Skip to main content

कक्षा ११ पाठ :२

 

कक्षा ११
पाठ :२ वर्तमान संविधानका राजनितिक कानुनि आर्थिक र सांकृतिक विशेसताहरु।

जनताका आर्थिक, राजनीतिक, सांस्कृतिक र कानुनी अधिकारहरूको संरक्षण गर्दै देशलाई एक सार्वभौम र समृद्ध राष्ट्रका रूपमा सञ्चालन गर्न संविधानको भूमिका महत्वपुर्ण हुन्छ । यस संविधानका विशेषताहरू निम्नलिखित छन् :
(क) राजनीतिक विशेषता
वर्तमान संविधानको राजनीतिक, कानुनी,
आर्थिक र सांस्कृतिक विशेषता
(अ) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था गरिएको
(आ) तीन तहमा राज्यशक्तिको बाँडफाँड गरिएको
(इ) गणतान्त्रिक व्यवस्थाअन्तर्गत राष्ट्रिपति र उपराष्ट्रपतिको व्यवस्था रहेको
(ई) कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचमा शक्ति सन्तुलन एवम् नियन्त्रणको व्यवस्था
(उ) बहुदलीय प्रतिस्पर्धा र बालिक मताधिकारको प्रत्याभूत गरिएको
(ऊ) दलसम्बन्धी व्यवस्था रहेको
(ॠ) आवधिक निर्वाचनको प्रावधान रहेको
(ख) कानुनी विशेषता
(अ) कानुनी शासनको प्रत्याभूत गरिएको
(आ) कानुन बनाउने अधिकार संसद्मा निहित रहेको
(इ) मौलिक हकको हनन भएमा संवैधानिक उपचारको हकको व्यवस्था रहेको
(ई) न्यापालिकाका रूपमा सङ्घमा सर्वोच्च अदालत, प्रदेशमा उच्च अदालत र जिल्लामा जिल्ला
अदालत गरी तीन तहको अदालतको व्यवस्था रहेको
(उ) न्यायसम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने र अदालतले दिएको आदेश वा निर्णयको
पालनासम्वन्धी व्यवस्था गरिएको
(ऊ) संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुने र सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको सिद्धान्त सबैले पालना गर्नुपर्ने व्यवस्था रहको।
(ऋ) न्याय परिषद् र महान्यायाधिवक्ताको व्यवस्था रहेको
(ए) स्थानीय स्तरमा न्यायिक समिति रहने व्यवस्था रहेको
(ग) आर्थिक विशेषता
(अ) कानुनमा उल्लेख भएबाहेक कर लगाउन र उठाउन नपाइने गरिएको
(आ) समाजवाद उन्मुख अर्थव्यवस्थाको परिकल्पना गरिएको
•स्रोत साधनको न्यायोचित वितरणको गर्न वित्तीय आयोगको व्यवस्था गरिएको
•बजेट पारित गर्ने अधिकार संसद्लाई रहेको व्यवस्था गरिएको
(ऊ) रोजगारीको हकको व्यवस्था गरिएको
(ऋ) वित्तीय सङ्घीयताको प्रावधान रहेको
(ए) नेपालमा एक महालेखा परीक्षक व्यवस्था गरिएको
(घ) सांस्कृतिक विशेषता
(अ) नेपालको संविधानमा धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको व्यवस्था रहेको
(आ) धार्मिक सांस्कृतिक सहिष्णुतामा जोड दिइएको
अर्काको धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन नहुने र त्यस्तो काम कानुनअनुसार
दण्डनीय हुने प्रावधान रहेको
(ई) धर्म, परम्परा र संस्कृतिको आधारमा भेदभाव र शोषण गर्न नपाइने व्यवस्था रहेको
•राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य निर्धारण गरिएको
(ऊ) राष्ट्रिय तथा मातृभाषाको संवर्धनका लागि भाषा आयोगको गठन गरिएको
(ऋ)आफ्नो भाषा लिपि र संस्कृतिको संरक्षण तथा संरक्षकसम्बन्धी मौलिक हकको व्यवस्था रहेको।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...