Skip to main content

एकाइ ८ कक्षा १२ पाठ ७ सदाचार र सामाजिक जवाफदेहिता

 एकाइ ८  कक्षा १२ 

पाठ ७ सदाचार र सामाजिक जवाफदेहिता

१. सदाचार भनेको के हो?

कुनै पनि व्यक्तिले दैनक कृयाकलाप सन्चालन गर्दा अवलम्वन गर्ने नैतिक मुल्य मान्यता सम्वन्धि असल आचरण वा सद्व्वहारलाई सदाचार भनिन्छ।

२. सदाचारका आधारहरु के के हुन?लेख्नुहोस

सदाचारका आधारहरू  सत्य, अहिंसा, प्रेम, सहनशीलता, अनुशासन, इमानदारी, र सेवाभाव हुन।

३. सदाचारले सुशासनमा कसरी योगदान पुर्‍याउँछ?

सदाचारले सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाइ भ्रष्टाचार, ढिलासुस्ती र अधिकारको दुरुपयोग जस्ता समस्याहरू कम गरि सुशासन कायम  गर्न सहयोग पुर्याउछ।

४. सामाजिक जवाफदेहिता भनेको के हो ? लेख्नुहोस

सामाजिक जवाफदेहिता भनेको सार्वजनिक निकायहरूले जनताको साधन, स्रोत, र शक्तिको प्रयोग जनहितमा पारदर्शी र उत्तरदायी रूपमा गर्नु हो। यसले नागरिकलाई सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता, र सहभागिता सुनिश्चित गर्दछ। 

५. सामाजिक जवाफदेहिता कसरी विकास भएको हो?

सामाजिक जवाफदेहिता ल्याटिन शब्द 'to count' बाट आएको हो। प्रारम्भमा आर्थिक हिसाबकिताबमा प्रयोग भएको यो अवधारणा पछि सार्वजनिक संस्था र अधिकारीहरूको कार्यसम्पादन, नैतिक आचरण, सदाचार र आत्मिक आयाममा जनसहभागिता र पारदर्शितासँग सम्बन्धित भयो।

Allछोटो उत्तर दिनुहोस

 व्याक्ति सदाचारि हुँदा हुने फाइदाहरू के के हुन्? लेख्नुहोस

सदाचार हुँदा हुने फाइदाहरूलाइ निम्न अनुसार उल्लेख गरिन्छ।

१. व्यक्तिमा आत्मनियन्त्रण र उत्प्रेरणा वृद्धि हुन्छ।

२. सार्वजनिक सेवालाई निष्पक्ष र पारदर्शी बनाउँछ।

३. भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्छ।

४. सेवाग्राहीको सरकार प्रतिको विश्वास अभिवृद्धि गर्छ।

५. सरकारी काम कारवाहीलाई छिटो र छरितो गराउँछ।

६. महत्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम राख्छ।

७. विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ।

८. सुशासन कायम गर्न सघाउँछ।

सार्वजनिक पदमा बसेको व्यक्ति सदाचारी नभए के समस्या आउन सक्छन्?

सार्वजनिक पदमा बसेको व्यक्ति सदाचारी नभए निम्न समस्याहरू आउन सक्छन्:

1. भ्रष्टाचार फैलिने: जनताको लागि तोकिएको स्रोत र सुविधा दुरुपयोग हुन सक्छ। अर्थात राष्ट्रिय सम्पत्तिको दुरुपयोग हुन सक्छ।

2. जनताको विश्वास गुम्ने: काममा ढिलासुस्ती भएर जनताले अनावश्यक दुःख पाउने हुदा जनताले सरकार वा सार्वजनिक पदमा रहेका व्यक्तिहरूप्रति भरोसा गर्न छोड्छन्।

3. विकासमा अवरोध: सार्वजनिक पद धारण गरेको व्याक्तिको गलत निर्णय र साधन स्रोतको दुरुपयोगले राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा अवरोधहरू आउन सक्छन्।

4. सामाजिक अन्याय: सार्वजनिक पद धारण गरेको व्याक्तिको गलत आचरणले समाजमा असमानता र अन्याय बढाउन सक्छ।

5. प्रेरणा घट्ने: सदाचारको अभावले नयाँ पुस्तालाई नकारात्मक सन्देश दिन्छ। 

सार्वजनिक पद धारण गरेको व्याक्तिले  पालना गर्नुपर्ने  सदाचार के के हुन  ५  बुद्धामा उल्लेख गर्नुहोस

सार्वजनिक पदमा रहेका व्यक्तिले पालना गर्नुपर्ने सदाचार लाइ निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

1. इमानदारी (Honesty): सार्वजनिक पद धारण गर्ने व्यक्तिले कुनै प्रकारको लोभ, पक्षपात, र बेइमानी नगरी सत्य र निष्ठाको मार्ग अपनाउनुपर्छ। यसले जनताबीच विश्वास कायम गर्न सहयोग पुर्‍याउँछ।

2. पारदर्शिता (Transparency): आफ्नो निर्णय र कामकाज खुलेर गरिनुपर्छ। जनताले सहज रूपमा कार्यप्रक्रियाको जानकारी लिन सक्ने वातावरण सिर्जना गर्नुपर्छ, जसले अपारदर्शिता र भ्रष्टाचारलाई रोक्छ।

3. उत्तरदायित्व (Accountability): जनताबाट प्राप्त शक्तिको सही उपयोग गर्दै आफ्ना कामका लागि जवाफदेही हुनुपर्छ। कुनै गल्ती भए त्यसको जिम्मेवारी लिन तयार हुनुपर्छ।

4. न्यायप्रेमि (Fairness): सबैलाई समान अवसर र सेवा प्रदान गरिनुपर्छ। जात, धर्म, लिंग वा कुनै प्रकारको भेदभाव नगरिकन न्याय सुनिश्चित गर्नुपर्छ।

5. सेवाभाव (Service-mindedness): व्यक्तिगत फाइदाभन्दा नागरिकका आवश्यकतालाई प्राथमिकता दिनुपर्छ। जनताको हितमा काम गर्ने उद्देश्य राख्नुपर्छ, जसले समाजलाई सकारात्मक परिवर्तनमा योगदान दिन्छ।

यी सदाचारले मात्र सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छ र समाजलाई पनि विश्वास र स्थिरता प्रदान गर्न सक्दछ।

व्याक्तिमा के कस्ता सदाचारि गुण हुनुपर्दछ ?उल्लेख गर्नुहोस

व्याक्तिमा हुनु पर्ने केहि महत्वपुर्ण सदाचारि गुणहरुलाइ निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

1. इमानदारी (Honesty): सत्य बोल्ने र कुनै किसिमको बेइमानी नगर्ने।

2. पारदर्शिता (Transparency): व्यवहार र निर्णयमा स्पष्टता राख्ने।

3. निष्ठा (Integrity): आफ्नो आदर्श र मूल्यप्रति अडिग रहनु।

4. अनुशासन (Discipline): समयपालना र कर्तव्यनिष्ठा अपनाउनु।

5. सहनशीलता (Patience): धैर्य राख्ने र परिस्थिति अनुसार संयमित रहने।

6. आदरभाव (Respect): अरूको विचार, भावना, र अस्तित्वलाई सम्मान गर्ने।

7. उत्तरदायित्व (Responsibility): आफ्नो कार्यको जिम्मेवारी लिने।

8. समानता (Equality): सबैलाई समान दृष्टिकोणले हेर्ने।

9. सेवाभाव (Service-mindedness): अरूलाई मदत गर्ने भावना राख्ने।

10. शिष्टाचार (Politeness): बोलचाल र व्यवहारमा भद्र र सभ्य हुने।

यी गुणले व्यक्तिको चरित्र बलियो बनाउँछ र समाजमा आदरणीय व्यक्तित्व बनाउन मद्दत गर्छ।

सार्वजनिक सेवालाइ पारदर्शि र सर्वसुलव बनाउन नेपालमा राष्ट्रसेवक कर्मचारीले के कस्ता आचारसंहिताको पालना गर्नुपर्छ ?तेस्ता आचारसंहिताको सुचि बनाउनुहोस।

राष्ट्रसेवक कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितालाइ निम्न अनुसार उल्लेख गर्न सकिन्छ।

१. राजनीतिक वा अवाञ्छित प्रभाव नपर्ने।

२. राजनीतिमा भाग नलिने।

३. राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव नपर्ने। तर मतदाताको रूपमा मतदानमा भाग भने लिन सकिने।

४. नेपाल सरकारको स्वीकृतिविना दान, उपहार, चन्दा, साझेदारी नलिने।

५.नेपाल सरकारको पूर्व स्वीकृतिविना कुनै प्रकारको कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय नगर्ने।

६. तोकिएको ढाचामा निश्चित समयमा सम्पत्ति विवरण पेश गर्ने।

७. कार्यालयमा तोकिएकोभित्र परिचयपत्र तथा पोसाक लगाउने।

८. खटाइएको कार्यालय वा स्थानमा गई काम गर्ने।

९. सरुवा वा अवकाश हुँदा कानूनबमोजिम बरखास्त गर्ने।

 १०. तोकिएको समयमा नियमित रूपमा कार्यालयमा हाजिर हुने।

११. सरकारको बिना स्वीकृति नगरी कार्यालयमा अनुपस्थित नहुने।

१२. सेवाग्राहीप्रति मर्यादित व्यवहार देखाउने।

१३. आफूभन्दा कर्मचारीप्रति आदर र आफूभन्दा कर्मचारीसित उचित व्यवहार देखाउनुपर्ने।

लामो उत्तर दिनुहोस

सार्वजनिक जवाफदेहिताका पक्षहरू उल्लेख गरि सार्वजनिक जवाफदेहिता कायम गराउन सर्वसाधारणले खेल्ने भुमिका तथा सामाजिक जवाफदेहिता कायम गराउने उपायहरू उल्लेख गर्नुहोस

यहा सार्वजनिक जवाफदेहिताका चार पक्षहरूको वारेमा उल्लेख गरियको छ। जुन निम्नानुसार छन।

1. कार्यक्षेत्रगत पक्ष:

सार्वजनिक क्षेत्रभित्र काम गरिरहेका व्यक्तिहरूले आफ्नो कर्तव्य र अधिकारअनुसार काम गर्नुपर्ने।

2. कार्यसम्पादन नतिजा पक्ष:

गरिएका कामको प्रभावकारिता र त्यसले दिने परिणामलाई प्राथमिकता दिनुपर्ने।

3. नैतिक एवं आचरण पक्ष:

काम गर्दा नैतिक मापदण्ड र आचरणलाई ख्याल गरी इमान्दार र जिम्मेवार बन्नुपर्ने।

4. आन्तरिक वा विवेकजन्य पक्ष:

निर्णय गर्दा आत्मनिर्णय क्षमताको प्रयोग गरी उचित र पारदर्शी निर्णय गर्नुपर्ने।

सार्वजनिक जवाफदेहिताका संन्दर्भमा

सर्वसाधारणले गर्न सक्ने सवालहरूलाइ यसरि दर्शाउन सकिन्छ।

हाम्रो नाममा वा हाम्रा लागि के के काम भईरहेका छन्?

ती काम हाम्रो चाहनाअनुसार भईरहेका छन् वा छैनन्?

सरकारलाई दिइएको स्रोतसाधनको उपयोग कत्तिको प्रभावकारी छ?

काममा सार्वजनिक पद्धतिलाई पालना गरिएको छ कि छैन?

पारदर्शिता र सामाजिक जवाफदेहिता कत्तिको सुनिश्चित गरिएको छ?

सामाजिक जवाफदेहिताका लागि प्रयोग भएका उपायहरू:

सामाजिक परीक्षण।

सार्वजनिक सुनुवाइ।

डिजिटल अन्तरक्रिया।

कार्यसम्पादनको स्थिति पत्र प्रकाशन।

सूचना र जानकारीको स्वतः प्रकाशन।

सेवाग्राहीका गुनासोको व्यवस्थापन।

निष्कर्ष:

सार्वजनिक जवाफदेहिताले नागरिकलाई सशक्त बनाउँदै सरकारलाई उत्तरदायी बनाउने प्रक्रिया हो। यसले पारदर्शी, जिम्मेवार र प्रभावकारी शासनको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }