Skip to main content

एकाइ ३ कक्षा१२ पाठ २ समालोचनात्मक चिन्तन सिप

 एकाइ ३ कक्षा१२ पाठ २ समालोचनात्मक चिन्तन सिप

अति छोटो प्रस्न

1. समालोचनात्मक चिन्तन भनेको के हो?

कुनै विषयवस्तु वा कुराको राम्रा तथा नराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो। 

2. समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू के-के हुन्?

विश्लेषण, अर्थ निर्माण, निष्कर्ष अनुमान, व्याख्या, आत्मनियमन, खुला सोचाइ, समस्या समाधान। 

3. विश्लेषण सिप भनेको के हो?

कुनै घटना, समस्या वा मुद्दासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गरी तिनीहरूको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप। 

4. आत्मआलोचना सिपको उद्देश्य के हो?

आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गरी भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्नु। 

5. आत्मआलोचना र स्वरूपान्तरणबीचको सम्बन्ध के हो?

आत्मआलोचनाले आफ्ना कमजोरीहरू पहिचान गर्न सहयोग गर्छ, जसको आधारमा स्वरूपान्तरणद्वारा ती कमजोरीहरू सुधार गरी व्यक्तिले आफूमा परिवर्तन ल्याउँछ। 

6. समालोचनात्मक चिन्तनको महत्त्व के हो?

यो कुनै मुद्दा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न, सान्दर्भिक तथ्य र प्रमाणहरू समेट्न, सबै सरोकारवालाहरूका दृष्टिकोण समावेश गर्न, र उत्तम विकल्पको छनोट गर्न मद्दत गर्छ। 

7. आत्मनियमन सिप भनेको के हो?

आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर अनुगमन र नियमन गर्ने क्षमता। 

8. खुला सोचाइ सिपको अर्थ के हो?

आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भई अरूका विचार, भावना, चासो आदिप्रति पर्याप्त ध्यान दिने सिप। 

9. समस्या समाधान सिपको भूमिका के हो?

समालोचनात्मक चिन्तनका क्रममा अप्रत्यासित रूपमा आउने समस्याहरूलाई बुद्धिमतापूर्वक समाधान गरी विभिन्न प्रकारका द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमता। 

10. व्याख्या गर्ने सिप किन महत्त्वपूर्ण छ?

यसले पत्ता लगाइएका कुरा र तर्कलाई स्पष्टसँग अरूलाई बुझाउन सक्ने क्षमता प्रदान गर्छ। 

समालोचनात्मक चिन्तन सिपको अर्थ लेखि  समालोचनात्मक चिन्तन अभ्यासका चरणहरू उल्लेख गर्नुहोस

कुनै पनि विषयका राम्रा तथा नराम्रा पक्षहरूको निष्पक्षताको मूल्याङ्कन गर्नु नै समालोचनात्मक चिन्तन हो । यसमा मनोबुद्धि, विवेक र सिपको प्रयोग गरी सही र गलत छुट्याउने काम गरिन्छ । कुनै पनि विषयवस्तुको गुण तथा दोष छुट्याउन सक्ने क्षमता नै समालोचनात्मक चिन्तन हो । यसले व्याक्तिलाई सही कार्य गर्न तथा निर्णय गराउन अग्रसर गराउछ।तसर्थ विभिन्न विचारबिचको तार्किक सम्बन्ध स्पष्ट बुझेर तर्कसङ्गत ढङ्गले सोच्न सक्ने क्षमता नै समालोचनात्मक चिन्तन तथा सोच हो ।यो सम्बन्धित विषयमा सूचना र तथ्याङ्क सङ्कलन गर्ने, विश्लेषण गर्ने र निष्कर्षमा पुग्ने सिप हो ।

समालोचनात्मक चिन्तन अभ्यासका चरणहरू

Steps of Critical Thinking)

1 समालोचनात्मक चिन्तन अभ्यासका चरणहरू यसप्रकार छन्ः

•समस्या, मुद्दा वा प्रश्नलाई पहिचान गर्ने,

•तथ्याङ्क, विचार र तर्कहरू सङ्कलन गर्ने,

•तथ्याङ्क विश्वसनीय र पर्याप्त छ कि छैन ? विश्लेषण

र मूल्याङ्कन गर्ने,

•आफ्नो तथा तथ्याङ्कको पक्षधर वा पूर्वाग्रहले प्रभाव

पारेको छ कि छैन ? पहिचान गर्ने,

•सम्भावित विकल्पहरूमाथि विचार गरी निष्कर्ष वा

निर्णय गर्ने,

•निष्कर्ष वा निर्णयलाई प्रस्तुतीकरण वा सञ्चार गर्ने

समालोचनात्मक चिन्तनको महत्त्व उल्लेख गर्नुहोस

(Importance of Critical Thinking)

समालोचनात्मक चिन्तनको महत्त्वहरू बुँदागत रूपमा

निम्नानुसार प्रस्तुत गरिएको छ :

•कुनै पनि विषयवस्तुको गुण वा दोष पत्ता लगाउन,

•कुनै पनि समस्या वा मुद्दाको वास्तविक निष्कर्षमा पुग्न,

•परिस्थिति अनुकूलका विभिन्न सिद्धान्त, परिभाषा, कानुनलगायतका कुराहरू निश्चित गर्न,

•व्यक्तिगत पक्षधरता, पूर्वाग्रहलगायतका निष्कर्षमा

प्रभाव पार्ने तत्त्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न,

•सबै सराकारवालाहरूका चासो, लक्ष्य, उद्देश्य, अपेक्षित

उपलब्धिलगायतका दृष्टिकोणहरूलाई समावेश गराउन,

•सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेटी

असान्दर्भिक कुराहरू हटाउन,

•जुनसुकै क्षेत्रमा पनि सम्भाव्य सबै उपायहरूका उत्तम

विकल्पको छनोट गरी व्यवहारमा अवलम्बन गर्न 

समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू उल्लेख गर्नुहोस

(Useful Skills in Critical Thinking)

क.अवलोकन सिप : कुन विषयवस्तुका बारेमा समालोचना

गर्ने हो, त्यस विषयवस्तुलाई राम्ररी र प्रत्यक्ष रूपमा

बुझ्नु नै अवलोकन हो ।

 ख. विश्लेषण सिप: प्राप्त सूचनाहरू सान्दर्भिक छन् कि छैनन् ? कुन सूचना सम्बन्धित क्षेत्र, घटना तथा विषयसँग बढी महत्त्वपूर्ण छ ? पत्ता लगाउने,

ग.अर्थ निर्माण सिप : सङ्कलित तथ्याङ्क र सूचनाबाट

सकारात्मक र नकारात्मक सबै विषय मूल्याङ्कन गरेर

जीवनमा यसको कस्तो काम छ भन्ने अर्थ निकाल्ने

क्षमता हो ।

घ. निस्कर्श अनुमान गर्ने सिप

उपलव्ध ज्ञान प्रयाप्त छ कि छैन मुल्याङकन गरि त्यसबाट प्रप्त हुने नतिजा अनुमान गर्ने सिप हो।

ङ.व्याख्या गर्ने सीप 

यो पत्ता लगाएका कुरा र तर्क अरुलाइ बुझाउन सक्ने क्षमता हो।

च. आत्मानियमन सिप

आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनि निरन्तर अनुगमन र नियमन गर्ने सिप हो ।

छ. खुला सोचाइ ससिप

अरुको विचार, भावना, चासो आदि प्रति प्रयाप्त

ध्यान दिने र आफू वा आफ्नो मात्र कुराबाट मुक्त हुने सिप हो ।

ज. समस्या समाधान सिप

 समालोचनात्मक चिन्तनका क्रममा आकास्मिक रूपमा आइलाग्ने समस्याहरूलाई बुद्धिमतापूर्ण ढङले समाधान गरी विभिन्न प्रकारका दोनन्द्रलाई व्यवस्थापन गर्ने क्षमता हो ।

समालोचनात्मक चिन्तनको अभ्यासमा ध्यानदिनुपर्ने कुराहरु उल्लेख गर्नुहोस

(Practice of Critical Thinking)

कुनैपनि घटना वा कार्यको बारेमा निष्पक्ष, न्यायपूर्ण जानकारी प्राप्त गर्नका लागि व्यक्तिमा समालोचनात्मक चिन्तन हुनुपर्छ ।दुवै पक्षको जानकारी लिएर कुनै पनि घटना तथा कार्यको समीक्षा गर्दा सबल र सुधार गर्नुपर्ने पक्ष केलाएर निष्कर्षमा पुगियो भने मात्र वास्तविक सत्यमा पुग्न सकिन्छ ।

समालोचनात्मक चिन्तनको अभ्यासमा ध्यान दिनुपर्ने कुराहरू :

•समस्या पहिचान गर्ने,

•तथ्य र प्रमाण परीक्षण गर्ने,

•संवेगात्मक तर्कहरू हटाउने,

•अरुको विचारलाई पनि ध्यान दिने,

•फरक विचारलाई पनि सहज रूपमा लिने,

•अति सामान्यीकरण गर्नबाट जोगिने,

•कुनै पनि मान्यता र पक्षधरताका बारेमा ध्यान दिने,

•किन, कसरी, कहाँ, कहिले भन्ने कुरामा सजग हुने ।

समालोचनात्मक चिन्तन तथा समस्या समाधानका ६ टोपि उल्लेख गर्नुहोस

टोपी (6 Caps of Critical Thinking and

Problem Solving)

Dr. Edward de Bono का अनुसार समालोचनात्मक चिन्तन या समस्या समाधानका ६ टोपी निम्न छन् :

सेतो टोपी (वस्तुगत) : तथ्याङ्क, सूचनाका आधारमा

वास्तविकता पत्ता लगाउने,

रातो येपी (संवेगात्मक) : समस्याको संवेगात्मक

पक्षहरू केलाउने,

कालो टोपी (नकारात्मक) : समस्याका चुनौतीहरू पत्ता

लगाउने,

पहेँलो टोपी (सकारात्मक) : समस्याका अवसरहरू पत्ता

लगाउने,

हरियो टोपी (सिर्जनात्मक) : नयाँ विकल्पहरूको खोजी

गर्ने,

निलो टोपी (व्यापक): सबै सरोकारवालाहरूको विचार

र चासोलाई फराकिलो रूपमा सोच्ने ।

आत्मालोचनाको(Self Criticism) परिचय दिइ व्यक्तिले आत्मालोचना गर्ने अवस्था उल्लेख गर्नुहोस

आत्मालोचना भनेको आफ्ना सबल पक्ष र कमजोर पक्ष

केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्य हो । मानिसले जानेर वा नजानेर अनेकौं गल्ती गरेको हुन्छ, मैले गल्ली गरेँ, मेरा गल्तीहरू यी यी हुन। गल्ती गर्नुको कारण यो हो, मैले गल्ती सच्याउनुपर्छ र अबदेखि गल्ती गर्नुहुँदैन भनेर आफ्नै आत्मासँग विचार विमर्श गर्ने कार्यलाई आत्मालोचना भनिन्छ ।

व्यक्तिले आत्मालोचना गर्ने अवस्था

•अरू कसैको कुरा नसुन्ने भएको बेला,

•मै मात्र जान्ने छु भन्ने घमण्ड गर्नु,

•अनैतिक र अनुशासनहीन जीवनमा हिँडेमा,

•मनमा रिस, डाहा, घृणा, पाप जस्ता नकारात्मक भाव

पैदा हुन थालेमा,

•समस्यासँग डराएर भाग्न थालेमा,

•धूम्रपान, मद्यपान, लागु औषध जस्ता नशालु पदार्थ

सेवन गर्न थालेमा ।

•आत्मालोचनाको महत्त्व उल्लेख गर्नुहोस

आत्मालोचनाको महत्त्व यसप्रकार प्रस्तुत गरिएको छ :

•आफूले गरेका सही र गलत कार्यको मूल्याङ्कन गर्न,

गल्ती कमजोरी सुधार्न,

•अनुशासनको मार्गमा डोहोऱ्याउन,

•सद्भाव, समानता, समानुभूति, आदर, सत्कार, सहयोग

जस्ता मानवीय भाव पैदा गर्न,

•रिस, डाह, घमण्ड, लोभ, पाप, घृणा जस्ता नकारात्मक

भाव हटाउन,

•अनैतिक कार्य गर्नबाट रोक्न,

•समस्यासँग जुधेर त्यसको समाधान गर्न ।

स्वरूपान्तरणको(Self-transformation) परिचय दिनुहोस। व्यक्तिले स्वरूपान्तरण गर्न कस्तो व्यवहार अवलम्बन गर्नुपर्दछ उल्लेख गर्नुहोस

आफ्नो विचार, कार्य र व्यवहारमा आफैँ परिवर्तन ल्याउनु नै स्वरूपान्तरण हो । त्यसैगरी आफ्ना खराब सोच र आदतलाई त्यागेर असल मार्गमा पाइला चाल्नु पनि स्वरूपान्तरण हो । यसले व्यक्तिलाई असल बन्ने, सकारात्मक सोच राख्ने, नकारात्मक संवेग कम गराउने, व्यक्तिको जीवनमा सुधार ल्याई प्रगतिपथम हिँड्न सघाउ पुयाउँछ । त्यसैले स्वरूपान्तरणको असल व्यक्तित्व

निर्माणमा महत्त्व देखिन्छ । 

व्यक्तिले स्वरूपान्तरण गर्ने निम्नलिखित व्यवहार अवलम्बन गर्नुपर्दछ :

•आफ्ना कमीकमजोरी पत्ता लगाउने,

•खराब बानी पहिचान गर्ने र परिवर्तन गर्ने,

•वास्तविक वा यथार्थ लक्ष्य निर्धारण गर्ने,

•आफूले परिवर्तन गर्न चाहेको कुरालाई निरन्तर प्रयास गर्ने

•सही र सत्य मार्गनिर्देश गर्ने साथीहरूको सरसल्लाह लिने,

•बेलाबेलामा आत्मसमीक्षा गर्ने ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...