Skip to main content

कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती

 

कक्षा ११
एकाइ ९
पाठ १ मानव वस्ती
मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती भनिन्छ । मानव बस्ती
जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भुस्वरुप हो।
Jean Brunhes का अनुसार घर मानिसको खानापछिको दोस्रो आवश्यकता हो । उनका विचारमा
खाना प्रथम जैविक आवश्यकता हो भने निद्रा दोस्रो जैविक आवश्यकता हो । चाहे त्यो सामान्य
झुपडी होस् या ठुला महल, सुत्नका लागि मानिसलाई घरको आवश्यकता पर्दछ ।
Ellsworth Huntington का अनुसार घर मानिसको खाना र कपडापछिको तेस्रो आवश्यकता
हो । यसले आश्रय मात्र दिने होइन जङ्गली जनावर, घाम, पानी, हावा, हुरी आदिबाट जोगाउँछ ।
R.L. Sing का अनुसार : बस्न, प्रयोग गर्न, कुनै कुरा सञ्चित गर्न आदि जुनसुकै उद्देश्यका लागि
निर्माण गरिएका घर तथा सडक गल्ली नै बस्ती हुन् ।
यी सबैका भनाइका आधारमा मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई बस्ती
भनिन्छ ।बस्तीले मानिस र प्राकृतिक वातावरणबिचको सम्बन्धलाई उजागर गर्दछ
किनकि बस्ती निर्माणमा मानिसले विभिन्न भौतिक वस्तुहरूको प्रयोग गरेका हुन्छन् । यसले मानिसको
भौतिक वस्तुको प्रयोग गर्ने क्षमतालाई समेत प्रस्तुत गर्दछ
बस्तीका प्रकार
(क) अवस्थितिका आधारमा : मैदानी बस्ती, पर्वतीय बस्ती, ताल किनारको बस्ती, समुद्र तटको
बस्ती, मरुभूमिको बस्ती आदि ।
(ख) घरहरूका बिचको दुरीका आधारमा : एक्लो बस्ती छिरलिएको बस्ती, गुजुमुज्ज बस्ती आदि ।
(ग) समयका आधारमा : अस्थायी बस्ती, स्थायी बस्ती, मौसमअनुसारको बस्ती आदि ।
(घ) कामका आधारमा :कृषि बस्ती, औद्योगिक बस्ती, व्यापारिक बस्ती आदि ।
(ङ) आकारका आधारमा कृषिगृह, हाम्लेट, गाउँ, बजार र सहर आदि ।
(च) आकृतिका आधारमा : रेखाकार, वृत्ताकार, तीर आकार, पङ्खा आकार, तारा आकार आदि
उल्लिखित मानव बस्तीलाई निम्नलिखित किसिमबाट समेत विभाजन गर्न सकिन्छ :
(क) ग्रामीण बस्ती (Rural Settlement)
(ख) सहरी बस्ती (Urban Settlement)
(क) ग्रामीण बस्ती (Rural Settlement) :
कृषि पशुपालन र साना व्यवसाय जस्ता प्राथमिक कार्यमा आधारित भई विकसित भएको मानव जाति निवास गर्ने सांस्कृतिक स्वरूप नै ग्रामीण बस्ती हो । यस किसिमको बस्तीमा अधिकांश मानिसहरू कृषि पेसामा संलग्न भएका हुन्छन् । त्यसबाहेक जीविकोपार्जनका लागि मानिसहरू पशुपालन, मत्स्यपालन, खानी व्यवसाय,
साना साना खुद्रा व्यापार आदि जस्ता गैरकृषि व्यवसायमा समेत संलग्न हुन्छन् ।अतः कम
जनसङ्ख्या र कम चहलपहलयुक्त प्राथमिक व्यवसायमा आधारित मानव बस्तीलाई ग्रामीण बस्ती
भनिन्छ ।
“ ग्रामीण बस्ती त्यो सामुदायिक स्वरूप हो, जहाँ अपेक्षाकृत रूपमा बढी समानता,
अनौपचारिकता, प्राथमिक समूहहरूको प्रधानता, कम जनघनत्व र कृषि व्यवसाय मुख्य पेसा

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...