Skip to main content

व्यक्तित्वका आधार, व्यक्तिका कर्तव्य र अधिकार बारेमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता अवधारणा पाइन्छ?

 

व्यक्तित्वका आधार, व्यक्तिका कर्तव्य र अधिकार बारेमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता अवधारणा पाइन्छ?
कुनै पनि व्यक्तिको व्यक्तित्व कस्तो हुन्छ भन्ने कुरामा देश, काल परिस्थिति आदिको प्रत्यक्ष प्रभाव परेको हुन्छ । वैदिक, हिन्दू, बौध, जैन धर्म दर्शन मा साधारण र विशेष धर्मको अवधारणा रहेको पाइन्छ । साधारण भन्नाले धर्म भन्नाले विश्वका सबै मानिसका लागि लागू हुने निती नियमहरू मानिन्छन् भने विशेष धर्म भन्नाले व्यक्तिको व्यक्तित्व, समय, स्थान परिवेश लगायतका कुराहरु परिवर्तन हुँदा फरक पर्न जाने निती नियमहरू मानिन्छन् ।व्याक्तित्व निर्माणमा पुर्विय दर्शनले चरित्रलाई धेरै महत्व दिएको छ संकार संस्कृती र सदाचारको पालनाले अधिकार प्राप्त हुने मान्यता देखिन्छ मानव जीवनकोअन्तिम लक्ष्य मोक्ष हो भन्ने उपदेश पूर्विय दर्शनमा पाइन्छ । हिन्दू जीवन पद्धतिमा जीवको स्थुल सुक्ष्म र कारण शरिर हुने र जीवनमा धर्म, अर्थ, काम र मोक्षको लक्ष्य अनुसार कर्म गर्नुपर्ने उपदेश  रहेको छ। मानिस जन्मिन साथ ऋषीऋण, देव ऋण र पितृ ऋण लाग्ने यसबाट मुक्त हुन ज्ञान, उपासना र कर्म मार्फत कर्तव्य पूरा गर्नु पर्ने उल्लेख छ । परोपकार नै पुण्य हो र अरुलाई दुःख दिनु पाप मानिएको छ । हिंसा, क्रौद, लोभ जस्ता अवगुण हरु त्याग्न पर्छ र परिवार, कूल, कुटुम्ब, राज्य र भूमि प्रतिको कर्तव्य पूरा गर्नुजस्ता उपदेशहरू व्यक्तिगत कर्तव्य हुन् भनि उल्लेख गरिएको छ ।
नेपाली समाजमा व्यवहारमा समाजलाई प्राथमिकता र आध्यात्मिक जीवनमा व्यक्तिलाई प्राथमिकता दिएको देखिन्छ । प्रत्येक प्राणीमा मोक्ष वा पतनका लागि आफु मात्र जिम्मेवार हुन्छ। परलोकमा बाबु, आमा, श्रीमति, छोरा, छोरी वा मित्रजनहरू कोही पनि साथमा हदैनन केबल आफूले गरेको धर्म धर्म मात्र साथमा हुन्छ । त्यसैले आध्यात्मिक सन्दर्भमा व्यक्तिलाई पूर्ण स्वतन्त्रता दिइएको छ। सामाजिक व्यवहारमा एक जनाको कारणले सारा समाजलाई हानी वा फाइदा पनि हुन्छ किनकि समाजका सदस्य एक अर्कामा अन्तरनिर्भर छन् । कर्तव्य पूरा गरेर अधिकार प्राप्त गर्नुपर्दछ भन्ने मान्यता नेपाली समाजको विशेषता हो ।
शिक्षामा पहुँच, प्रविधिको विकास, बसाइसराई, कानुन, विश्वव्यापीकरण स्थानीयकरण, यातायात, रोजगारी, मनोरञ्जनका साधन आदिका कारणले समाजमा परिवर्तन देखा परेको छ । युरोपेलि सभ्यतामा व्यक्ति र समाजको सन्दर्भ बारे दुई विपरित मान्यताहरुको संघर्ष देखिन्छ । त्यहाँ एकातिर व्यक्तिलाई केन्द्रमा राख्ने व्यक्तिवादी दृष्टिकोण देखिन्छ भने अर्को तिर राजनितिक संरचनालाई बढ़ी महत्त्व दिने समुदायवादी दृष्टिकोण रहेको छ आधुनिक
युगमा व्यक्तित्व निर्माणमा स्वशिक्षा, प्रविधि,मनोरञ्जनका लागि सिप, बजार निदेर्षित उपभोग, सूचना तथा मिडियामा निर्भरता जस्ता कारणहरु बढि निर्णायक बन्दै गएको पाइन्छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...