Skip to main content

कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली

 

कक्षा ११
पाठ : ३ नेपालको निर्वाचन प्रणाली 
निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनअन्तर्गत रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का
सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र
नियन्त्रण गर्दछ । यसले निर्वाचनका लागि निम्ति मतदाताको नामावलीसमेत तयार गर्दछ ।
नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई किसिमको निर्वाचन प्रणालीको व्यवस्था गरेका छन् । एउटालाई पहिलो हुने
निर्वाचित हुने प्रणाली भनिन्छ भने अर्कोलाई समानुपातिक प्रणाली भनिन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार एक निर्वाचन क्षेत्र एक पदका आधारमा निर्वाचन हुन्छ । यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सदस्यमा निर्वाचित हुने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधि सभा सदस्यको हकमा सम्पूर्ण देशलाई र प्रदेश सभाको हकमा सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानिन्छ । यस प्रणालीमा आफूले चाहेको दललाई मतदान गरिन्छ ।
प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलक तर्फबाट प्रतिनिधित्व गर्ने
उम्मेदवार प्रतिनिधिहरू निर्वाचित हुने निर्वाचन प्रणाली समानुपातिक प्रणाली हो । स्थानीय तहमा वडा
सदस्यदेखि प्रमुख र उपप्रमुखसम्मका सबै पदहरूको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिद्वारा
गरिन्छ । राष्ट्रिय सभाको निर्वाचनमा प्रत्यक्ष र एकल सङ्क्रमणीय निर्वाचन प्रणाली अपनाइन्छ ।
मतदाताका रूपमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवम् प्रदेश सभाका संसद् राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेश संसद्का
सदस्यहरू मतदाता रहन्छन् र उनीहरूको मतभार फरक फरक रहन्छ । यस निर्वाचनमा बढी मत
ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने छ । कुनै पनि उम्मेदारले कुल खसेको सदर मतको पचास
प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः निर्वाचनको व्यवस्था छ । अठार वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार हुने छ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले मतदानमा भाग लिन पाउने छैनन् ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...