Skip to main content

पृथ्वीनारायण शाहको एकीकरण अभियानका महत्त्वपूर्ण घटनाहरू (Major Events of Unification Campaign of Prithivi Narayan Shah)

 

पृथ्वीनारायण शाहको एकीकरण अभियानका
महत्त्वपूर्ण घटनाहरू (Major Events of
Unification Campaign of Prithivi
Narayan Shah)
पृथ्वीनारायण शाहको राज्यरोहण : वि.सं. १७९९ साल
नुवाकोट विजय : वि.सं. १८०१ (२ पटक आक्रमण)
३. कीर्तिपुर विजय : वि.सं. १८१४ पहिलो, वि.सं. १८२१
दोस्रो र वि.सं. १८२२ मा तेस्रो पटकमा सफल
मकवानपुर विजय: वि.सं. १८१९ साल
कान्तिपुर विजय : वि.सं. १८२५ असोज १३ गते
इन्द्रजात्राको दिन
पाटन विजय : वि.सं. १८२५ असोज २४ गते
भादगाउँ विजय: वि.सं. १८२६ मंसिर १ गते
विजयपुर विजय: वि.सं. १८३१ साल
पृथ्वीनारायण शाहको मृत्यु : वि.सं. १८३१ माघ १ गते ।
पृथ्वीनारायण शाहको मृत्युपछि भएका नेपाल
एकीकरणका प्रयासहरू (Efforts to Unified
Nepal after Prithivi Narayan Shah)
पृथ्वीनारायण शाहको मृत्युपछि पनि एकीकरण
अभियानलाई उनकी जेठी बुहारी राजेन्द्र लक्ष्मी र कान्छा
छोरा बहादुर शाहद्वारा संयुक्त रूपमा निरन्तरता दिइयो ।
उनीहरूले कुशलतापूर्वक एकीकरणको कार्यभार
सम्हाले र नेपाल एकीकरणमा ठुलो योगदान गरे ।
बहादुर शाहले नेपालको पश्चिमतर्फको ठुलो भूभाग
नेपालमा मिलाएका थिए ।
नेपालका पश्चिमी राज्यहरूको विजय, महाकाली र
मेची नदी पूर्वका ठाउँहरू कब्जा गरी बहादुर शाहले
पूर्वको सिमाना टिष्टा र पश्चिमको कुमाउँ गढवालसम्म
विस्तार गरी विशाल नेपाल निर्माण भयो ।
वि.स. १८५४ मा बहादुर शाहको मृत्युपछि रणबहादुर
शाहले नेपालको एकीकरण अघि बढाए ।
रण बहादुर शाहको पालामा गढवाललाई नेपालमा
मिलाएर नेपालको सिमाना पश्चिममा सतलज नदीसम्म
पुग्यो र नेपाल एकीकरण अभियान टुङ्गियो ।.
नेपाल-अङ्ग्रेज युद्ध (Nepal British War)
वि.सं. १८७१ मा नेपाल अङ्ग्रेज युद्ध भयो । त्यसबेला
नेपालतर्फ धेरै क्षति भएकाले नेपाल सरकारले सन्धिको प्रस्ताव पठायो । त्यसपछि वि.सं. १८७२ मा सुगौली सन्धि भयो । यो सन्धिपछि नेपालले कुल तीन खण्डमा एक खण्ड भूमि गुमाउनु परेको थियो । जङ्गबहादुर राणा प्रधानमन्त्री भएको बेला अङ्ग्रेजले सहयोग मागेकोमा जङ्गबहादुर आफ्नै नेतृत्वमा गई भारतमा ब्रिटिस शासन विरुद्ध भएको सिपाही विद्रोह दबाउन आफ्नो क्षमता देखाई सहयोग गरेबापत अङ्ग्रेज खुशी भई
वि.सं. १९१७ मा अङ्ग्रेजबाट तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाए । त्यसपछिको नेपालको भूभाग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...