकास दुई तरिकाले गरिन्छ : - औपचारिक
- अनौपचारिक
मानव संसाधन विकासका तरिकाहरुलाई दुई भागमा वर्गिकरण गरिन्छ।
•पूर्वसेवाकालिक मानव संसाधन विकास
व्यक्तिले संस्थाको सेवामा प्रवेस गर्न अगाडि आवश्यक ज्ञान सिप र क्षमता हासिल गर्ने, गराउने तरिकालाई पूर्वसेवाकालिक मानव संसाधन विकास भनिन्छ।
संस्थाको सेवामा प्रवेश गरेपछि प्रदान गरिने तालिम सल्लाह ज्ञान, सिप र क्षमता
विकास गर्ने तरिकालाई सेवाकालीन मानव संसाधन विकास भनिन्छ ।
मानव संसाधन विकासका तरिकाहरु निम्न छन् :
शिक्षा
तालिम
प्रशिक्षण
कार्यगत तालिम
स्वअध्यायन
रोजगारिका अवसर
Comments
Post a Comment