Skip to main content

नेपाल-भारत सम्बन्ध

 नेपाल-भारत सम्बन्ध

यी दुई देश बिचमा आर्थिक सामाजिक सांस्कृतिक तथा धार्मिक, सम्बन्ध परापूर्व कालदेखि नै रहदै आएको देखिन्छ नेपाल भारत बिचको सम्बन्धलाई निम्नानुसार उल्लेख गरिन्छ ।
सामाजिक-सांस्कृतिक सम्बन्ध
नेपाल - भारतबिच आदिकाल देखि नै सांस्कृतिक र परम्परागत सम्बन्ध रही आएको छ । यी दुवै देशको सामाजिक पृष्ठभूमि एउटै आर्य वैदिक सभ्यताबाट
विकसित भएको हो । पौराणिक कालमा भारतीय ऋषिमुनिहरु नेपालको भूमिमा आई तपस्या गर्थे, राजा जनकको समयमा भारतीय विद्वानहरू दार्शनिक बहसका लागि नेपाल आउने गर्थे । अयोध्याका राजा रामले नेपाली राजकुमारी सीतासँग विवाह गरेका थिए । खुला सीमाना र धार्मिक, सांस्कृतिक समानताका कारण यी दुई देश बिच जनस्तरको सम्बन्ध अहिले पनि निकै घनिष्ठ छ। यी दुई देशका मानिसहरु एक अर्का देशमा रहेका पवित्र धार्मिक स्थलहरूको तीर्थाटन गर्ने गर्छन ।
राजनीतिक सम्बन्ध
नेपाल-भारतबिचको सम्बन्ध अनौपचारिक रूपमा परापूर्वकालदेखि थियो भने औपचारिक रूपमा सन १९४७ देखि कुटनीतिक सम्बन्ध कायम गरी सौहार्दपूर्ण व्यवहार गर्दै आएका छन । राजनीतिक रुपमा नेपालले भारतसँग
सधैँ स्वतन्त्र तथा सार्वभौम सम्पन्न देशको हैसियतबाट सम्बन्ध राख्दै आएको छ । नेपाल सरकारले नेपाल राष्ट्र र नेपाली जनताको हित अनुकूल हुने गरी भारत र भारतीय जनताको हित
सुनिश्चित गर्ने र भारतका संवेदनशील सुरक्षा सरोकारहरुप्रति निरन्तर तथा प्रमाणित प्रतिबद्धताको नीति अवलम्बन गरेको छ । समय समयमा भारतको उच्च राजनीतिक नेतृत्व नेपाल आउने गर्छ । त्यसैगरी नेपालको
राजनीतिक नेतृत्वबाट पनि समय समयमा भारतको भ्रमण हुँदै आएको छ यसले पनि यी दुई देशका विचमा राजनीतिक सम्बन्ध प्रगाढ छ भन्न सकिन्छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...