Skip to main content

सेट ख नमुना प्रस्न पत्र कक्षा 12

 सेट ख

नमुना प्रस्न पत्र   कक्षा 12 

बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                     पुणााङ्क 75                समय  3 घन्टा
समूह क
अति छोटो उत्तर दिनुहोस
१ प्रतिलिपी अधिकार भन्नाले के बुझिन्छ?
२ आत्मामुल्याङ्कनका दुइओटा महत्वहरु उल्लेख गर्नुहोस।
३ समस्या पहिचान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस।
४ अरुको दुखलाइ आफ्नै दुख झै ठानेर व्यावहार गर्नु कुन जीवन उपयोगी सीप हो
५ समानता र समताबिचको एक भिन्नता लेख्नुहोस।
६ धर्म निरपेक्षताको अर्थलाइ एक वाक्यमा स्पष्ट पार्नुहोस।
७ कस्तो अवस्थामा संयुक्त सङघिय सरकारको गठन हुन्छ?एक वाक्यमा लेख्नुहोस।
८शहरिकरणका कुनै दुई अवसरहरु उल्लेख गर्नुहोस।
९ बसाइँसराइका कुनै दुई आर्थिक प्रभावहरु लेख्नुहोस।
१०बिप्रेषणलाइ किन राष्ट्रीय आयको स्थाइ स्रोत मान्न सकिन्न?
११ शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका लेख्नुहोस।
समूह ख
छोटो उत्तर दिनुहोस
१२ समानुभुती सीप सिक्नाले तपाइको जीवनमा हुने पाँच फाइदाहरु उल्लेख गर्नुहोस् ।
अथवा
तपाइको जीवनमा आत्ममुल्याङ्कनको महत्व कस्तो रहेको छ ? लेख्नुहोस
१३ वैयक्तिकवादी दृष्टिकोण र समुदायवादी दृष्टिकोणमा के भिन्नता रहेको छ?नेपाली समाजमा तिनिहरुको समन्वय कसरी गरियको छ? उल्लेख गर्नुहोस।
१४ लुम्विनि प्रदेशको सामाजिक तथा सांस्कृतिक अवस्था उल्लेख गर्नुहोस।
१५ पृथ्विनारायण शाहको मृत्युपछि भएको नेपाल एकिकरणका प्रयासहरुको छोटकरिमा चर्चा गर्नुहोस।
१६ नेपाली समाजका वर्गका विशेषताहरु प्रष्ट्याइ यसको सामाजिक असरहरुलाइ वुदागत रुपमा प्रस्तुत गर्नुहस।
१७ बसाईसराइले तपाइको क्षेत्रमा पारेका सकारात्मक तथा नकारात्मक प्रभावहरु के कस्ता छन? उल्लेख गर्नुहोस।
१८ सम्म्रीद्ध नेपाल र सुखी नेपाली नारालाइ सफल पार्न गरिबी निवारणको क्षेत्रमा सरकारले ल्याएका कार्यक्रम कतिको प्रभावकारी छन? मुल्याङ्कन गर्नुहोस।
१९ शिक्षाले तपाइको सामाजिक तथा सांस्कृतिक जीवनमा   पारेका प्रभावहरु के कस्ता छन उल्लेख गर्नुहोस।
समूह ग
लामो उत्तर दिनुहोस
२० तपाइँको आफ्नो क्षेत्रमा पर्ने कुनै धार्मिक तथा ऐतिहासिक क्षेत्रको भर्मण गर्नको लागि प्रस्तावनाको एक नमुना तयार पर्नुहोस।
२१ नेपालमा महिला सशक्तिकरणका समस्याहरु लेखी समाधानका उपायहरुका सबन्धमा चर्चागर्नुहोस।
२२ शिक्षामा समावेसिताको परिचय दिदै शिक्षामा पहुँचका बाधाहरु के के हुन सुचिबद्ध गर्नुहोस।
अथवा
दिगो विकासको अर्थ स्पष्ट पारी नेपाल सरकारले दिगो विकासको कर्यान्यनका लागि चालेका कदमहरुको विश्लेषण गर्नुहोस।
         समाप्त

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...