Skip to main content

सामाजिक पहिचान, विविधता र वर्ग विभाजन नेपालमा जातप्रथा

 ११ Class

पाठ :१
एकाइ ७
सामाजिक पहिचान, विविधता र वर्ग विभाजन
नेपालमा जातप्रथा
वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात
भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ ।  वि.सं. २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरूपमा बन्देज गरेको थियो । यस्ता प्रयासहरूका बाबजुद पनि हाम्रो समाजबाट जातका आधारमा हुने छुवाछुत र भेदभावको अन्त्य हुन भने सकेको छैन ।
जातप्रथाको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा विभिन्न अवधारणाहरू पाइन्छन् । तीमध्ये केही
अवधारणाहरूलाई यहाँ प्रस्तुत गरिएको छ :
(क) जातको दैवी अवधारणा
आजभन्दा झन्डै तीन हजार वर्ष पहिलेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ
पौराणिक कालमा हिन्दु परम्पराअनुसार प्रत्येक गाउँ वा सहर स्वतन्त्र र आत्मनिर्भर हुने प्रचलन
थियो। त्यसैले प्रत्येक समाजलाई व्यवस्थित गर्न वर्ण व्यवस्थालाई अनुसरण गरिन्थ्यो । यसका लागि चार
प्रकारका पदहरूको सिर्जना गरिएको थिए: ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र । समाजमा श्रम र सिपमा
आधारित कामहरूमा रुचि राख्ने व्यक्तिहरू शूद्र भनिन्थे । उत्पादनमूलक कृषि, व्यापार जस्ता कार्यमा
रुचि राख्नेहरू वैश्य भनिन्थे, सुरक्षा सेवा र शासन गर्नेहरू क्षत्रिय भनिन्थे । बौद्धिक काम गर्ने, सल्लाह
परामर्श दिने, शिक्षा दिने जस्ता काममा लाग्नेहरू ब्राह्मण भनिन्थे । ब्राह्मण, शूद्र, वैश्य र क्षत्रियहरू आफैँ वा तिनका छोराछोरीहरू आफ्नो रुचि परिवर्तन गरी वा आफ्नो पेसा परिवर्तन गरी शूद्र, वैश्य,
क्षत्रिय र ब्राह्मण हुन सक्दथे ।
(ख) शास्त्रीय अवधारणा
आदिम समाजका मानिस जात र कुलमा सबै समान थिए । मानिस मानिसबिच असमानता र भेदभाव
थिएन । यो मानवले आफैँ बनाएको सामाजिक व्यवस्था हो। शूद्रहरू सिधासाधा हुने हुनाले उचित अर्थोपार्जनमा उनीहरू पछि परे । समाजका टाठाबाठाहरूले उनिहरुको श्रम शोषण गरे । उनीहरूलाई माथिल्ला जात भनिनेहरूको सेवामा लाग्न बाध्य बनाइयो । उच्छ वर्गका सीमित  व्यक्तिहरूले छुवाछुतलाई धार्मिक कानुनका रूपमा समावेश गरे ।
जातका आधारमा समाज विभाजन भएपछि अन्य विभिन्न कारणले हेपाइमा परेकाहरूलाई पनि शूद्र
वर्गमा समावेश गर्न थालियो । युद्धमा हारेकाहरूलाई दास बनाएर शूद्र वर्गमा समावेश गरी अमानवीय
व्यवहार तथा दमन गर्ने कार्य गरियो ।यसरी जातीय भेदभावलाई धर्म र संस्कृतिसँग जोडेर व्यवहार गर्न थालेको कारण आजको दिनसम्म हिन्दु समाजबाट पूर्णतः छुवाछुत हट्न नसकेको देखिन्छ ।
(ग) व्यवहारजन्य अवधारणा
आफ्नो रुचि, प्रतिभा र आवश्यकताअनुसारका काममा विशिष्टीकरण हुँदै गएपछि बनेको जातप्रथा जन्मका
आधारमा विभाजन हुने गरी विकृत बनाउँदै लगियो।

शूद्र र वैश्यहरूको राजनीतिक तथा प्रशासनिक
अधिकारहरू पनि कुण्ठित हुँदै गए । परिणामस्वरूप उनीहरूमाथिको विभेद मौलाउने मौका मिल्यो ।
नेपालमा समाजमा प्रचलित छुवाछुत प्रथालाई जङ्गबहादुरले वि. सं. १९१० मा मुलुकी ऐन जारी गरी
कानुनी मान्यता दिएपछि यो अझ कडा हुन पुगेको देखिन्छ । हाम्रो समाजमा विद्यमान जातप्रथा न त
जैविक हो, न धार्मिक हो । यो सामाजिक तथा आर्थिक वर्ग विभाजनका क्रममा विकास भएको कुप्रथा
मात्र हो जसले पछि छुवाछुतसम्मको व्यवहारलाई स्थापित गरेको थियो ।

एक मानवले अर्को मानवलाई सम्मान गर्नुपर्छ, कुनै प्रकारको हेपाइपूर्ण र विभेदयुक्त
व्यवहार गर्नु हुँदैन भन्ने मान्यता स्थापित भइसकेको छ । छुवाछुत पूर्णरूपमा अमानवीय कार्य हो र
यसलाई पूर्णरूपमा हटाउनुपर्छ भन्ने कुरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा दस्तावेजहरूमा व्यवस्था
भइसकेको छ । त्यसको कार्यान्वयनका क्रममा समाजबाट धेरै हदसम्म यो सोचमा परिवर्तन पनि
आइसकेको छ । तैपनि समाजमा अझै यो मान्यता पूर्णरूपमा हट्न सकेको छैन । यसका लागि कानुनी
व्यवस्थाको प्रभावकारी कार्यान्वयन र जनचेतनाको स्तरमा वृद्धि गर्नुपर्दछ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...