Skip to main content

आत्मबोध र आत्म मूल्याङ्कन

एकाइ ३

पाठ ५
आत्मबोध र आत्म मूल्याङ्कन
परिचय
आत्मबोध भन्नाले आफ्ना विचार, भावना, व्यवहार तथा कार्यहरू आन्तरिक मूल्य र मान्यतासँग मिल्दा छन् कि छैनन्, भनि मुल्याङ्कन गर्नु भन्ने बुझिन्छ ।
आत्मबोधका प्रकार
Tasha eurich का अनुसार आत्मबोधका प्रकारलाई दुई भागमा विभाजन गरिएको छः
आन्तरिक आत्मबोध
आफ्ना मूल्य, मान्यता तथा इच्छा चाहानाहरू समाज र वातावरणमा उपयुक्त छन् छैनन भनि मुल्याङ्कन गरि आवश्यकता अनुसार परिवर्तन गर्नुलाई आन्तरिक आत्मबोध भनिन्छ।
•वाह्आत्मबोध
अरु मानिसले आफूलाई कस्तो रुपमा हेर्छन वा लिन्छन् भनि जान्ने क्षमतालाई वाह्य आत्मबोध भनिन्छ।
आत्मबोधको महत्त्व
आफूले राम्रो गर्न सक्ने र सुधार गर्न आवश्यक कुरा पता लगाई आफ्नो सिप सुधार गर्नु,
• आफ्नो विचार र कार्यलाई आफ्नो आदर्शसँग मिलाएर खुसी जीवन जिउनु,
आफ्ना अनुयायी, कर्मचारी र सहकर्मीको आफूप्रतिको दृष्टिकोण थाहा पाई असल नेत्तृवकर्ता बन्नु,
आफ्नो कार्य क्षमता वृद्धि गर्न व्यक्तिगत सम्बन्ध बलियो बनाउन तथा संवेग व्यवस्थापन गर्न,
आफ्नो वास्तविक इच्छा, चाहाना महसुस गर्नु र त्यस सुहाउँदो पेसा छनौट गर्न,
आफनो संवेग पहिचान गर्नु तथा आफूलाई कम मनपर्ने कामहरु ल्यागि तनाव कम गर्न ।
.आत्मबोधका तरिका र अभ्यास
ध्यान गर्ने,
• लेख्ने बानिको विकास गर्ने,
मनोमापन परिक्षण गर्ने,
• विश्वासिलो साथीहरुलाई सोध्ने,
कार्यस्थलमा पृष्टपोषण लिने
आत्म मुल्याङ्कन
आफ्ना व्यक्तिगत कार्य र तिनको परिणामलाई व्यवस्थित रूपले विश्लेषण गरि मूल्य दिने प्रकृया नै आत्ममुल्याङ्‌ङ्कन हो । यो प्राय औपाचारिक रूपमा गरिने भएकाले लिखित हुन्छ। आत्ममुल्याङ्‌कन आफ्ना कमि
कमजोरी थाहा पाउने र तिनीहरूलाई सुधार गर्ने महत्त्वपूर्ण अवसर हो ।
आत्म मुल्याङ्‌कनको महत्त्व
व्यक्तिलाई आफूलाई मुल्याङ्कन गर्ने व्यक्ति आफैँ भएको अनुभूति गराउन
आफनो अनुगमन आफैँ गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन,
संस्थाका कर्मचारी बिच एक आपसबाट सिक्ने बानिको विकास गर्न,
सामुहिक कार्य प्रति उत्प्रेरणा जगाउन,
कामदार कर्मचारी आफैले नयाँ विधि तथा प्रविधिको खोजी गरी प्रयोग गर्न ।
•आत्मा मुल्याङ्कनका तरिका र प्रयोग
कर्नै पनि कार्य गर्दा आफ्नो पेशागत विकास बारे चिन्तन गर्ने,
ऑफना सहकर्मि शिक्षक तथा साथीहरुसँग आफ्नो बारे प्रतिक्रिया लिने र उनीहरुका सुझाव शान्त पूर्वक बिना प्रतिवाद सुन्ने,
लिखित मुल्याङ्कन गर्नु पर्ने भएमा तरिका सिकेर मात्र गर्ने,
आफ्ना कमि कमजोरी हरु प्रति कठोर भएर सत्य पत्ता लगाई परिवर्तन गर्ने,
विगतका कमि कमजोरिलाई सिकाइको रूपमा लिने र चिन्ता नगर्ने,
आफ्ना उपलब्धिको अभिलेख राख्ने ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...