सामाजिक अनुसन्धानका लागि समस्या निर्माण र अध्ययन विधि चयन

एकाई २
पाठ: ५
सामाजिक अनुसन्धानका लागि समस्या
निर्माण र अध्ययन विधि चयन
परिचय
समस्याको पहिचान भन्नाले कनें पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक उपयुक्त विषयवस्तुको पहिचान भन्ने बुझिन्छ। अनुसन्धान विधिको छनौट गर्दा सामान्यतया निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :
अरु कसैले पहिले नै अनुसन्धान गरेको विषय हुबहु
दोहोरिनु हुँदैन ।
सोत,साधन र समयले भ्याउने विषय वस्तु छनौट गर्नु पर्दछ।
अनुसन्धान कर्ताको चासोको विषय छनौट गर्न उपयुक्त हुन्छ।
अनुसन्धानबाट नया ज्ञान प्राप्त हुनु पर्दछ ।
अनुसन्धान विधिको छनोट
अनुसन्धान कार्यलाई तार्किक निष्कर्षमा पुप्याउन उपयुक्त विधिको छनोट आवश्यक पर्दछ । एउटै अनुसन्धानका लागि विभिन्न विधिहरु प्रयोग गर्न सकिन्छ । यस्ता विधिहरू मुख्यत तीन प्रकारका हुन्छन् :
क)परिमाणात्मक
ख) गुणात्मक
ग) मिश्रीत
सर्वेक्षण विधि
यसमा एउटा जनसंख्याबाट निश्चित संख्याको नमुना लिइन्छ । प्रश्नवाली तयार गरि नमूना लिइएको संख्यामा मात्र प्रश्न सोधि तक्याङ्क सङ्‌कलन गरिन्छ ।
प्रयोग विधि
यसमा छनौट गरिएका नमुनालाई दुई समूहमा बाढिन्छ । एक समूहलाई अवलोकन मात्र गरिन्छ भने अर्को समूहमा नयाँ कुरा प्रयोग गरिन्छ । यसबाट निश्चित समयमा यी दुई समूहमा के फरक देखिन्छ सो को अध्ययन गरिन्छ।
अन्तरवार्ता विधि
यो विधि प्रश्नकर्ता र उत्तरदाता बिचमा प्रत्यक्ष कुरा गरि सूचना सङ्कलन गर्ने तरिका हो । यसमा प्रत्यक्ष भेटेर फोन वा भिडियो मार्कत प्रश्नहरू सोधिन्छ । आवश्यक सूचनालाई डायरीमा टिपिन्छ, उत्तरदाताको भिडियो रेकर्ड गरिन्छ र आवश्यक पर्दा उत्तरदाताको सहमतीमा सार्वजनि
गर्न सकिन्छ ।
अन्तरवार्ता तीन प्रकारको हुन्छ :
संरचित अन्तरवार्ता
अर्धसरचित अन्तरवार्ता
असंरचित अन्तरवार्ता
अवलोकन विधि
कुनै व्यक्ति, संस्था वा प्रक्रियालाई लामो समयसम्म हेरेर तथ्याङ्क संकलन गर्ने विधिजाई अवलोकन भनिन्छ । यो दुई प्रकारको हुन्छ
सहभागी अवजोकन
• असहभागी अवलोकन


Comments