Skip to main content

नेपालमा विपत

 एकाइ : ५  पाठ: ६

नेपालमा विपत
मानवीय तथा प्राकृतिक कारणले जीवनमा आउने सङ्कटपूर्ण अवस्था विपत हो । विपतको कारण धन जनको क्षतिका साथै वातावरणमा प्रतिकूल असर पर्दछ ।
विवतसँग सम्बन्धित केहि शब्दावली र तिनीहरूको
परिभाषा:
प्रकोप : विपत ल्याउन सक्ने घटना, जस्तै: वाढी, पहिरो आगलागी आदि ।
विपतः प्रकोपको कारण उत्पन्न मानवीय सङ्कट, जस्तै : मानिस मर्ने, हराउने घाइते हुने, पशु तथा खेतबारीको विनाश
जोखिम: प्रकोपबाट क्षति हुने सम्भावना रहेको अवस्था, जस्तै: नदी किनारको बस्ती, कमलो माटो तथा भिरालो जमिन भन्दा तल रहेका घर बस्ती,
सङ्कट : अति जोखिम वा विपत उन्मुख भएको अवस्था, जस्तैः खोला किनारमा रहेको बस्ती, पहिरो जान लागेको छेऊ को घर आदि
न्युनीकरण र अल्पिकरण: प्रकोप हुनभन्दा अगाडी त्यसको सामना गर्न गरिने तयारी न्यूनीकरण हो भने क्षति कम गर्न गरिने कार्यलाई अलपीकरण भनिन्छ । जस्तैः खोला किनारमा तटबन्द लगाउने, तार जाली लगाउने,
टेवा, पर्खाल लगाउने आदि।
क्षमता: विपतको सामना गर्ने, श्रोत साधत, ज्ञान र सिप आदि । जस्तैः विपत आउन भन्दा पहिले उदार, राहत, पूर्नवास, उपचार आदिमा चाहिने सामानको जोहो गर्नु ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }