Skip to main content

तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग

 

एकाइ २ पाठ ८
तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट
एक्सेलको प्रयोग
कम्प्युटर सफ्टवेयरले परिमाणात्मक तथा गुणात्मक दुवै प्रकारका तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न सहयोग पुऱ्याउँछ। गुणात्मक तथ्याङ्कका लागि ATLAS.ti, NVivo, Quirkos, MAXQDA,Dedoose, Raven's Eye, Transana, Datagrav आदि तथा परिमाणात्मक तथ्याङ्कका लागि IBM SPSS, RStudio, Stata, OriginPro, TIMi Suite आदि सफ्टवेयरहरू प्रचलित छन्
१. माइक्रोसफ्ट एक्सेलको परिचय
माइक्रोसफ्ट एक्सेल ( Microsoft Excel) एक स्प्रिंडसिट (Spreadsheet) मा आधारित सफ्टवेयर हो यसलाई Windows, macOS, Android and iOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनीले विकसित गरेको हो। Microsoft Excel को एउटा Sheet मा १६,३८४ ओटा Columns र १०,४८, ५७६ ओटा Rows हुन्छन्
(क) खोल्ने तरिका
विन्डोज (Windows) को कुनै पनि भर्सनमा निम्नलिखित चरणहरूबाट Microsoft Excel खोल्न सकिन्छ :
Start मेन्युमा क्लिक गर्नुहोस् ।
All Programsमा जानुहोस् ।
Scroll गर्दै गएर Microsoft Excel मा Click गर्नुहोस् । अब Microsoft Excel आफैँ खुल्छ ।
यदि Microsoft Excel लाई Taskbar मा थपिएको छ भने त्यसमा क्लिक गरेर पनि सिधै Microsoft Excel खोल्न सकिन्छ । त्यस्तै डेस्कटप सर्टकट भए त्यसमा क्लिक गरेर पनि Microsoft Excel खोल्न सकिन्छ ।
(ख) Microsoft Excel मा मध्यक (Mean) निकाल्ने तरिका
मध्यक (Mean) भनेको तथ्याङ्कको औसत (Average) हो ।Microsoft Excel मा तथ्याङ्कलाई प्रविष्ट (Entry) गरेपछि तलका चरणहरूअनुसार मध्यक
निकाल्न सकिन्छ :
आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् ।
• त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस् ।
अब AVERAGE टाइप गर्नुहोस् । त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस् । (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical मा जानुहोस् । त्यसपछि AVERAGE मा क्लिक गर्नुहोस्)
अब Enter Key थिच्नुहोस् । छनोट गरिएको तथ्याङ्कको मध्यक देखिन्छ ।
(ग) Microsoft Excel मा मध्यिका (Median) निकाल्ने तरिका
मध्यिका (Median) भनेको परिमाणका आधारमा
क्रममा मिलाएको तथ्याङ्कलाई ठिक दुई भागमा
विभाजन गर्ने तथ्य हो। त्यस्तै Microsoft
Excel मा तथ्याङ्कलाई प्रविष्ट गरेपछि तलका
चरणहरू अनुसार मध्यिका निकाल्न सकिन्छ ।
आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् ।
• त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस् ।
अब MEDIAN टाइप गर्नुहोस् । त्यसपछि
सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका
Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस्। (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical मा जानुहोस् । त्यसपछि MEDIAN मा क्लिक गर्नुहोस् ।) अब Enter Key थिच्नुहोस् । छनोट गरिएको तथ्याङ्कको मध्यिका देखिन्छ ।
(घ) Microsoft Excel मा रित ( Mode) निकाल्ने तरिका
रित ( Mode) भनेको तथ्याङ्कभित्र सबैभन्दा
बढी दोहोरिएको वा सबैभन्दा बढी बारम्बारता
(Frequency) भएको तथ्य (Value) हो ।
रितलाई बहुलक पनि भनिन्छ । रित गणनाका
लागि बारम्बारता तालिका बनाएर सबैभन्दा बढी
बारम्बारता भएको तथ्य (Value) लाई छनोट
गर्नुपर्छ । Microsoft Excel मा तथ्याङ्कलाई
प्रविष्ट (Entry) गरेपछि तलका चरणहरू अनुसार
रित निकाल्न सकिनछ।
आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् ।
• त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस् ।
अब MODE टाइप गर्नुहोस् । त्यसपछि सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell हरू Select गर्नुहोस् र कोष्ठ बन्द गर्नुहोस् । (यसको सट्टा Formulas Bar मा गएर More Functions भित्र गई Statistical मा जानुहोस् । त्यसपछि MODE मा क्लिक गर्नुहोस् ।अब Enter Key थिच्नुहोस् । अब छनोट गरिएको तथ्याङ्कको रीत (Mode) देखिन्छ ।
(ङ) Microsoft Excel मा स्तरीय भिन्नता (Standard Deviation) निकाल्ने तरिका
तथ्याङ्कको सेटभित्र तथ्यहरू (Values ) मध्यकबाट कति टाढा वा नजिक छन् भन्ने मापन गर्ने सूचकाङ्कलाई नै स्तरीय भिन्नता (Standard Deviation) भनिन्छ ।
तलका चरणअनुसार स्तरीय भिन्नता  निकाल्न सकिन्छ :
S= स्तरीय भिन्नता (Standard Deviation)
को योगफल (Sum of ....)
आवश्यक भएको Cell मा क्लिक गर्नुहोस् ।
• त्यसपछि बराबर चिह्न ( = ) टाइप गर्नहोस् ।
अब STDEV टाइप गर्नुहोस् । त्यसपछि
सानो कोष्ठ सुरु गरी तथ्याङ्क भएका Cell
हरू Select गर्नुहोस् र कोष्ठबन्द गर्नुहोस् ।
( यसको सट्टा Formulas Bar मा गएर
More Functions Statistical मा जानुहोस् । त्यसपछि STDEV मा क्लिक गर्नुहोस्। अब Enter Key थिच्नुहोस् अब छनोट गरिएको तथ्याङ्ङ्कको स्तरीय भिन्नता
(Standard Deviation) देखिन्छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...