सामाजिक तप्याङक सङ्कलनका साधनहरू

 

एकाइ: २
पाठः ६
सामाजिक तप्याङक सङ्कलनका साधनहरू

सामाजिक तथ्याङ्क
सामाजिक तथ्याङ्क भन्नाले आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिक, भाषिक आदि विषयका बारेमा सङ्कलन गरिएका सूचना भन्ने बुझिन्छ । यस्ता सूचनाहरु
दुई प्रकारका हुन्छन:
गुणात्मक
सङ्ख्यात्मक
सामाजिक तथ्याङ्क सङ्कलनका विधि
अनुसन्धानका प्रश्नहरुको समाधान गर्नका लागि सान्दर्भिक र विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया नै तथ्याङ्क सङ्कलन हो । तसर्थ अनुसन्धानकर्ताले तथ्याङ्क सङ्कलन गर्नु भन्दा पहिले कुन / कस्तो सङ्‌कलन गर्ने, कसरि गर्ने, कसले गर्ने र कहिले गर्ने जस्ता कुराहरु निश्चित गर्नु पर्दछ अनुसन्धानको प्रकार, आवश्यकता, उद्देश्य र दक्षता, तथ्याङ्कका प्रकार
परिस्थिती, स्रोत र साधनको उपलब्धता आदिलाई ध्यानमा राखी तथ्याङ्क संकलनका साधनहरूको छनौट गर्नुपर्दछ । आवश्यकता अनुसार     एउटै अनुसन्धानमा एक भन्दा बढी साधनहरूको प्रयोग गर्न सकिन्छ।
सामाजिक अनुसन्धानमा प्रचलित साधनहरु निम्नानुसार छन्ः
प्रश्नावली
आवश्यक सूचना प्राप्त गर्ने प्राथमिक तथ्याङ्क संकलनको साधन प्रश्नावली हो । यसमा प्रश्नहरुको सूची तयार गरी उत्तर उत्तरदाता समक्ष प्रस्तुत गरि मौखिक, लिखित वा इमेल मार्फत सूचना प्राप्त गर्न सकिन्छ । यो साधनबाट
धेरै व्यक्तिहरुबाट कम समय र स्रोत साधन प्रयोग गरि तथ्याङ्‌क संकलन गर्न सकिन्छ । तर उत्तरदाता इमान्दार नभएमा गलत तवयाङक प्राप्त हुने खतरा पनि हुन्छ । त्यसै गरि उत्तरदाताले उत्तर लेखेर पठाउने सम्भावना कम हुन्छ । अशिक्षित उत्तरदाता भएको स्थानमा यसको प्रयोग गर्न सकिदैन ।
* अन्तरवार्ता/ मार्गदर्शन)
उत्तरदाता र प्रश्नकर्ता बिचको प्रत्यक्ष कुराकानी गरि तथ्याङ्क सङ्कलन गर्ने विधिलाई अन्तर्वार्ता मार्गदर्शन भनिन्छ।अन्तरवर्ता तीन प्रकारको हुन्छ
संरचित अन्तरवार्ता
अन्तरवार्ताकारले उत्तरदातालाई सोध्नका लागि पहिले नै प्रश्नहरूको शुचि बनाइ सोही अनुरूप तयाङ्क सङ्कलन गरिन्छ भने त्यसलाई संरचित अन्तरवार्ता भनिन्छ ।
•अर्ध संरचित अन्तरवार्ता
यस अन्तरगत उत्तरदातालाई सोध्ने मुख्य मुख्य प्रश्नहरुको सूची बनाइन्छ र आवश्यकता अनुसार बिच बिचमा मौखिक प्रश्नहरु सोचिन्छ भने यस्तो अन्तरवतीलाई अर्ध सरचित अन्तरवार्ता भनिन्छा
असंरचित अन्तरवार्ता
प्रश्नकर्ताले उत्तरदातालाई विषय बस्तु दिएर कुनै सरचित वा अर्थसंरचित प्रश्नावली बिना नै विषय वस्तका बारेमा छलफल गराई तथ्याङक सङ्कलन गरिन्छ भने यस्तो विधिलाई असंरचित अन्तरवार्ता भनिन्छ।
* अवलोकन मार्गदर्शन
अनुसन्धान कर्ता प्रत्यक्ष सहभागी भई घटना, विषय वा प्रक्रियाका बारेमा आफैले हेरेर तथ्याङ्क सङ्कलन गर्दछ भने यस्तो विधिलाई अवलोकन भनिन्छ । यसका का लागि रुजु सिटको प्रयोग गर्न सकिन्छ ।
द्वितिय तथ्याङ्‌क सङ्कलन
अरु कसैले पहिले नै सङ्कलन गरेर प्रकाशित गरेका तवयाङ्कहरु लाई द्वितिय तथ्याङ्क भनिन्छ । यस्ता तक्याङ्क उपलब्ध गराउने स्रोतलाई द्वितिय तथ्याङ्कका स्रोत भनिन्छ । जस्तैः पत्रपत्रिका, सोधपत्र, प्रतिवेदन इस्टेट
आदी तथ्याङ्क व्यवस्थापनमा डिजिटल साधनको प्रयोग
तथ्याङ्क सङ्कलन देखि भण्डारन सम्मका प्रक्रियालाई तथ्याङ्क ब्यावस्तापन भनिन्छ । यस प्रक्रियामा विभिन्न डिजिटल साधनहरुको प्रयोग गर्न
सकिन्छ । केहि यस्ता साधनहरु निम्न छन्ः
गुगल फर्म
गुगल कम्पनीले विकास गरेको जिमेलबाट log in गर्न सकिने प्रोग्राम गुगलफर्म हो। प्रश्नावली तयार गरी इमेल वा अन्य सञ्चारका साधन मार्फत उत्तरदाता
समक्ष पठाउनु पर्दछ उत्तरदाताको जवाफ जिमेलमा भण्डारण हुन्छ । अनुसन्धान कर्ताले आवश्यकता अनुसार यस्ता सूचनहरुलाई प्रयोग गर्दछ।यसमा सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ट्वीटर, इन्स्टाग्राम आदिका माध्यमबाट गुगल फर्ममा प्रश्नावली पठाउने, भिडियो, अडियो कल गरेर अन्तरगर्ता लिने र अनुसंन्धानको
नतिजालाई सोही माध्यमद्वारा प्रसारण गर्न सकिन्छ।
भिडियो सम्मेलन अनुप्रयोग,
zoom, wicrosoft teams, Google Meet, Cisco, webex जस्ता अनुप्रयोगहरु भिडियो कल गर्न, अनलाइन सम्मेलन गर्न, अनलाइन कक्षा सञ्चालन गर्न र
औपचारिक तथा समूहमा कुराकानी गर्न यी अनुप्रयोगहरूको प्रयोग गरिन्छ ।

Comments