Skip to main content

नमुना प्रस्न पत्र कक्षा12

 क बाट 5 ओटा ख बाट 3 ओटा र ग बाट 1 गर्नु होस

सेट क बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                          नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75       समय  3 घन्टा
समूह क
अति छोटो उत्तर दिनुहोस
१ सामाजिक अध्यायन विषयको प्रमुख उदेश्य के हो?
२ तथ्याङ्क भन्नाले के बुझिन्छ?
३ स्वतन्त्र चर र निर्भर चरका एक एक ओटा उदहरण दिनुहोस।
४ स्वरुपान्तरणको परिभाषा एक वाक्यमा दिनुहोस।
५ सामाजिक सम्बन्ध भनेको के हो? परिभाषित गर्नुहोस।
६ अन्तरप्रादेशिक सम्बन्धका कुनै दुई आयामहरु के के हुन? लेख्नुहोस
७ नागरिक अधिकार भनेको के हो?
८ किशोराअवस्थामा हुने एक शारिरिक र एक मानसिक परिवर्तनहरु लेख्नुहोस।
९ फौजदारी अभियोग कस्तो प्रकारको अभियोग हो? लेख्नुहोस।
१० सुचनाको हकअन्तर्गत पर्ने कुनै दुई अधिकार के के हुन ? लेख्नुहोस।
११ सामाजिक जवाफदेहिता भनेको के हो? लेख्नुहोस।
समूह ख
छोटो उत्तर दिनुहोस
१२ सामाजिक अनुसंधानमा समस्या निर्माण गर्दा ध्यान दिनुपर्ने कुनै पाँच कुराहरु उल्लेख गर्नुहोस।
अथवा
सामाजिक अध्ययन तथा जीवनउपयोगि शिक्षाबिचको भिन्नता छुट्याउनुहोस
१३ नेपाली समाजमा भयका समाजिक विविधताका विभिन्न आयामहरु उल्लेख गर्दै कुनै दुई आयामको छोटकरिमा उल्लेख गर्नुहोस।
१४ बाग्मती प्रदेशको सामाजिक तथा आर्थिक विशेषता उल्लेख गर्नुहोस।
१५ मध्यकालमा ससाना राज्यको उदय र अवसानका कारणहरु उल्लेख गर्नुहोस।
१६ नेपाली समाजमा महिला सशक्तिकरणका उपयुक्त पाँच तरिकाहरुका सम्वन्धमा चर्चा गर्नुहोस।
१७ प्रदेश सरकारका कुनै पाँच क्षेत्राधिकारहरु उल्लेख गर्नुहोस।
१८ नेपालमा महानगरपालिका घोषण हुनका लागि आवस्यक मापदन्ड उल्लेख गर्नुहोस।
१९ आप्रवासी श्रमिकले प्रवासमा भोग्नु परेका कुनै पाँच समस्या उल्लेख गर्नुहोस
समूह ग
लामो उत्तर दिनुहोस
२० जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सीप, र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्वन्धबारे चर्चा गर्नुहोस।
२१ ``सामाजिक विविधता र एकता नेपाली समाजको आवस्यकता´´भन्ने शिर्षकमा एक लेख तयार पार्नुहोस।
२२ नेपालमा सङ्घिय, प्रदेश र स्थानिय सरकारको परिचय दिई यिनिहरुबिच के कस्तो अन्तरसम्वन्ध रहेको छ ? चर्चा गर्नुहोस।
अथवा
फौजदारी तथा देवानी संहिताका समान्य सिद्धान्त के कस्ता  रहेका छन छलफल गर्नुहोस।
           समाप्त

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...