एकीकरणपछिको
राज्य सत्ता
State Power after Unification
एकीकरणपछिको नेपाल
(Nepal after Unification)
नेपाल एकीकरणको काम समाप्त भएपछि नेपालको दरबार षडयन्त्रको भुमरीमा फस्यो । त्यसपछि नेपालको राज्य सत्ता तथा सेना कमजोर हुन थाल्यो । वि.सं. १८७१ मा नेपाल अङ्ग्रेज युद्ध भयो र वि.सं. १८७२ मा नेपाल र अङ्ग्रेजबिच सुगौली सन्धि भयो र नेपालले एक तिहाइ भूभाग गुमायो त्यसपछि नेपालको सिमाना मेची र काली नदीका बिचमा सीमित हुन गयो ।
राणाकाल अघि(Prior Rana Period)
● पृथ्वीनारायण शाहको मृत्युपछि नेपालको राजदरबारमा षड्यन्त्र सुरू हुन थालेको, सानो उमेरमा राजा हुने, नायब शासन चल्ने गरेको अवस्थाको फाइदा उठाई भारदारहरू शक्तिशाली हुन थालेका थिए ।
• रणबहादुर शाह अढाइ वर्षमा, गीर्वाणयुद्ध विक्रम शाह दुई वर्षमा र राजेन्द्रविक्रम पनि सानैमा राजा भएका थिए • रणबहादुर शाह नाबालक हुदा बहादुर शाह र
राजेन्द्रलक्ष्मी मुख्तियार भई शासन गरेका, गीर्वाणयुद्ध
विक्रम शाहको मुख्तियार भई उनका रानी सुवर्णप्रभा,
राजराजेश्वरी र स्वयम् रणबहादुरले नायब भएर काम
गरेका थिए ।
रणबहादुर शाहको हत्या भएपछि गीर्वाणयुद्धको नायबी
भएर राजमाता ललितत्रिपुरा सुन्दरीले शासन गरेकी
थिइन् ।
गीर्वाणयुद्धको युवावस्थामै निधन भएकाले उनका
नाबालक छोरा राजेन्द्र विक्रम शाह राजा भएका,
नाबालक नातिको नायब भएर राजमाता ललित
त्रिपुरासुन्दरीले शासन गरेकी थिइन् ।
राजेन्द्र विक्रम शाह राजा भएपछि आफूले सत्ता
सञ्चालन गर्न नसकेपछि उनले आफ्नी रानीहरूलाई
शासन सत्ता दिए जसले गर्दा दरबारमा गुटबन्दी र
षड्यन्त्रको वातावरण सिर्जना भयो ।
षड्यन्त्रकै समयमा भिमसेन थापा शक्तिशाली
प्रधानमन्त्री भए र उनकै पालामा सुगौली सन्धि भएको
थियो ।
दरवारभित्रको राजनीतिक अस्थिरता, व्यक्तिहत्या र
आत्महत्या जस्ता प्रकरणहरू, तत्कालीन राजा राजेन्द्र
विक्रम शाहको अयोग्यता, सुरेन्द्र विक्रम शाहको
राज्यरोहण तथा वैवाहिक सम्बन्ध आदिका कारण राणा
शासनको पृष्ठभूमि बनेको थियो ।
राजा राजेन्द्र विक्रमले कान्छी रानी राज्यलक्ष्मीलाई
राजकीय अधिकार दिएको, उनले जेठा छोरा सुरेन्द्र
विक्रमको सट्टा रणेन्द्र विक्रमलाई युवराज बनाउने
आदेश प्रधानमन्त्री माथवरसिंह थापाले नमानेपछि
वि.सं. १९०२ जेठ २ मा यिनको हत्या, वि.सं. १९०३
भाद्र ३१ गते राती रानीका विश्वासपात्र गगनसिंह
खवासको पनि हत्या भयो ।
गगनसिंहको हत्याको हत्यारा पत्ता लगाई दण्ड दिने
उद्देश्यले रानीले बोलाएको भेलामा जङ्गबहादुर र
उनका भाइभारदार आफ्नो ३ पल्टन फौजले कोतलाई
घेर्न लगाई अभिमानसिंह राणा, प्रधानमन्त्री फत्तेजङ्ग
शाह लगायत ५५ जनाको हत्या गरी कोतपर्व मच्चाई
आफू प्रधानमन्त्री तथा कमान्डर इन चिफ नियुक्त
भएका थिए ।
राणा शासनको नेपालको राज्य व्यवस्था स्वेच्छाचारी,
निरङ्कुश र हुकुमी थियो ।
राणाहरूले आफू अत्यन्त विलासी जीवन बिताउँथे भने
जनतालाई गरिब, पीडित बन्न बाध्य बनाएका थिए ।
शासन सत्तामा राणा परिवार र उनका नातेदारबाहेक
अरू बस्न पाउँदैनथे ।
जनताका छोराछोरीले पढे भने बाठा हुन्छन् र उनीहरूले
राणा शासनको विरोध गर्छन् भन्ने मान्यताले गर्दा
विद्यालय खोल्न दिँदैनथे ।
राणा परिवारभित्र पनि विभिन्न षडयन्त्रहरू भइरहन्थे ।
चन्द्रशमशेरले राणाहरूलाई ए, बी र सी गरी ३ वर्गमा
विभाजन गरे र ए वर्गले मात्र प्रधानमन्त्री पाउने नियम बनाइदिएपछि बी र सी वर्गका राणाहरू राणा
शासनको विरोधमा लागे ।
वि.सं. १९९४ मा प्रजापरिषद् खोलियो र वि.सं. १९९७
मा प्रजापरिषद्का नेताहरू (धर्मभक्त, गंगालाल, दशरथ
Comments
Post a Comment