Skip to main content

सेट ग बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12

 

सेट
बिषय:  सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा                                                                                                      नमुना प्रस्न पत्र   कक्षा 12    पुणाङ्क 75                समय  3 घन्टा
समूह क
अति छोटो उत्तर दिनुहोस
१ जीवन उपयोगी शिक्षाको परिभाषा दिनुहोस
२ पुर्विय चिन्तन भन्नाले के बुझिन्छ?
३ अध्यन प्रस्तावना भनेको के हो? एक वाक्यमा
लेख्नुहोस।
४ समानुभुतिसिपका मुख्य तत्वहरु मध्य कुनै दुई तत्वहरु लेख्नुहोस।
५ विपतलाइ एकवाक्यमा परिभाषित गर्नुहोस।
६ स्थानिय ज्ञान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस।
७ नेपालको कानुन अनुसार जनसंख्याको आधारमा हिमालको शहरिकरणको मापदण्ड  उल्लेख गर्नुहोस।
८ गाउँ शहर सम्बन्ध भन्नाले के बुझ्नुहुन्छ? एक वाक्यमा लेख्नुहोस।
९ बसाइसराइको धार भनेको के हो?एक वाक्यमा उल्लेख गर्नुहोस।
१० आप्रवासी कामदारहरुले भोग्नु परेका मुख्य दुई समस्याहरु लेख्नुहोस।
११ नेपालको आर्थिक विकासका कुनै दुइ अवरोधहरुको नाम लेख्नुहोस।
समूह ख
छोटो उत्तर दिनुहोस
१२ मानिसले आफैले गणना गर्नुभन्दा कम्प्युटर सफ्टवेयर प्रयोग गरि तथ्यांक प्रसोधन र विश्लेषण गर्दा के के फाइदा हुन्छ? पाँच बुदामा लेख्नुहोस।
अथवा
बौद्धिक चोरिसम्बन्धी कानुनी प्रावधान के कस्तो छ लेख्नुहोस।
१३ GPS को कुनै पाँचओटा महत्व उल्लेख गर्नुहोस
१४ नेपालमा पटक पटक भएका राजनितिक परिवर्तनका आन्दोलनहरुमा जनताको महत्वपुर्ण भुमिका भएता पनि जनापेक्षा अनुरुप काम हुन नसक्नुका कारणहरु उल्लेख गर्नुहोस।
१५``नेपाली समाजको क्षेत्रीय तथा सामाजिक विविधताको पहिचानलाइ सहि सम्बोधन गर्न नसके सामाजिक सद्भाव र राष्ट्रीय एकतामा आच आउँछ´´ य भनाइलाइ तर्क सहित पुष्टि गर्नुहोस।
१६ समतामुलक समाज निर्माणमा सरकारले खेलेका कुनै पाँच भुमिकाहरु के के हुन?उल्लेख गर्नुहोस।
१७ असल नागरिकको रुपमा तपाइले पालना गर्नु पर्ने मुख्य पाँच कर्तव्य वुदागत रुपमा लेख्नुहोस।
१८ गाउँ शहर सम्बन्ध र जीविकोपार्जनमा प्रभाव पर्ने तत्वहरु के के हुन? छोटकरिमा उल्लेख गर्नुहोस।
१९मानव संसाधन विकास गर्ने तरिकाहरु उल्लेख गरि कुनै दुइको व्याख्या गर्नुहोस।
समूह ग
लामो उत्तर दिनुहोस
२० सामाजिक अध्ययनमा प्रयोग हुने विभिन्न अध्ययन विधिहरु  लेखी वर्णन गर्नुहोस।
२१ नेपालमा अन्तरप्रदेश सम्वन्ध सुदृढ गर्ने उपाय लेखि अन्तरप्रदेश सम्वन्धका फाइदा लेख्नुहोस।
२२ नेपालमा शहरिकरणका मापदण्डको शुचि बनाइ छोटकरिमा व्याख्या गर्नुहोस।
अथवा
सार्वजनिक प्रशासनमा सदाचार र सामाजिक जवाफ देहिताको अभाव किन देखियको होला ? सार्वजनिक प्रशासनलाइ जवाफदेही बनाउने उपाय उल्लेख गर्नुहोस।
               समाप्त

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...