Skip to main content

जाति, जनजाति १जाति

 ११ Class

पाठ :3
जाति, जनजाति
१जाति
बृहत् नेपाली शब्दकोशमा जाति शब्दलाई शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका
आधारमा छुट्टिने वा चिनिने समुह भनी परिभाषित गरिएको छ यो जन्मका आधारमा स्थापित हुन्छ, जस्तै मङ्गोल, आर्य आदि । नेपाल बहुजातीय मुलुक हो यहाँ सयौँ जातिहरू
रहेका छन्।
२.जनजाति
आफ्नै धर्म, भाषा, संस्कृति, परम्परा एवम् रीतिरिवाज भएका र कुनै निश्चित भौगोलिक क्षेत्रमा
बसोबास गर्ने जातिलाई जनजाति भनिन्छ । तामाङ, गुरुङ, राई, लिम्बु, मगर, शेर्पा, नेवार, भोटे,
थकाली, चेपाङ, थारु, पहरी आदि जनजातिहरू हुन् विगतमा हाम्रो समाजमा जातजातिका आधारमा भेदभाव गर्ने प्रचलन थियो ।
हालका केही दशकदेखि देशको संविधान र कानुनहरूले त्यस्तो भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ ।
त्यसैले हामी आज आफ्नो जातीय पहिचान कायम राख्दै नेपाली हुन पाएकामा गर्व गर्न थालेका छौं ।
३. पहिचान
हरेक व्यक्तिको आफ्नो पहिचान हुन्छ । उसले जहिले पनि आफ्नो पहिचान खोजिरहेको हुन्छ ।
यस्तो पहिचान व्यक्तिगत, लैङ्गिक, जातिगत, राष्ट्रिय, सांस्कृतिक, धार्मिक, भौगोलिक क्षेत्रीय,
राजनीतिक, आर्थिकलगायत विविध प्रकारको हुन सक्छ । ती पहिचानहरूमध्ये एउटा पहिचान
मात्र कायम भएमा त्यसलाई एकल पहिचान भनिन्छ, जस्तै: पुरुष वा महिला, कुनै खास जाति,
कुनै खास क्षेत्र, कुनै खास वर्ग, कुनै खास पद, कुनै खास राष्ट्रियता आदिका आधारमा पहिचान
बोकेमा त्यसलाई एकल पहिचान भनिन्छ । एउटै व्यक्तिको धेरैओटा पहिचान भएमा त्यसलाई
बहुपहिचान भनिन्छ । सुमन भन्ने व्यक्तिको नाम व्यक्तिगत पहिचान हो । उसको थर यादव
जोडिएपछि जातीय पहिचान पनि कायम भयो । ऊ मधेशमा बस्ने भएपछि क्षेत्रीय पहिचान पनि
जोडियो। उसको धर्म हिन्दु जोडेपछि धार्मिक पहिचान पनि भयो । समग्रमा उसको पहिचान नेपाली हो ।
आफ्नो पहिचानप्रति व्यक्ति, समूह र समाजको लगाव हुन्छ । व्यक्ति आफ्नो पहिचानमा गर्व
गर्छ । विश्वमा पहिचानकै लागि युद्धहरू पनि
भएका छन् । बहुपहिचानको अवधारणाले विश्वमा शान्ति कायम गर्न मदत गर्दछ । व्यक्तिगत पहिचान
बाहेक अरू सबै पहिचानहरू परिवर्तनशील हुन्छन् । व्यक्ति बसाइँसराइका कारण कामको खोजीका
कारण वा अन्य कुनै कारणले आफ्नो पहिचान फेर्न पनि तयार हुन्छ । यसलाई पहिचानको लचकता पनि
भनिन्छ । कुनै पहिचान लुकाएर वा कुनै पहिचानलाई फेरेर नयाँ पहिचान कायम गर्न सक्छन् ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...