Skip to main content

कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास (बाकी)

 

नेपालमा प्रादेशिक विकास र जनसङ्ख्याको प्रादेशिक वितरण
कुनै पनि देशको भौगोलिक तथा प्रशासनिक क्षेत्रका आधारमा छरिएर रहेको जनसङ्ख्यालाई
जनसङ्ख्याको प्रादेशिक वितरण भनिन्छ । नेपाललाई प्राकृतिक संरचनाका आधारमा हिमाल, पहाड
र तराई गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । त्यसैगरी, सङ्घीय संरचनाका आधारमा सात
प्रदेशमा विभाजन गरिएको छ । यी भौगोलिक तथा प्रशासनिक क्षेत्रको भौगोलिक, आर्थिक र सामाजिक
विविधताका कारण जनसङ्ख्याको वितरण सबै प्रदेशमा समान छैन ।
भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण २०६८
हिमाल  १७,८१, ७९२
पहाड   १,१३,९४,००७
तराई १,३३, १८, ७०५
जम्मा २,६४,९४,५०४
प्रतिशत
६.७३ हिमाल
४३.०१पहाड
५०.२७ तराई
१००.०० जम्मा
हिमाली प्रदेशमा विषम हावापानी, कठिन भौगोलिक अवस्था र पूर्वाधारको कमीका कारण जनसङ्ख्या
पातलो छ । त्यसमा पनि सुविधाको खोजीमा त्यहाँबाट अन्यत्र बसाइँसराइ गर्नाले त्यहाँको जनसङ्ख्या
घट्दो क्रममा छ । पहाडी प्रदेशमा पनि कठिन भूबनोट,
उत्पादकत्वमा कमी, जनशक्ति पलायनका कारण विकासले गति लिन नसकेको, कमजोर भूबनोटका कारणले सडकलगायतका पूर्वाधारहरू छिटो छिटो बिग्रने, मर्मत सम्भारमा अत्यधिक खर्च हुने, पहाडबाट
तराई र सहरतर्फ बसाइँसराइ तीव्र रूपमा रहेकाले खेतबारीहरू बाँझा हुन थालेका र एकल परिवारको
संरचना वृद्धि भएकाले जमिनहरू टुक्रिन थालेका छन् । युवा र सक्रिय जनशक्ति गाउँबाट बाहिरिने क्रम
बढेकाले आश्रित जनसङ्ख्याको बाहुल्यता बढ्न थालेको छ । तराईमा हिमाली र पहाडी क्षेत्रबाट
बसाइँसराइ गरी आउने दर तीव्र रहेकाले जनसङ्ख्या वृद्धि पनि तीव्र छ । यसले बस्ती व्यवस्थापन, पर्यावरण
संरक्षण र रोजगारीमा चुनौतीहरू थपिएका छन् ।
प्रदेशअनुसार जनसङ्ख्याको वितरण
नेपालको संविधानअनुसार नेपाललाई सात प्रदेशमा विभाजन गरिएको छ । प्रदेशगत जनसङ्ख्याको
वितरण तालिकामा प्रस्तुत गरिएको छ :
प्रदेश न. १ ४५,३४, ९४३
मदेश प्रदेश ५४,०४,१४५
बाग्मती प्रदेश ५५,२९,४५२
गण्डकी प्रदेश २४,०३, ७५७
लुम्बिनी प्रदेश ४४,९९,२७२
कर्णाली प्रदेश १५,७०,४१८
| सुदूरपश्चिम प्रदेश २५,५२,५१७
स्रोत : नेपाल परिचय, सूचना विभाग, २०७६
प्रस्तुत तालिकाअनुसार सबैभन्दा बढी जनसङ्ख्या बाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा
रहेको छ । बाग्मती प्रदेशमा सङ्घीय राजधानी भएको, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार भएको,
रोजगारीका अवसरहरू भएका कारण जनसङ्ख्याको चाप बढी देखिन्छ । पूर्वाधारको अभाव, विकट
भौगोलिक अवस्था, सुविधाको कमी र रोजगारीका अवसरको कमीका कारण कर्णाली प्रदेशमा
जनसङ्ख्या कम छ । यसरी प्रदेशहरूमा जनसङ्ख्याको असमान वितरण हुनुका मुख्य कारणहरूमा
विकासका पूर्वाधारहरूको अवस्था, विकासमा असमानता, भौगोलिक विविधता र सामाजिक तथा आर्थिक अवस्थामा विविधता हुनु हो ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }