औधोगिक क्रान्ती

 ११Class

औधोगिक क्रान्ती
१८ औँ र १९ औं शताब्दीको मध्यमा बेलायतमा भएको जनवार र मानव मानव श्रमको स्थानमा वस्तुको उत्पादनमा मेसिन र प्रविधिको प्रयोग हुनुलाइ औद्योगिक क्रान्ति भनिन्छ। यसको प्रभाव सम्पूर्ण विश्वमा
पर्यो । तीव्र औद्योगिकीकरणले गर्दा ती देशमा उत्पादित सामानहरू आफ्नो देशमा खपत हुन
नसक्दा अन्य मुलुकहरूमा व्यापार गर्ने होडबाजी चलेको थियो । यसका निम्ति व्यापारिक
गन्तव्यहरूको खोजी भयो । यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया र अफिका जस्ता
महादेशहरूमा युरोपियनहरूले उपनिवेश कायम गर्न थाले । यसबाट एकातर्फ वस्तुको बिक्रीका लागि
बजार प्राप्त भयो भने अर्कातर्फ उद्योगका लागि आवश्यक कच्चा पदार्थहरू सहज रूपमा प्राप्त भयो ।
भारतमा इस्ट इन्डिया कम्पनी आउनुभन्दा पहिले स्पेन र
पोर्चुगलीहरूको उपनिवेश थियो । त्यसपछि फ्रान्सले भारतमा प्रवेश गर्यो । फ्रान्सपछि मात्र बेलायतले भारतमा व्यापार सुरु गरेको थियो । इस्टइन्डिया कम्पनी भारतमा आएपछि दुवै देशको स्वार्थ बाझियो र दुवै देशका बिचमा भारतमा युद्ध भयो यस युद्धलाई कर्नाटक युद्ध
(१७४६-१७६३) भनिन्छ । यस युद्धमा फ्रान्सको हार भएपछि भारतमा बेलायतको एकलौटी व्यापार प्रारम्भ भयो । यसै गरी चीनमा पनि बेलायत, फ्रान्स र पोर्चुगालको व्यापारिक प्रतिष्ठानहरू खोलिएका थिए ।
उपनिवेशको प्रभाव विश्व राजनीतिमा पनि पन्यो । युनानका
दार्शनिक सुकरातका शिष्य प्लेटो (४२७-३४७ इ.पू) ले रिपब्लिक र कम्युनिजम जस्ता शब्दहरू प्रयोग गरेका थिए । पछि जर्मन दार्शनिक कार्लमार्क्स जन्म (१८१८ मे ५ ट्रायर, जर्मनी, मृत्यु १८८३ मार्च
१४ लन्डन) ले कम्युनिस्ट घोषणा पत्र र दास क्यापिटल जस्ता
ग्रन्थ लेखेका थिए । त्यसको प्रभावले गर्दा रुस र चीनमा साम्यवादी 'शासनको स्थापना भयो ।
औद्योगिक देशहरूले दक्षिण अमेरिका तथा अफ्रिकाबाट ठुलो सङ्ख्यामा दासहरू किनेर आफ्नो देशमा लैजान्थे र तिनको निकै शोषण गर्दथे ।  अठारौं शताब्दीमा पोर्चुगालीहरूले ब्राजिलबाट ३ लाख ६४ हजार ८ सय दास आयात गरेका थिय।
बेलायतले अफ्रिकामा पनि आफ्नो उपनिवेश स्थापना गरेको थियो । अफ्रिकामा एउटा उखान प्रचलित
थियो । तिनीहरू अफ्रिकामा आए, त्यस बखत हामीसँग जमिन थियो, तिनीहरूसँग बाइबल थियो ।
आज हामीसँग बाइबल छ, तिनीहरूसँग जमिन छ ।
नेपालमा पृथ्वीनारायण शाहले विदेशी व्यापारीलाई गोढ प्रसाह ( प्रसागढी) देखि माथि आउन नदिनु
भनेका थिए । पश्चिमी उपनिवेशवादले गर्दा नै (१८१४-१८१६) सम्म नेपाल अङ्ग्रेज युद्ध भयो ।
यस युद्धको मुख्य कारण सिमाना भए पनि नेपालको वन सम्पदामाथि यिनको दृष्टि परेको थियो ।
उपनिवेश सुरुवातका कारण
उद्योगधन्धाको विस्तार
कच्चापदार्थ उपलब्धता
सस्तो श्रम शक्ति
बजारको आवश्यकता
आर्थिक लाभ
श्रमशोषण
औद्योगिक क्रान्तिका दश प्रभाव
उद्योगको स्थापना
पुँजीवादको उदय
सहरीकरण
महिला श्रमिकको शोषण
जीवनशैलीको स्तर वृद्धि
भौतिकवाद र उपयोगवादमा वृद्धि
प्रविधिको विकास
समाजवाद र मार्क्सवादको उदय
धन र शक्तिको पलायन
प्रदूषण र वातावरणको विनाश
औधोगिक क्रन्तीका मुख्य दस आविस्कारहरु
1)1733 जोन के (John Kay) फ्लाइङ सटल (Flying Shuttle)
2)१७६४   जेम्स हारग्रिभ्स (James Hargreaves)        स्पानिङ जेनी (Spinning Jenny)
3)१७७५ जेम्स वाट (James Watt) स्टिम इन्जिन (Steam Engine)
4)१७७९  रिचार्ड आर्कराइट (Richard Arkwright) पावर लुम (Power Loom)
5)१८०६ हम्फ्रडेभी (Humphrey Davy) इलेक्ट्रिक ल्याम्प (Electric
|Lamp)
6)१८३२ वाल्टर हन्ट (Walter Hunt) स्वइङ मेसिन (सिलाइ) (Sewing Machine)
7)१८४४ सेम्युयल मोर्स (Samuel Mors) टेलिग्राफ (Telegraph)
8)१८६७ अल्फ्रेड नोबेल (Alfred Nobel) डाइनामाइट (Dynamite)
9)१८७७ एलेक्जेन्डर ग्राहम वेल (Alexander
Graham Bell) टेलिफोन (Telephone)
10)१८७९ थर्मस एडिसन इलेक्ट्रिसिटी (Electricity)

Comments