Skip to main content

सिर्जनात्मक चिन्तन सिप

 

एकाई- ३ पाठ- ३
सिर्जनात्मक चिन्तन सिप
परिचय
कनै पनि परिस्थिती वा परिदृश्यमा नयाँ विकल्पहरु सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो जस्तै:-कर्नै चित्र, पोस्टर, वा web page लाई नयाँ तरिकाले डिजाइन गर्नु,पत्र-पत्रिका वा Blog मा कुनै समस्या समाधानमा आफ्नो विचार वा सुझाव व्यक्त गर्न,
कथा, कविता, गीत, संगित आदि सृजना गर्नु ।
सिर्जनात्मक चिन्तनका चरण
१) तयारी चरण
यसमा सिर्जना गर्नका लागि आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान र मस्तिष्क मन्थन गरि नयाँ विकल्पको विचार गरिन्छ र ज्ञान तथा अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ ।
विकास चरण
तयारी गरेको योजनालाई आफ्नो दिमागमा परिपक्क हुन समय दिइन्छ ।
उक्त समयमा सिर्जनाकार अफु अरुनै काममा व्यस्त हुन सक्छ तर दिमागमा सिर्जनाको विकास भई रहेको हुन्छ ।
३) प्रदिप्ती चरण
यसलाई अन्तरदृष्टि पनि भनिन्छ । सिर्जनाकारको दिमागमा आश्चर्य जनक रुपमा नयाँ विचार आउछँ जसले तयार गरेको योजना र समस्या समाधान बिचको सम्बन्ध स्पष्ट हुन्छ ।
मुल्याङ्कन चरण
योजनाकारको नवीन विचारले काम गर्छ वा गर्दैन भनेर मूल्याङ्कन वा अनुसन्धान गरिन्छ र काम गरेमा यसको
उपयोग गरि अगाडी बढिन्छ ।
प्रमाणीकरणको चरण
यस चरणमा नवीन विचारलाई अन्तिम रुप दिइन्छ । सिर्जनाले वास्तविक रूपमा प्रकट हुने मौका पाउँछ । सिर्जित वस्तु, विचार वा धारणालाई अरुसमक्ष पेश गरिन्छ।
सिर्जनात्मक चिन्तनका फाइदा
यसले मानसिक लचकतामा वृद्धि गर्छ र विभिन्न विकल्पहरूमा विचार गर्ने बानीको विकास गराउँछ ।
समस्याको बहु- आयमिक समाधान पत्ता लगाउन सहयोग गर्छ ।
कार्यस्थलमा आउने समस्याहरुसँग लड्ने तथा समस्यालाई अवसरमा परिणत गर्ने क्षमता विकास हुन्छ ।
सिर्जनात्मक चिन्तनले एउटै कुराको पनि विभिन्न पक्षहरूको अध्ययनगरि सत्यको खोजी गर्न सहयोग गर्दछ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...