एकाइ २ पाठ ७ 'तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण' 1. तथ्याङ्क तयारी भनेको के हो? तथ्याङ्कलाई सफा र व्यवस्थित गरी विश्लेषणका लागि तयार पार्ने प्रक्रिया। 2. तथ्याङ्क विश्लेषण चरणलाई किन सबैभन्दा महत्त्वपूर्ण मानिन्छ? यस चरणमा तथ्याङ्कको अर्थ निकालेर अनुसन्धान प्रश्नहरूको उत्तर पाइन्छ। 3. गुणात्मक तथ्याङ्क प्रशोधन गर्ने दुई कम्प्युटर सफ्टवेयरहरू के-के हुन्? Microsoft Excel र Google Sheets। 4. शाब्दिक प्रस्तुतीकरण भनेको के हो? शब्द, वाक्य र अनुच्छेदमार्फत जानकारी प्रस्तुत गर्ने तरिका। 5. तथ्याङ्क सङ्कलनपछि गर्नुपर्ने कार्यहरू महत्त्वपूर्ण किन हुन्छन्? सङ्कलित तथ्याङ्कलाई तयारी, प्रशोधन, विश्लेषण र प्रस्तुतीकरण गरेर मात्र अनुसन्धान पूर्ण हुन्छ। 6. शाब्दिक प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने पाँच उपायहरू के-के हुन्? लेखकको भावनात्मक शब्द प्रयोग नगर्ने, सटिक व्याख्या गर्ने, दोहोऱ्याइ नगर्ने, तथ्याङ्क पुनरावलोकन गर्ने, र विशिष्ट मात्रासहितका शब्द प्रयोग गर्ने। 7. चित्रात्मक प्रस्तुतीकरणका पाँच प्रकारहरू के-के हुन्? चार्ट, ग्राफ, तालिका, फोटो, र नक्सा। 8. चित्रात्मक प्रस्तुतीकर...