अन्तरिम संविधानमा तोकिएको मितिमा संविधान बन्न सकेन र वि.सं. २०६९ जेठ १४ मा विघटन भयो र पुनः

वि.सं. २०७० मंसिर ४ मा संविधान सभाको निर्वाचन
भयो ।वि.सं. २०७२ बैशाख १२ मा विनाशकारी भूकम्प
गएपछि सबै दलहरू एकै ठाउँमा आएपछि नेपाली
काँग्रेसको नेता सुशील कोइरालाको नेतृत्वको सरकारले
सबै दलहरूबिचमा सहमति जुटाई वि.सं. २०७२ असोज
३ गते संविधान सभाबाट नेपालको संविधान २०७२
जारी भयो । त्यसपछि दोस्रो जनआन्दोलनको
भावनाअनुसार नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र
मुलुकको रूपमा स्थापित भयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल, वि.सं.
२०७२ देखि हालसम्म (Federal Democratic
Republic Period)
वि.सं. २०७२ को नेपालको संविधान घोषणापछि
नेपालमा ७ प्रदेश र ७५३ ओटा स्थानीय तह रहने गरी
राज्यको पुनर्संरचना गरियो ।
वि.सं. २०७४ बैशाख ३१, असार १४ र असोज २ गरी
तीन चरणमा स्थानीय तहको निर्वाचन भयो ।
वि.सं. २०७४ मंसिर १० र मंसिर २१ मा प्रतिनिधि सभा
र ७ ओटै प्रदेश सभाको निर्वाचन भयो ।
यो निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठुलो दल बन्न
पुग्यो तर उक्त दलभित्र नेतृत्वमा अनेक खालका
व्यक्तिगत समस्या आएपछि प्रधानमन्त्री के.पी. ओलीले
संसद विघटन गरी निर्वाचनमा जाने घोषणा गरेपछि
त्यसको विरोधमा आफ्नै दलभित्र विरोध भयो र
अन्त्यमा नेकपा एमालेको सरकार ढल्यो ।
र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको
नेतृत्वमा गठबन्धन सरकार सञ्चालन भयो। वि सं २०७९/८/४ मा भएको निर्वाचन पछि माओवादी नेता प्रचण्डको नेतृत्वमा हाल नया सरअकार गठन भएको छ।

Comments