Skip to main content

आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती

 

● आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती
नेपालको इतिसासमा वि.सं. १८२५ देखि हालसम्मको
समयावधिलाई आधुनिक काल भनिन्छ । यस कालखण्डको अर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशललाई बेग्लाबेग्लै बुदागत रूपमा चर्चा गरिएको छ ।
• आर्थिक अवस्था (Economic Situation)
पृथ्वीनारायण शाहले नेपाल तिब्बत व्यापार सुधार्ने
प्रयास गरेका थिए
• बहादुर शाहले भूमि व्यवस्था र कर प्रणालीमा सुधार
गरेका थिए ।
भीमसेन थापाले पहाड र तराईको बाँझो जग्गालाई खेतीयोग्य बनाउन किसानहरूलाई प्रोत्साहन गरेका
थिए ।
भीमसेन थापाले भूमिको वैज्ञानिक किसिमले नापी
गराएर मालपोत सङ्कलन कार्य व्यवस्थित गरेका
थिए ।
राणाशासन कालमा नेपालको बाह्य व्यापार भारत र
तिब्बतसँग हुन्थ्यो ।
वि.सं. १९९३ मा पहिलो कम्पनी ऐन जारी भएपछि विराटनगर जुटमिलको स्थापना भयो र
औद्योगिकीकरणको सुरू भयो ।
नेपालमा धेरैजसो उद्योगहरू जुद्धशमशेरको पालामा स्थापन भएका थियो ।
वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना
भयो
वि.सं. २००८ सालमा अर्थमन्त्री सुवर्ण शमशेरको
पालामा पहिलो पटक बजेट निर्माण भयो ।
वि.सं. २०१३ मा नेपाल राष्ट्र बैंकको स्थापना हुनुका
साथै पहिलो पञ्चवर्षीय योजना लागु भयो ।
वि.सं. २०२२ मा राष्ट्रिय वाणिज्य बैंक तथा वि.सं.
२०२४ मा कृषि विकास बैंकको स्थापना भयो ।
पञ्चायत कालमा विभिन्न वाणिज्य बैंकहरू स्थापना
भए भने २०४६ पछि बैंक, फाइनान्स कम्पनी,
सहकारीहरू, बीमा कम्पनी जस्ता वित्तीय संस्थाहरू
स्थापना भए ।
राणाकालमा पूर्वाधार विकास ठप्प जस्तै थियो भने
पञ्चायत कालमा विदेशी सहयोग भित्रिएको पाइन्छ ।
देशमा राजमार्गहरू, जल विद्युत् आयोजनाहरू, रेडियो,
टेलिभिजन, टेलिफोन, खानेपानी, सरसफाइ जस्ता
क्षेत्रमा पहिलेभन्दा प्रगति भएको थियो ।
प्रजातन्त्र पुनर्स्थापनापछि देशका कुनाकाप्चा र दुर्गम
गाउँसम्म विकासको लहर फैलिएको पाइन्छ ।
वि.सं. २०६३ मा लोकतन्त्रको स्थापना भएपछि आर्थिक
उदारवादको नीतिलाई आत्मसात गर्दै आर्थिक प्रगतिका
ढोकाहरू खोलियो ।
कानून (Law)
नेपाल एकीकरणपछि देशको शासन व्यवस्थामा अपराध
गर्नेलाई मृत्युदण्ड, अङ्गभङ्ग तथा जेल सजाय
हुन्थ्यो ।
जङ्गबहादुरले बेलायतबाट फर्केर आएपछि वि.सं.
१९१० मा मुलुकी ऐन जारी गरे ।
वि.सं. २००४ मा पद्यशमशेरले वैधानिक शासन कानुन
निर्माण गरी देशमा संवैधानिक शासन पद्धतिको सुरू
गरे ।
वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाली
कानुनी प्रणालीमा व्यापक सुधार भयो र यसैसाल
नेपालको अन्तरिम शासन विधान जारी भयो ।
वि.सं. २०२० मा राजा महेन्द्रले मुलुकी ऐन २०२० जारी
गरे र सो ऐन पनि समयसापेक्ष नभएकाले वि.सं. २०७४
भदौ १ गतेदेखि नेपालमा मुलुकी संहिता २०७४ जारी
भयो ।
वि.सं. २०१५, २०१९२०४७ मा पनि नेपालमा
संविधानहरू जारी भयो भने वि.सं. २०७२ असोज ३ मा
नेपालको संविधान २०७२ जारी भयो ।
वि.सं. २०७२ मा जारी भएको संविधान नेपालको एक
मुख्य उपलब्धि हो जसले नेपाल र नेपालीको
राजनीतिक, कानुनी, आर्थिक तथा सामाजिक गन्तव्यको
मार्गदर्शन गरेको छ ।
हालको संविधानले नेपाललाई एक सङ्घीय
लोकतान्त्रिक गणतन्त्र राष्ट्रको रूपमा घोषणा गरेको
छ ।
हाल सङ्घीय शासन प्रणालीअन्तर्गत न्यायिक
निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति,
जिल्ला तहमा जिल्ला अदालत, प्रदेशमा उच्च अदालत
र सङ्घमा सर्वोच्च अदालत रहने व्यवस्था छ ।
संस्कृति (Culture)
राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनासँगै
नेपालमा आधुनिक विकासका ढोकाहरू खोलिने क्रम
बढ्यो ।
नेपालमा शाहकालमा हिन्दु, बौद्ध, किराँत, इस्लाम,
क्रिस्चियन र शिख धर्महरू प्रचलनमा थिए ।
मध्यकालमा बनेका अनेकौँ मठमन्दिरको निर्माण तथा
जिणाद्वार आधुनिक कालमा गरिएका थिए ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...