Skip to main content

संवेग व्यवस्थापन

 

एकाइ: ३
पाठ: ६
संवेग व्यवस्थापन
परिचय
कुनै वस्तु वा परिस्थितीको चेतना युक्त मानसिक प्रतिकृया नै संवेग हो ।
यो दुई प्रकारको हुन्छ । जस्तै: सुरव, खुसी, उत्साह आदि सकरात्मक संवेग हुन भने दुःख
पिडा, रिस ईष्या आदि नकारात्मक संबेग हुन् । संवेगात्मक अनुभव शारिरिक र मानसिक अनुभव हुन्छ । रिसाएको अवस्थामा रक्त प्रवाह छिटो छिटो हुन्छ भने उसको अनुहार रातो देखिन्छ संवेगले विभिन्न रसायन पनि उत्पादन गर्ने भएकाले  मानिसलाई विभिन्न क्रियाकलाप गर्न वा प्रतिकृया  देखाउन प्रेरित गर्छ । जस्तै: रिसाएको मानिसले अस्लिल शब्द प्रयोग गर्दै ठूलो स्वरले गाली गर्छ भने खुसी भएको मानिसले ठूलो स्वरमा कराउँदै नजिकको मानिसलाई अङ्गालो हाल्न पुग्छ ।
संवेग व्यवस्थापन
सकारात्मक तथा नकारात्मक संवेग प्रति सचेत भई तिनलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ। यसमा नकारात्मक संवेग ल्याउन सक्ने परिस्थिती प्रति सचेत रहने तथा त्यस्तो परिस्थिती आइहालेमा स्वभाविक प्रकृयाको रुपमा लिने प्रयास गर्ने । त्यस्तै सकारात्मक संवेगलाई पनि नियन्त्रित अवस्थामा अति खुसि र उत्साहित हुनबाट बच्नु पर्दछ। नत्र यसको कारण मुटुसँग सम्बन्धित समस्या देखा पर्न सक्छ ।
संवेग व्यवस्थापनका सिप
अरुको संवेगात्मक प्रतिकृयालाई विवेकपूर्ण ढङ्गले बुझने,
संवेग व्यक्त गर्न उपयुक्त शब्द प्रयोग गर्ने, अस्लिल शब्द प्रयोग नगर्ने,अरुको संवेगमा समानभूति राख्ने
नकारात्मक संवेग लयाउने वा आउने प्रतिकृय परिस्थिती प्रति सचेत रहने,
संवेग व्यवस्थापनका तरिका
अरु प्रति माया, दया, भाव राख्ने,
अरुले आफूप्रति गरेको कुनै पनि राम्रो कार्यका लागि कृतज्ञता व्यक्त गर्ने,
अरुको अति आलोचना नगर्ने
• आफूमा नकारात्मक सोचाइ आएमा यो सहि कि गलत भनि प्रमाण खोज्ने।
आफनो संवेगलाई रचनात्मक रुपमा व्यवस्थापन गर्ने,
आफूलाई मनपर्ने वा गर्न सक्ने काममा संलग्न भई एक्लोपनबाट बच्ने
● सामाजिक तथा प्राकृतिक संवेग ल्याउने घटनाहरुलाई स्वभाविक रुपमा स्वीकार गर्ने,
नियमित रुपमा शारिरिक व्यायाम गर्ने,
किशोरावस्थामा संवेग ब्यावस्थापन
किशोर अवस्था भन्नाले १० वर्ष देखि १७ वर्ष सम्मको अवस्थालाई जनाउँछ । यो अवस्था संक्रमणकालीन भएकाले बाल्य अवस्था र वयस्क अवस्था दुवैका विशेषता पाइन्छ । शारिरिक रुपले वयस्क जस्तै देखिने र बानि व्यवहारमा बालपन रहि रहने भएकाले यस अवस्थाका
संवेगहरू पनि मिश्रित खालका हुन्छन् ।किशोर किशोरीहरु परिवारमा स्वतन्त्रता पाउन परिवारसँग सङ्घर्ष गर्छन् । आफ्ना साथी, सहपाठीसँग बढि समय बिताउँछन् । यो उमेर  समूहको पहिलो चरणमा पनि नकारात्मक संवेगहरु देखिदै जान्छन् भने उमेर  बढे सँगै नकारात्मक संवेगहरु पनि कम हुँदै जान्छन ।किशोर किशोरीले संवेग व्यवस्थापनका लागि एउटा स्थाइ प्रकारको
सहपाठी समूह बनाउने गर्छन् । यस्तो समूहले तनाव व्यवस्थापन गर्न, भावनाहरू साटासाट गर्न तथा आई परेका समस्याहरुलाई समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । हाम्रो समाजमा किशोर किशोरीका समस्याहरुलाई अभिभावक तथा विभिन्न संघसस्थाहरुमा खुलेर छलफल गर्ने मान्यता कम छ । तसर्थ सहपाठी समूह तनाव व्यवस्थापनका लागि महत्त्वपूर्ण छ।तर कहिले काहिँ सहपाठी समूहकै कारण नकारात्मक व्यवहार तथा गलत सङ्‌गतको विकास हुन पुग्छ जसका कारण विद्यालय छाड्ने, खराब कार्यहरु गर्ने, कुलतमा फस्ने सम्भावना
उतिकै रहन्छ । त्यसकारण सकारात्मक प्रकारको सहपाठी सम्बन्धले किशोरीहरुको संवेगात्मक स्वास्थ्य विकास गर्न सहयोग पुच्चाउँछ।
किशोर अवस्थामा संवेग व्यवस्थापनको तरिका
आफूले अनुभूति गरेका संवेग पहिचान गर्ने र नियन्त्रण गर्ने,
अरुले अनुभूति गरेको सवेग साहानुभूति पूर्वक पहिचान गर्ने र सो अनुसारको व्यवहार गर्ने,
आफूले संवेगात्मक अनुभूति गरिरहेको समयमा पनि लक्ष्यमा विचलित नहुने,
असहज परिस्थितीमा समास्याबाट भाग्ने गर्नु भन्दा सौहाद्रपूर्ण कुराकानी
गरि परिस्थितीलाई सहज बनाउने,
संवेग शान्त पार्न वैकलिपक क्रियाकलापहरु जस्तै लामो लामो सास फेर्न,अन्यत्र ध्यान लगाउने, पानी पिउने आदि गर्न सकिन्छ ।
• आफना आवनालाई कल्पनामा उड्नबाट रोक्न अति महत्वकाङ्क्ष नराख्ने,
किशोरावस्थामा संवेग नियन्त्रणका लागि योग र ध्यानको भुमिका

संवेग व्यावस्थापनमा योग र ध्यानको महत्वपूर्ण भूमिका छ। यहाँ केही महत्त्वपूर्ण बुदा उल्लेख गरिएका छन्:

1. शारीरिक र मानसिक शान्ति: योगका आसन र प्राणायामले शरीर र मनलाई शान्त पार्न मद्दत गर्छ। यसले शरीरमा तनावको स्तर घटाउन र मनलाई स्थिर राख्न मद्दत पुर्‍याउँछ।

2. आत्म-नियन्त्रण: ध्यानले आत्म-नियन्त्रण र आत्म-सजगता बढाउँछ। जब हामी ध्यान गर्छौं, हाम्रो ध्यान वर्तमान क्षणमा केन्द्रित हुन्छ, जसले गर्दा अनावश्यक विचारहरू र चिन्ता कम हुन्छ।

3.भावनात्मक स्थिरता: योग र ध्यानले भावना र विचारहरूको सन्तुलनमा सहयोग पुर्‍याउँछ। यो अभ्यासले नकारात्मक भावनाहरूलाई नियन्त्रणमा राख्न र सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत गर्छ।

4. तनाव व्यवस्थापन : नियमित योग र ध्यान अभ्यासले तनाव व्यवस्थापनमा उल्लेखनीय प्रभाव पार्छ। यो हर्मोनहरूलाई सन्तुलनमा राख्न मद्दत गर्छ र शरीरमा उत्सर्जित तनाव हर्मोनहरूलाई घटाउँछ।

5. ध्यानको तीव्रता : ध्यानको अभ्यासले ध्यान र एकाग्रता बढाउँछ, जसले हाम्रो मानसिक र भावनात्मक स्थिरतालाई मजबुत बनाउँछ। यसले कुनै पनि परिस्थितिमा मानसिक शान्ति र ताजगी प्रदान गर्छ।

6. स्वस्थ सम्बन्ध : योग र ध्यानले हामीलाई हाम्रो भावना र प्रतिक्रियाहरूलाई राम्रोसँग बुझ्न मद्दत गर्छ। यसले सामाजिक र व्यक्तिगत सम्बन्धहरूमा सुधार ल्याउँछ, किनकि हामी हाम्रो प्रतिक्रिया र व्यवहारलाई राम्रोसँग व्यवस्थापन गर्न सक्षम हुन्छौं।

यसरी, योग र ध्यानले संवेग व्यवस्थापनमा शारीरिक, मानसिक, र भावनात्मक सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...