Skip to main content

कक्षा ११(ख) सहरी बस्ती (Urban Settlement):

 

(ख) सहरी बस्ती (Urban Settlement):
सहरको अङ्ग्रेजी शब्द Urban, Latin भाषाको Urbs बाट आएको हो । यसको अर्थ नगर अथवा
नगरसँग सम्बन्धित हुन्छ । सामान्यतया सहरी बस्ती सेवा उद्योग, व्यापार, पर्यटन आदिमा आधारित हुन्छ।
कुनै बस्ती सहर हुनका लागि देशअनुसार फरक फरक मापदण्ड निर्धारण गरिएको पाइन्छ। नेपालमा हिमाली क्षेत्रमा १०,०००, पहाडी क्षेत्रमा ४०, ००० भित्री मधेसमा ५०,००० तराईमा ७५,००० हजार र काठमाडौँ उपत्याकामा १,००,०००, जनसङ्ख्यासहित नगरीय सेवा तथा सुविधाहरू,जस्तै : विद्युत्, सडक, खानेपानी, सार्वजनिक उद्यान, नगर सभागृह भएको अर्धसहरी क्षेत्रलाई नगर घोषणा गरिन्छ । तसर्थ सहरी बस्तीलाई परिभाषित गर्न कठिन छ । यद्यपि केही विद्वान्हरूले आआफ्नै ढङ्गबाट
१. A.B. Gallion का अनुसार : “सहर भन्नाले त्यस ठाउँमा बस्ने सम्पूर्ण बासिन्दाहरू, बस्नका
लागि घरहरू, किनबेचका लागि पसल, हिँड्नका लागि सडक (गल्ली) र व्यापारका लागि स्थान
उपलब्ध भएको क्षेत्रलाई जनाउँछ ।”
Von Richthofen का अनुसार : "सहरले त्यस्तो क्षेत्र समावेश गरेको हुन्छ, जहाँ कृषिभन्दा
फरक मुख्य पेसाका रूपमा व्यापार र उद्योग हुन्छ ।”
सहरी बस्तीका विशेषता
बढी जनसङ्ख्या बसोबास गर्ने
उद्योग व्यापार पर्यटन, स्वास्थ्य, शिक्षा वा सेवामूलक हुने व्यवसायमा आधारित हुने
मानिसहरूको मुख्य पेसा गैरकृषि हुने
औद्योगिक, व्यापारिक, प्रशासनिक, शिक्षा, स्वास्थ्य आदि सुविधाहरू उपलब्ध हुने
ठुला भवनहरू र घना बस्ती भएको हुने
विकासका पूर्वाधारहरू, जस्तै : यातायात, सञ्चार, विद्यत्, खानेपानी आदिको राम्रो विकास
भएको हुने ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...